मंत्री थापा मगर नै दोषी भेटिएपछि छानबिन समिति छक्क !!



हाम्रो इकोनोमि

 

मन्त्रीले बनाएको छानबिन समितिलाई सायदै लागेको थियो होला, खोजीपस्दा मन्त्री नै यति मतिभ्रष्ट ठहरिने छिन् भन्ने  । तर, शीरलाई नै कारबाहीको सिफारिस गर्नुपर्ने अवस्था आएपछि मन्त्रीकै चासोमा गठित एक छानबिन समिति धर्मसंकटमा परेको खबर छ ।

 

कुरो इमान्दार र असल राजनीतिज्ञको छवि बनाएकी महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा मगरको हो । विचार नपु¥याउँदा उनी यतिबेला आफैंले खनेको खाल्डोतिर तानिएकी छिन् ।

 

समाज कल्याण परिषद्का निलम्बित सदस्य–सचिव डिल्ली भट्टमाथि छानबिन गर्न गठित समिति लक्षित व्यक्तिको कमजोरी पहिल्याउँदै अघि बढ्दा मन्त्रीले गरेका जेमन्तका पल्टाइनसक्नुका चाङले हैरान बनेको स्रोत बताउछ ।

 

दातृ निकायसँग रकम माग्ने गरेको, परिषदका लागि गाडी खरिद गर्दा लाखौं कमिसन लिएको,  परिषदका कम्प्युटर, फ्रिज जस्ता सामान आफ्नो घर लगेको, भृकुटीमण्डपस्थित फनपार्क मेला सञ्चालकसँग मिलेमतो गरेर मासिक रकम असुल्ने गरेकोलगायत आरोपमा भट्टलाई निलम्बन गर्दै मन्त्रालयले मन्त्रीकै इच्छाअनुरुप छानबिन समिति खडा गरेको थियो । तर, भट्टमाथि लागेका अधिकांश अभियोग पुष्टि गर्न समितिलाई हम्मे परेको छ ।

 

बरु, अभियोग केलाउँदै जाँदा मन्त्री दोषी भेटिएकोस्रोतको दावी छ  । छानबिन समितिका एक सदस्यले गोपनीयता राखिदिने सर्तमा मन्त्रीलाई नै कारबाहीको सिफारिस गनुपर्ने अवस्था आएपछि के गर्ने भन्ने धर्मसंकटमा फसेको बताए ।

 

ती सदस्यका अनुसार, अघिल्लो आर्थिक वर्षको अन्त्यमा समाज कल्याण परिषद्ले झण्डै २ दर्जन संघ–संस्थालाई बाँडेको करिब एक करोड रकमको प्रक्रिया जाँच गर्दै जाँदा मन्त्री नै सबैभन्दा बढी दोषी देखिएकी छिन् । नियमानुसार यसरी वितरण गर्ने रकममा सदस्य–सचिवले हस्ताक्षर गनुपर्ने हुन्छ । तर, यसमा सदस्य–सचिवले हस्ताक्षर नै गरेका छैनन् ।

 

सदस्य–सचिवको हस्ताक्षरबिनै मन्त्रीको ठाडो आदेशमा यति ठूलो रकम वितरण गरेको समितिले भेटेको छ । यस्तो तथ्य भेटिएपछि ‘अब पुलिस नै चोर रहेछ के गर्ने’ भन्दै सदस्यहरुले आपसमा मुखामुख गर्ने गरेको चर्चा समाज कल्याण मन्त्रालयतिर छ ।

 

यति मात्रै होइन, मन्त्री मगरले परिषद्बाट इन्धन सुविधासमेत लिँदै आएको पाइएको छ । मन्त्रीको इन्धनको सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तलब–भत्तासँगै जोडेर पठाउँछ । रोचक के छ भने आर्थिक मितव्ययिताको नारा दिँदै आइरहेका केपी ओली नेतृत्वकै सरकारको महिला मन्त्रीले दोहोरो इन्धन सुविधा लिइरहेको समितिले भेटेको छ ।

 

समाज कल्याण परिषद्का एक अधिकारीले मन्त्री मगरले परिषद्बाट मन्त्री भएको केही समयपछि निरन्तर इन्धन सुविधा लिँदै आइरहेको पुष्टि गरे । यसरी दोषी पक्रन गठित समितिको छानबिन नै टाउकातिर सोझिएपछि लटरपटर पारेर समितिले यो मामला सल्टाउन लागिएको दाबी मन्त्रालय स्रोतले गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...