प्रधानमन्त्रीलाई भीम रावलको प्रश्नः दिगम्बर झालाई नियुक्त गरेर भ्रष्टाचार नियन्त्रणको के कुरा गर्नू ?



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले दिगम्बर झालाई राजनीतिक नियुक्ति  दिएर भ्रष्टाचार नियन्त्रणको कुरा गर्न नसुहाउने टिप्पणी गरेका छन् ।

 

प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रमहरुमा आफू पनि भ्रष्टाचार नगर्ने र अरुलाई पनि गर्न नदिने बताउँदै आएका छन् । तर, उनकै पार्टीको स्थायी कमिटी सदस्यहरुले झाको नियुक्तिलाई लिएर प्रश्न गरेका छन् ।

 

मंगलबार नेता योगेश भट्टराईले विवादित छवीका झालाई नियुक्त गरेर के भ्रष्टाचार नियन्त्रणको कुरा गर्नु भन्ने टिप्पणी गरेका हुन् । दिगम्बर झाहरुलाई नियुक्त गरेर भ्रष्टाचार नियन्त्रण गर्ने संकल्प गर्नु नसुहाउने भन्दै उनले पहिले ‘झाहरु’लाई बर्खास्त गर्न सुझाए ।

 

सोमबार घनश्याम भुसालले पनि यसबारे प्रश्न उठाएका थिए । झालाई नियुक्त गरेर आउने अनि भ्रष्टाचार नियन्त्रण, सुशासनको कुरा गर्ने भन्दै उनले नेतृत्वको कुरै नसुन्ने बताएका थिए ।

 

सरकारले दूरसञ्चार प्राधिकरणका महाप्रवन्धक रहेका झालाई सुरुमा बर्खास्त गरेको थियो । तर, नाटकीय रुपमा फेरि उनलाई त्यही पदमै फर्काइएको छ ।

 

भूतले सपनामा लेखट्छः योगेश भट्टराई

नेता भट्टराईले पूर्वएमालेको गुटबन्दीका कारण संगठनिक एकता अड्किएको दाबी गरेका छन् । पार्टी एकताको नाममा एउटा विचार समूहका नेताहरुलाई लेखेट्ने, सिध्याउने काम भइरहेको भन्दै उनले भने, ‘मान्छे त लखेट्नु होला तर, ती मान्छेको भूतले सपनामा पनि लखेट्छ । चैनले सुत्न पनि पाउनुहुन्न ।’

 

केपी ओली १४ वर्ष जेल बसेर आएको र प्रचण्ड हरेक क्षण मृत्युसँग लडेर आएको नेता भएको भन्दै उनले भने, ‘यसको हामी सधैं सम्मान गर्छौं । तर, यो तहमा बसेका नेताहरुले यतिधेरै गुटबन्दी गर्न सुहाउँदैन । त्यही भइरहेको छ ।’

उनले पार्टीमा पछिल्लो समय दाउपेच, धोकाधडी भइरहेको र नेताहरुमा विश्वास नदेखिएको बताए ।

 

महासचिव भएको मान्छेलाई आफ्नो पद जाने एक सेकेण्ड अगाडि मात्र थाहा हुने अवस्था आएको भन्दै भट्टराईले भने, ‘तपाईंहरुको बीचमा कुनै सम्झौता छ भने पालना गर्नुस् तर, त्यसका कारण पार्टीमा रँडाको नगर्नुस् ।’

 

उनले राजनीतिक प्रतिवेदन पुनर्लेखन गर्नुपर्ने बताए । साथै नेता वामदेव गौतमको प्रतिवेदनमा कतिपय राम्रा कुरा भएको तर, केपी ओलीसँग सम्बन्ध बिग्रिएका कारण फरक मत आएको हो भने बस्तुगत आधार नै गलत हुने बताए ।

 

हाम्रो शिर निहुरिएको छः रावल

स्थायी कमिटी सदस्य भीम रावलले भने सरकार र पार्टी नेतृत्वको कडा आलोचना गरेका छन् ।हालै काठमाडौंमा भएको एसिया प्यासिफिक सम्मेलनमा सरकारको सहभागिताले शिर निहुरिएको उनको टिप्पणी थियो । उनले राष्ट्रियता, सांगठनिक एकीकरण र सरकारबारे छुट्टै एजेण्डा बनाएर छलफल गर्न माग गरेका छन् ।

 

ककसले गरे नेतृत्वको बचाउ ?

नेकपा स्थायी कमिटीको बैठकमा केही नेताले भने पार्टी नेतृत्वको बचाउ गरेका छन् ।

स्थायी कमिटी सदस्य शंकर पोखेरलले एउटा नेतामाथि समस्या थुपार्नुभन्दा सामूहिक बनाउनुपर्नेमा जोड दिएका छन् ।

 

पृथ्वीसुब्बा गुरुङले मुलुकलाई राष्ट्रिय स्वाधिनताको दिशामा अगाडि बढाउन नेताहरुको ठूलो भूमिका रहेको नभुल्न आग्रह गरे । कार्यशैलीमा समस्या भए सुधार गर्दै जानुपर्ने उनले बताए ।

 

नेताहरु केशव बडाल, सत्यनारायण मण्डल लगायतका नेताहरुले पनि नेतृत्वको बचाउ गरेका छन् । यद्यपि प्रतिवेदन पुनर्लेखन गर्नुपर्नेमा भने अधिकांशको जोड छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...