डिल्लीराज विष्टविरुद्ध निर्मलाकी आमाले दिइन् जाहेरी



 

निर्मला हत्या प्रकरणको प्रारम्भिक चरणको अनुसन्धानमा खटिएका प्रहरी अधिकारीविरुद्ध जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा किटानी जाहेरी परेको छ ।

 

मंगलबार दिउँसो निर्मला पन्तकी आमा दुर्गादेवीले सार्वजनिक न्यायबिरुद्धको कसुरअन्तर्गत तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, प्रहरी निरीक्षक जगदिश भट्टसहित केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) डीएसपी अंगुर जिसी लगायतविरुद्ध जोहरी दिएकी हुन् ।

 

उनीहरुविरुद्ध परेको जोहरीमाथि छलफल भइरहेको कञ्चनपुर प्रहरीका डीएसपी कृष्णराज ओझाले बताए । ‘जाहेरी परेको हो । एसपी सा’बसँग उहाँहरुको छलफल भइरहेको छ’, उनले भने ।

 

प्रारम्भिक चरणमा अनुसन्धान अधिकारीहरुले गरेको लापरबाहीका कारण निर्मलाको हत्यारा पत्ता लाग्न नसकेको उनको आरोप छ । जाहेरीमाथि अनुसन्धानका गर्ने क्रममा प्रहरी अधिकारीहरुलाई जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले पक्राउ गर्न समेत सक्नेछ ।

अभियुक्त भनिएका प्रदीप र विशालको डिएनए रिपोर्ट कञ्चनपुर पठाइयो, दुबै निर्दोष रहेको खुलासा

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा ‘मुख्य अभियुक्त’ भनिएका प्रदीप रावल र विशाल चौधरीको डिएनए रिपोर्ट आएको छ । साे ‘सिलबन्दी’ गरेर प्रहरी प्रधान कार्यालय काठमाडाैँमार्फत कञ्चनपुर पठाइएकाे छ ।

 

अभियुक्तकाे रूपमा हिरासतमा लिइए पनि रावल र चाैधरीमाथि अभियाेग पुष्टि गर्ने कुनै भरपर्दाे अधार भने थिएन । उनीहरूकाे डिएनए प्रहरीको विधि विज्ञान प्रयोगशालामा टेष्ट गरिएकाे र साे रिपाेर्ट साेमबार कञ्चनपुर पठाइसकिएकाे स्राेतले जानकारी दिएकाे छ । अाजै कञ्चनपुर पुग्ने रिपाेर्ट उतै सरकारी वकिलकाे राेहबरमा खाेलिने जनाइएकाे छ ।

 

स्राेतका रावल र चाैधरीकाे डिएनए पनि निर्मलाको भेजिनल स्वाबबाट संकलन गरिएकाे डिएनए प्रोफाइलसँग ‘म्याचिङ’ भएकाे छैन । यसअघि मुख्य अभियुक्त भनिएका कञ्चनपुरकै मानसिक राेगी दीलिपसिंह विष्टकाे पनि डिएनए मिलेकाे थिएन ।

 

त्यसैगरी जनस्तरबाट शंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्ली विष्ट र उनका छाेराकाे समेत गरी हालसम्म २४ जनाको डिएनए परीक्षण गरिसकेको छ, तर कुनैकाे पनि डिएनए म्याच भएकाे छैन ।

 

निर्मला हत्याकाे अनुसन्धान गरिरहेकाे केन्द्रीय अनुसन्धान ब्युरोले प्रदीपलाई मंसिर २० र विशाललाई मंसिर २१ मा नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो ।

 

रावलले हत्या गरेकाे स्वीकारेकाे प्रारम्भिक बयानमा बताएकाे भन्दै प्रहरीले सार्वजनिक गरेकाे थियाे । तर पछि उनीहरू निर्मला हत्या भएकाे दिन कुखुरा चाेरेकाे अाराेपमा प्रहरी हिरासतमै रहेकाे कुरा बाहिर अाएकाे थियाे ।

 

यी मध्ये अधिकांशलाई यसअघि पनि दोहो¥यार विभिन्न प्रहरी टोलीले सोधपुछ गरिसकेका छन्। प्रहरीले निर्मला हत्या प्रकरणमा दिलिपसिंह बिष्टसहित २४ जनाको डिएनए परीक्षण गरिसकेको छ।

 

ब्युरोको निर्देशनमा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको हिरासतमा रहेका प्रदीप रावलले गाँउलेहरुसँग निर्मलाका विषयमा भनेको कुराले उनी अनुसन्धानमा तानिएका थिए। यस्तै मोबाइलको लोकेशन, सोधपुछ र उनको भूमिकाले प्रहरी यसपटक सफलता हात लाग्नेमा सकारात्मक देखिएको हो।

 

निर्मला प्रकरण अन्तर्राष्ट्रिय चासोको विषय बनेपछि गृह प्रशासन यतिबेला चौतर्फी दबाबमा छ। नेपाल भ्रमणमा आएकी संयुक्त राष्ट्र संघकी विशेष र्‍यापोटर डुब्राभ्का सिमोनोभिकले फर्कने दिन मंसिर १३ मा आयोजित पत्रकार सम्मेलनमा आफूले घटनाको नियमित जानकारी राख्ने बताएकी थिइन्। उनको यो भनाई राष्ट्र संघको औपचारिक भनाई थियो।

प्रतिक्रिया दिनुहोस
एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर सिफारिस

    नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार

चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला

    नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी

एमालेबाट उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन

    नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी

माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने

    नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ