कांग्रेसमा १५१ सदस्यीय केन्द्रीय समिति ! महिलालाई ३३ प्रतिशत आरक्षण



हाम्रो इकोनोमि

नेपाली कांग्रेसकोे केन्द्रीय समितिको आकार अझ ठूलो हुने भएको छ ।विधान संशोधन मस्यौदा समितिले १४१ सदस्यीय केन्द्रीय कार्यसमिति प्रस्ताव गरेको छ तर, यसलाई १५१ बनाउने तयारी भइरहेको एक पदाधिकारीले जानकारी दिए ।

 

यसमा सहमति जुटेमा ६० प्रतिशत खुलाबाट चुनिनेछन् भने ४० प्रतिशत आरक्षणबाट आउनेछन् । महिलालाई ३३ प्रतिशत आरक्षण र अरुलाई जनसंख्याका आधारमा आरक्षण कायम गर्न नेताहरु सहमति नजिक पुगेका छन् ।

 

तर, पदाधिकारीको निर्वाचन पद्धतीबारे सहमति जुट्न सकेको छैन । एक नेताका अनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्री २÷२÷२ राख्ने सहमति भएको छ ।

 

तर, सभापति शेरबहादुर देउवा पक्षले एकएक उपसभापति, महामन्त्री र सहमहामन्त्री मनोनित हुनुपर्ने अडान राखेका छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै मनोनित हुनुपर्ने अडान लिएका छन् । एक नेताका अनुसार निर्वाचन पद्धतीमा सहमति जुट्न नसकेपछि २÷२ उपसभापति, महामन्त्री र सहमहामन्त्री निर्वाचित र एकएक मनोनित गर्ने विकल्प पनि छलफलमा आएको छ ।

 

यसो भएमा पदाधिकारी संख्या ११ जना पुग्नेछ । पदाधिकारीको निर्वाचन पद्धतिलगायतका विषयमा छलफल गर्न सोमबार दिउँसो बोलाइएको कांग्रेस केन्द्रीय समिति बैठक बस्दै नबसी स्थगित भएको छ । बैठक साँझ ७ बजेका लागि फेरि बोलाइएको छ । यसैबीच खानाका लागि भनेर विहान ११ बजे स्थगित गरेको महासमिति बैठक सुरु हुन लागेको छ ।

प्रतिक्रिया दिनुहोस
घरायसी र अत्यावश्यक क्षेत्रमा मात्र ग्यास वितरण गर्ने तयारी

     पृथ्वी राजमार्गको कृष्णाभिर खण्डमा त्रिशूली नदीले सडक कटान गरेपछि काठमाडौं उपत्यका...

रसुवाको बाढीमा हालसम्म १ हजार ११४ मृत्यु, ३ हजार ९१६ जना सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १...

देशका विभिन्न सडकको अवस्था यस्तो छ

    नेपाल प्रहरीले लगातारको वर्षाका कारण देशका विभिन्न जिल्लाका सडक तथा राजमार्ग...

भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...