जाडो मौसममा डिप्रेसनको डर ! यसरी बच्नुस



हाम्रो इकोनोमि

 

जाडो मौसम र डिप्रेसनबीच के सम्वन्ध होला र ? सायद तपाईं यस्तै सोच्नुहुन्छ । तर, गर्मी मौसमको तुलनामा जाडोमा धेरै मानिसहरु डिप्रेसनको शिकार हुने गरेको सत्य हो ।

के हो सिजनल एफेक्टिभ डिसअर्डर ?

यो रोगको बारेमा चिकित्साविज्ञानले सन् १९८० को दशकबाट अध्ययन थालेको देखिन्छ । तथापि यसभन्दा अगाडि पनि धेरै चिकित्सक तथा बिरामीलाई जानकारी थियो कि जाडोको मौसम सुरु हुने बितिक्कै कयौं व्याक्तिको स्वभावमा परिवर्तन देखिन थाल्छ । यस तत्थ्यको बर्णन चिकित्साविज्ञानका जन्मदाता हिप्पोक्रेटसका केही आलेखहरुमा पनि भेटिन्छ ।

स्याडलाई ‘विन्टर डिप्रेसन’ पनि भनिन्छ । विश्वमा कयौं यस्ता मुलुकहरु पनि छन् जहाँ दिन लामो तथा घामको सर्वथा अभाव नै रहन्छ । त्यस्ता मुलुकहरुमा विन्टर डिप्रेसनका रोगीहरु भेटिनु एक आमसमस्या हो । जस्तै नर्थ नोर्वे, रसियाको नर्थपोल, डेनमार्क, फिनलेन्ड, गि्रनल्यान्ड, स्विडेनको केही भाग, जहाँ वर्षको ६ महिना रात र ६ महिना दिन हुन्छ । त्यहाँ विन्टर डिप्रेसनको समस्याबाट पिडित व्यक्तिहरु बढि भेटिन्छन् । यहि कारण त्यहाँ आत्महत्या गर्नेको संख्या सबैभन्दा बढि देखिन्छ ।

त्यसो त चिसो ठाऊँमा बस्ने मानिसहरु मात्र यो रोग लाग्छ भन्ने होइन । तातो ठाउँबाट बढि जाडो हुने ठाऊँमा आएका मानिसहरुलाई यस किसिमको समस्या हुने सम्भावना बढि हुन्छ ।
यस्तै महिलाहरुमा यो रोग लाग्ने सम्भावना पुरुषको तुलनामा बढि हुन्छ । १५ देखि ५५ वर्ष उमेर समुहका व्यक्तिहरु यस रोगबाट बढि पिडित भएको पाइन्छ । साथै, पिडित व्यक्तिको एकदम नजिक सम्पर्कमा रहने व्यक्तिलाई पनि यो रोग लाग्न सक्छ ।

सिजनल एफेक्टिव डिसअर्डरका केहि लक्षणहरु निम्न छन्ः

(क) लगातार थकान महसुस हुनुका साथै दैनिक काममा मन नलाग्नु ।
(ख) मनमा नकारात्मक विचारहरु बारम्बार आइरहनु
(ग) राम्रोसित राती निद्रा नलाग्नु या अत्यधिक निन्द्रा लाग्नु
(घ) कार्बोहाइड्रेडयुक्त चिजहरु खान मन लाग्नु (जस्तै रोटी, पास्ता, पिज्जा आदि)
(ङ) शरीरको तौल तीव्र गतिले बढनु

जोगिने उपाय

– आफ्नो दिनचर्या निर्धारित गर्ने
– प्रत्येक दिन योगाभ्यास, ध्यान र व्यायाम गर्ने
– खाना थोरै तर दिनको ३/४ पटक खाने । हरियो सागपात, फलफुलको जुस, माछा बढि मात्रामा खाने
– बिहान अबेरसम्म न सुत्ने
– दिउँसोको खाना (लन्च) सम्भव भए घाममा बसेर खाने
– बिदाको दिनलाई आनन्दमय बनाउने
– कुनै पार्कमा गएर मजाले घाम ताप्ने, यदि घरमै बसेर काम गर्नु परेमा आˆनो टेबुललाई घाम लाग्ने ठाउँमा राख्ने
-युरोपियन मुलुकहरुमा विन्टर डिप्रेसनबाट बच्नको लागि अक्टोबरदेखि फेबु्रअरीसम्म माछाको तेल भएको क्याप्सुल अनिवार्यरुपले खाने गर्छन् । शाकाहारीले भने आलसको तेलबाट बनेको क्याप्सुल खान्छन् ।)

मेडिकल उपचार

सिजनल एफेक्टिव डिसअर्डरबाट प्रभावित व्यक्तिहरुको ऊपचार लाईट थेरापीअन्तर्गत दुई प्रकारले गरिन्छ ।
(क) ब्राईट लाइट टि्रटमेन्ट
(ख) दोश्रो डानसिभुलेसन

ब्राइट लाईट उपचारमा रोगीलाई लाईट बक्सको अगाडि प्रत्येक दिन बिहान आधा घन्टासम्म बस्न लगाइन्छ । डानसिभुलेसनमा बिहान सुतेको बेलामा रोगी छेउमा मन्द प्रकाश जिऊमा लगाइन्छ । पछि बिस्तारै प्रकाश तेज हुँदै जान्छ । अर्थात् सुर्योदयजस्तै कृत्रिम वातावरण तयार पारिन्छ ।

यसवाहेक डिप्रेसन हटाउने औषधि मनोचकित्सकको सल्लाहमा दिइन्छ । यदि बिरामी ऊग्ररुपमा छैन भने मनोपरामर्श -काऊन्सलिङ) अन्तर्गत कग्निटिभ विहेबियरल थेरापी -सीबीटी) बिधिको प्रयोग गरी उपचार गरिन्छ ।

योगाभ्यास
यसको उपचारको लागि केही आसनहरु छन्, जसको नियमित अभ्यासले निकै फाइदा पुर्‍याउनुका साथै यस समस्याबाट बाहिर ल्याउन केही हदसम्म सहयोग गर्छ । ती आसनहरुमा मेडिटेसन, प्राणायाम, अनुलोमबिलोम, कपालभाँति, भ्रामरी आदि छन् । यी आसनहरु कुनै योगगुरुको सानिध्यमा बसेर गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...