प्रियङ्का कार्की अभिनीत चलचित्र ‘अनागत’को टिजर सार्वजनिक (भिडियो)



हाम्रो इकोनोमि

 

 

नायिका प्रियङ्का कार्की अभिनीत चलचित्र ‘अनागत’को टिजर सार्वजनिक भएको छ। २५ जनवरीमा रिलिज हुने चलचित्रमा प्रियङ्का कार्कीसँगै अर्पण थापा, प्रवीण खतिवडा र बालकलाकार रोसिन सुवेदीको मुख्य भूमिका रहेको छ।

माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सले निर्माण साइकोलोजिकल थ्रिलर फिल्मलाई साम्तेन भुटियाले निर्देशन गरेका हुन्। फिल्ममा अर्पण थापा र प्रियङ्का कार्की श्रीमान् श्रीमती हुन् , जसले सुखी वैवाहिक जीवन बिताइरहेका छन् ।

यी दुईको जीवनमा मनोविज्ञानले निम्त्याउने परिस्थितिलाई नै फिल्ममा मनोरन्जनात्मक हिसाबले प्रस्तुत गरिएको छ ।

फिल्म ‘कथा काठमाडौं’को ट्रेलर बिवादमा आएकी प्रियंका कार्कीलाइ यो ट्रेलरले कस्तो असर पार्ने हो त्यो हेर्न त केही समय पर्खनुपर्ला ।

हेर्नुस् टिजर।

 

प्रतिक्रिया दिनुहोस
हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौंमा सुरु

    २०२६ (दोस्रो) हिमालयन रिम फिल्म प्रदर्शनी” नेपालमा शुरु भएको छ ।...

सीजीले ल्यायो वर्ल्ड कप टु वर्ल्ड कप योजना

  फुटबलको महाकुम्भ  विश्वकप  को ज्वरोले अहिले सम्पूर्ण विश्वलाई छोइसकेको छ । नेपाली...

शिरोमणि दवाडीलाई सिर्जनशील सन्चारकर्मी सम्मान

    ओप्सना फिल्मस् प्रालिको आयोजनामा दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड सम्पन्न...

निजी विद्यालयहरूको आन्दोलन, काठमाडौ पुरै जाम

  निजी विद्यालय सञ्चालकहरूले काठमाडौं उपत्यकामा स्कुल बसको र्‍याली निकालेका छन् । विद्यालय...