कांग्रेस महासमिति बैठकमा देउवामाथि नै आक्रमण प्रयाश, जोगाउन यसरी भिडे प्रकाशरशण महत



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसको महासमिति बैठकमा सभापति शेरबहादुरदेउवामाथि नै आक्रमणको प्रयाश भएको छ । आफैमाथि जिल्ला सभापतिले आक्रमण प्रयाश गरेपछि सभापति देउवाले अर्को सूचना जारी नभएसम्मका लागि बैठक नै स्थगित गरीहलबाट बाहिरिनुभएको छ ।

 

महासमिति बैठकस्थलबाट एक प्रतिनिधिले दिएको जानकारी अनुसार आजको बैठक शुरु भएलगत्तै जिल्ला सभापतिहरुले विधान उपलब्ध गराएपछि मात्रै छलफल अघि बढाउनु पर्ने माग गरेका थिए ।

 

जिल्ला सभापतिहरु होहल्ला गर्दै नारावाजीमा उत्रिएपछि सभापति देउवा निकै आक्रोशित बन्नुभयो । उहाँले कसैको कुरा सुनिदैन, चुप लागेर बस्नासे भन्दै मञ्चबाट जंगिनु भयो, जिल्ला सभापतिहरु नारावाजी गरिरहे, त्यही क्रममा नुवाकोटका सभापति जगदिश्वर नरसिंह केसी माइक लिएर बोल्न भन्दै सभापति देउवामाथि आक्रमण गर्न अगाडि बढे ।

 

केसीले सभापति देउवामाथि आक्रमण गर्न लागेको संकेत पाएपछि अगाडिपट्टी रहेका सहमहामन्त्री डा प्रकाशशरण महतले गएर केसीलाई देउवामाथि आक्रमण गर्न दिनुभएन । केसी सभापति देउवामाथि आक्रमण गर्ने गरी जाँदा महतले डिफेन्स गर्दै केसीको माइक खोसेर फालिदिनु भयो, ती सदस्यले जनताटाइम्ससँग भने ।

 

उनका अनुसार जिल्ला सभापतिहरुले विधानको मस्यौदा प्रस्तुत नगरेसम्म बैठक सुरु गर्न नदिने अडान राखेपछि केहीबेर घम्साघम्सीको स्थिति सृजना भएको हो ।

 

जिल्ला सभापतिहरुले राखेको अडानलाई वेवास्ता गर्दै पार्टी सभापति देउवाले बैठक सुरु भएको घोषणा गरेपछि जिल्ला सभापतिहरु मञ्चमा नै उक्लिएर होहल्ला गरेका थिए । बैठक स्थगित भएको घोषणा गरेपछि मञ्चमा चढेका जिल्ला सभापतिहरुले आआफ्नो कुरा सुनाइरहँदा नुवाकोटका जिल्ला सभापति केसी माइक सोझ्याउँदै सभापति देउवामाथि जाइलाग्दा महतले जोगाउनु भएको थियो ।

 

यस्तो थियो बिवादको कारण

महासमिति बैठकको सुरुमै नुवाकोट सभापति जगदिशनरसिंह केसीलगायत पार्टी सभापतिहरुले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई भेटेर बैठक परारम्भ गर्नुअघि विधान संशोधनको मस्यौदा पेश गर्नु पर्ने र मस्यौदाको प्रति सबै महासमिति सदस्यहरुलाई बाड्न आग्रह गरेका थिए । त्यसको जवाफमा सभापति देउवाले विधान मस्यौदा आउँदै गर्छ बैठकमा छलफल सुरु गरौं भनेका थिए ।

 

तर, महासमिति सदस्यहरुले फ्लोरबाट विधान संशोधनको मस्यौदा महासमिति सदस्यहरुले बैठक परारम्भ गर्नु अघि नै पाउनु पर्ने भन्दै नाराबाजी गरेका थिए ।

 

त्यत्तिकैमा नुवाकोट सभापति केसीले माइक हातमा लिएर विधानको मस्यौदा सबैलाई बाड्नु पर्ने भन्दै सभापतितिर अघि बढनु भयो । त्यही बेला आक्रमण हुनु भयो भन्दै सहमहामन्त्री महतले धकेल्दै माइक खोसेर फालि दिई देउवालाई जोगाउनु भयो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...