पूर्व राजा ज्ञानेन्द्र पोखरामा,तीन बर्ष भित्रमा राजतन्त्र फर्काउन यस्तो बन्यो खाका
एक साता लामो बसाईंका लागि पोखरा पुगेका पूर्व राजा ज्ञानेन्द्र शाह र रानी कोमललाई पोखरामा भव्य स्वागत गरिएको छ।
उनलाई विमानस्थलमा पञ्चकन्याले स्वागत गरेका थिए भने विमानस्थलदेखि मुस्ताङचोकसम्म हिँडेरै पुगेका ज्ञानेन्द्रलाई पूर्वराजावादीदेखि सर्वसाधरणसम्मले भव्य स्वागत गरेका छन्।
ज्ञाजेन्द्र र कोमलको स्वागतका लागि पूर्वराजावादीहरु बाजागाजासहित श्री ५ बडामाहाराज धिराज सरकार र बडामाहरानी लेखेको ब्यानर लिएर उपस्थित भएका थिए।
ज्ञानेन्द्र र कोमल एकसाता पोखरामा रहने बताइएको छ। त्यहाँ गोप्य रुपमा भारतीय केही महत्वपुर्ण व्यक्ति संग भेटघाट हुने श्रोतले बताएको छ। भारतले तीन वर्ष भित्रमा राजतन्त्र पुनर्स्थापना गर्ने अभियानलाई गोप्य रुपमा तिब्रता दिएको छ।
पूर्वराजालाई कांग्रेस, तीन वटै राप्रपा र शिवसेनाको स्वागत
पूर्वराजा ज्ञानेन्द्र शाह सोमबार बिहान पोखरा जाँदैछन् । पूर्वराजा पूर्वरानी कोलमसहित बिहान बुद्ध एयरको फ्लाइटमा पोखरा जान लागेका हुन् । उनलाई बिहान ११ः३० बजे पोखरा विमानस्थलमा भब्य स्वागत गर्ने तयारी भइरहेको छ ।
पूर्वराजाको स्वागत र व्यवस्थापनका लागि समाजसेवी एवं वरिष्ठ पत्रकार केसव भण्डारीको संयोजकत्वमा ५५१ सदस्यीय समिति बनाइएको छ ।
समितिमा बीपी कांग्रेस, तीन वटै राप्रपा र शिव सेना लगायतको सहभागीता रहेको छ । संयोजक भण्डारीले पूर्वराजाको भब्यतापूर्वक स्वागत गर्ने तयारी भइरहेको बताएका छन् ।
निजी भ्रमणका लागि पोखरा जाँदै गएर पूर्वराजाले धार्मिक स्थल भ्रमण गर्नुका साथै विभिन्न दलका नेता, कार्यकर्ता, राजावादीहरुसंग समेत भेटघाट गर्ने कार्यक्रम रहेको पूर्वराजाका संवाद सचिव डा फणिराज पाठकले जानकारी दिएका छन् ।
पाठकले पूर्ण कार्यक्रम तय भइनसकेको भए पनि पोखरामा बसाइ राम्रो हुने दावी गरे । पूर्वराजपरिवारले अंग्रेजी नयाँ वर्ष भब्यतापूर्वक मनाउने समेत बुझिएको छ ।
चित्रबहादुर केसीले भने नेपालमा राजतन्त्र पूर्नस्थापना हुन्छ
राष्ट्रिय जनमोर्चाले अझैपनि मुलुकमा राजतन्त्र पूर्नस्थापना हुने खतरा रहेको औंल्याएको छ । यसप्रति सबै सचेत हुनुपर्ने उसको अपिल छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पार्टीले आफ्नो अवधारणापत्र सार्वजनिक गर्दै यस्तो खतरा औंल्याएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसीले भारतमा हिन्दुवादीहरुको सरकार भएकोले नेपालमा पनि पूर्वराजा र राजावादीहरु हिन्दू धर्मको नामबाट जनतामा भ्रम फैलाउन अभ्यस्त रहेको गम्भिर आरोप लगाए ।
उनले भने,‘अहिले पूर्वराजा र राजवादीहरु नेपालमा धर्मको नाममा राजनीति गरिरहेका छन् । र, भारतको अनुकुलतामा नेपालमा संघीयता आएकोले यो व्यवस्था कमजोर हुन्छ । त्यही कमजोरीमाथि टेकेर राजतन्त्र व्यँतिने खतरापनि उत्तिकै छ । संघीयता खारेजी नगरिकन नेपालमा गणतन्त्र सुदृढ हुने अवस्था देखिँदैन् ।’ कार्यक्रममा पार्टीको अवधारणापत्र अध्यक्ष केसीले वाचन गरेका थिए ।
कार्यक्रममा नेकपा मसालका प्रवक्ता रामप्रकाश पुरीले सही वस्तुगत अवस्था नभई जनवादी गणतन्त्र आउने अवस्था नभएको हुँदा तत्काल् यही गणतान्त्रिक व्यवस्थालाई नै सुदृढ गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
त्यस्तै कार्यक्रममा मोहन बैद्य नेतृत्वको नेकपा क्रान्त्रिकारी माओवादीको पोलिटव्यूरो सदस्य दिनेश शर्माले प्रतिगामी खतराको विरुद्ध आफूहरु क्रान्तिकारी एकजुट भएर जानुपर्ने बताए । उनले भने,‘त्यसको लागि संयुक्त कार्यक्रम बनाएर जानुपर्छ ।’


