किसान–गोठाला भिडन्तमा छत्तीस सय मारिए



हाम्रो इकोनोमि

नाइजेरियामा किसान र गोठालाबीचको भिडन्तका कारण अहिलेसम्म तीन हजार ६०० भन्दा बढीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ ।

अन्तराष्ट्रिय संस्था एम्नेष्ट इन्टरनेशनलले सोमबार सार्वजनिक गरेको विवरण अनुसार सन् २०१६ देखि अहिले सम्ममा उनीहरूको मृत्यु भएको हो । हिंसामा दोषी रहेकाहरूलाई कारबाही गर्न सरकार असफल भएको पनि एम्नेष्टीले उल्लेख गरेको छ ।

सन् २०१८ मा मात्रै दुई हजार भन्दा बढी मारिएको र अरु हजारौ घरबार विहिन भएको जनाइएको छ । जमिन र पानीको स्वामित्वका विषयमा किसान र गोठालाबीच हुदै आएको भिडन्तमा परी मृत्यु हुनेहरूको सङ्ख्या बढिरहेको छ ।

‘नाइजेरियाका अधिकारीहरू साम्प्रदायिक झडपको अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न असफल देखिएका छन्,’ एम्नेष्टीले जारी गरेको वक्तव्यमा उल्लेख छ । वक्तव्यमा लेखिएको छ, ‘गत तीन बर्षमा कम्तीमा तीन हजार छ सय ४१ जना मारिएका छन् भने अरु हजारौ विस्थापित भएका छन् ।’

जनवरी २०१६ देखि अक्टोबर २०१८ सम्ममा ३१० ओटा आक्रमणका घटना भएको ती मध्ये ५८ प्रतिशत सन् २०१८ मै भएको एम्नेष्टीले जनाएको छ ।

अधिकांश आक्रमणका घटना अडमावा, बेन्यु, काडुना, ताराबा र प्लाटेउलगायतका ठाउँमा भएको बताइएको छ ।

एउटा अधिकारवादी समूहले हिंसा नियन्त्रण गर्न पनि नाइजेरियाको सुरक्षा फौजले पर्याप्त प्रयास नगरेको जनाएको छ । कतिपय घटनामा सुरक्षाकर्मीहरुलाई घटना हुन लागेको बारेमा जानकारी दिइएको भएपनि उनीहरुले हत्या, लुटपाट रोक्न चासो दिएका थिएनन् ।

‘हाम्रो अनुसन्धानले आक्रमणकारीहरुले राम्रो तयारी र योजनाका साथ आक्रमण गर्न सफल भएका थिए भन्ने देखाएको छ, उनीहरुले मेसिन गन, एके ४७ राईफललगायतका हातहतियारहरुको पनि प्रयोग गरेको पाइएको छ,’ एक अनुसन्धानकर्ताले भने ।

नाइजिरियामा बेरोम आदिवासी किसानहरू र फुलानी समुदायका फिरन्ते गोठालाहरूबीच विभिन्न राज्यहरुका भिडन्त हुने गरेको छ । जमिनमा पहुँच र जनावरको चरनको अधिकारलाई लिएर मध्यनाइजेरियामा किसान र फिरन्ते गोठालाहरूबीच भिडन्तहरू हुँदै आएका छन् ।

सुरुमा भूमिका लागि लड्दै आएका यी आदिवासी समूहहरूको भिडन्त पछिल्लो समय साम्प्रदायिक हिंसाको रूपमा परिणत भएको छ । (रासस/एएफपी)

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...