टोखामा महिलाले गरिन् सौताको घाँटी थिचेर हत्या



हाम्रो इकोनोमि

 

काठमाडौंको टोखा नगरपालिका–८, मिलन टोलमा एक महिलाले गएराति सौताको हत्या गरेकी छन् । अन्य आफन्त समेतलाई संलग्न गराएर उनले मुगुको टोरु गाउँपालिका–८ घर भएकी २३ वर्षीया अजिता मल्ल शाहीको हत्या गरेकी हुन् ।

 

हत्या आरोपमा प्रहरीले मुगुको सोरू गाउँपालिकाकी २६ वर्षीया विष्णुमाया मल्लसहित उनकी बहिनी, भदा र भदाको श्रीमतीलाई पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार उनीहरुमाति कर्तव्य ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान थालिनेछ ।

 

स्रोतका अनुसार श्रीमान धर्मराज शाही भने मुगुमा छन् । उनी सोमबार नै काठमाडौं आउँदैछन् । उनीहरु त्यहाँ डेरामा बस्दै आएका थिए ।

 

पर्शुरामको हत्या भएको भन्दै तिलाठीमा चक्काजाम

सप्तरी । तिलाठी-कोइलाडी गाउँपालिका-१ तिलाठीका पर्शुराम मिश्रको हत्या भएको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् ।

पर्शुरामको कुटपिट गरी हत्या गर्नेलाई कार्वाहीको माग गर्दै स्थानीयवासीले सोमबार राजविराज-कुनौली सडकखण्ड चक्काजाम समेत गरेका छन् ।

 

मिश्रलाई बिहीबार राति वडानम्बर-३ लौनियाँका केही युवाहरु मिलेर निर्घात कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते भएका मिश्रको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा प्राथमिक उपचार गराई थप उपचारका लागि विराटनगर लगिएको थियो । उनको उपचारको क्रममा आइतबार मृत्यु भएपछि स्थानीयहरु आन्दोलित भएका हुन् ।

 

गाउँपालिकाको वडानम्बर १ तिलाठीका पालेसमेत रहेका मिश्रलाई लौनियाँका शैलेन्द्र मुखियासहितले कुटपिट गरेको स्थानीयको भनाइ छ । मिश्रको मृत्यु भएपछि उनीहरु फरार भएका छन् ।

 

स्थानीयहरुले राजविराज-कुनौली सडकखण्डमा टायर बालेर सडक अवरुद्व गर्दै बिहानैदेखि प्रदर्शन गरिरहेका छन् ।

यता सप्तरीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक (एसपी) राजेन्द्र बिष्टले कुटपिट गर्नेहरुको खोजी भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...