नेकपा नेतृसँग मिलेर ‘सेनानी’को ठगी धन्दा



हाम्रो इकोनोमि

 

नेपाली सेनाको उपसेनानी(लेफ्टिनेन्ट) को यूनिफर्म लगाएर हिंड्ने । जिल्लाका शक्तिशाली नेतासँगको निकटता । देशका शक्तिशाली व्यक्तिहरुसँगको चिनजानको धाक । केही समययता सुनसरीमा यस्तै रवाफका साथ एक युवकले आतंक मच्चाइरहेका थिए । सामान्यतया सैनिक अधिकारीहरु आफन्तका जाँदा युनिफर्म लगाएर जाँदैनन् ।

 

तर, सुनसरीको दुहवी नगरपालिकाका सुगम ठकुरी गाउँमा सधै उपसेनानीको युनिफर्म लगाएर हिड्ने गर्थे । सेनाका अधिकृत भएको भन्दै कतिपयले उनलाई सम्मान गर्थे । त्यही आधारमा विश्वास गर्दा कतिपय उनीसँग फसेका समेत छन् ।

 

अहिले उनी प्रहरी हिरासतमा पुगेपछि मात्र यी युवकको ठगीधन्दा चर्चाको विषय बनेको छ ।   ती युवकको ठगी प्रकरण बेजोड छ र यसमा नेकपाकी नेतृ भगवती चौधरीसमेत मुछिएकी छिन् ।

 

गत वर्ष निर्वाचनमा सेनाको पोशाक लगाएका एक युवक नेतृ चौधरीको बडिगार्ड बनेर चुनावी भेलामा हिंडेका थिए । चुनावको बेला कसैलाई सुरक्षा थ्रेट भएमा प्रहरी बडीगार्डका रुपमा खटिन्छ । तर, चौधरीको बडीगार्डमा भने सैनिक पोशाकका अधिकृत खटिएपछि धेरैले अनौठो मानेका थिए ।

 

आफू निकट व्यक्ति भएकाले उनको चुनावमा आफूलाई सहयोग गर्न खटिएको ठानेर चौधरीले पनि उनको सहयोग लिइन् । चौधरीले ठकुरीलाई सेनामा जागिर खुवाउन धेरै सैनिक अधिकारी तथा नेताहरुलाई भनेकी थिइन् ।

 

सोही आधारमा आफ्नो नाम निस्किएको ठकुरीले बताउने गरेका थिए । सोही आधारमा उनी युनिफर्म लगाएर गाउँ पुग्ने गर्दथे ।    उनी चौधरीकै घरमा बस्दथे । त्यहीकारण पनि धेरैले उनी सैनिक नै भएको भनेर विश्वास गरेका थिए ।

 

थोरै भोटले भगवतीले विजय गच्छेदारसँग चुनाव हारिन् । त्यसपछि सुगम निराश भए । तर, भगवतीकै नाममा उनले जिल्लामा ठगी सुरु गरे । सेनामा जागिर लगाइदिने भन्दै पैसा उठाउन थाले । लाखौं पैसा उठाए, तर भर्ना गराइदिन सकेनन् ।

 

त्यसपछि पीडितहरु प्रहरीमा गए । प्रहरीले सैनिक मुख्यालयलाई पत्राचार ग¥यो । तर, त्यो नामको सैनिक अधिकृत नभएको खुल्यो । पक्राउ गरेर अनुसन्धान गर्दा उनी नक्कली सैनिक भएको खुल्यो । उनले नक्कली परिचयपत्रसमेत बनाएको खुलेको छ ।

 

नेतृ चौधरी भन्छिन्,‘ऊ त सैनिक नै होला भन्ने लागेको थियो, तर मलाई पनि झुक्यायो ।’ छोराको साथी भएकाले विश्वास गर्दा आफू समस्यामा परेको उनी बताउँछिन् । ठकुरीलाई जिल्ला प्रहरी कार्यालय सुनसरीले ठगी मुद्दामा कारबाही अघि बढाएको छ ।

 

अनुसन्धान गर्दा उनी सानैदेखि अपराधिक मानसिकताका व्यक्ति रहेको खुलेको छ । १४ वर्षकै उमेरमा बलात्कार आरोपमा पक्राउ परेका थिए । सुधार गृहमा बसेपछि छुटेका उनी नेताहरुलाई समेत प्रभावमा पारी ठगी धन्दामा लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...