सुरजदेखि अभिषेकसम्म, स्वस्तिमाको रोजाइमा नयाँ नायक



 

नायिका स्वस्तिमा खड्काको हातमा चलचित्रको अभाव छैन ।

ब्याक टू ब्याक उनले ठूला ब्यानरका चलचित्रमा काम गरिरहेकी छिन् ।

तर, संयोग नै मान्नुपर्छ स्वस्तिमा खड्काको चलचित्रमा सधै नै नयाँ नायक देखिएका छन् ।

स्वस्तिमाले अभिनय गरेको पहिलो चलचित्र ‘होस्टेल रिटन्र्स’मा पनि नयाँ नायक नै थिए ।

यो चलचित्रमा सुशिल श्रेष्ठ, नाजिर हुसेन, सुशिल सिटौला लगायतका नयाँ नायक थिए ।

यसपछि पनि स्वस्तिमाले लगातार नयाँ नायकसँग नै काम गरिरहेकी छिन् ।

के स्वस्तिमा चलचित्र क्षेत्रमा चलेका नायकसँग काम गर्न नचाहने नै हुन् त ? उनले भनिन्–‘त्यस्तो होइन ।

यसलाई संयोग नै मान्नुपर्छ । मैले कहिले पनि चलचित्रमा यो नायक हुनुपर्छ भनेर डिमाण्ड गर्दिनँ ।’

स्वस्तिमाको भाषामा यसलाई संयोग नै मानौ । तर, उनको चलचित्रमा उनीसँग रोमान्स गर्ने नायक सधै नै नयाँ नै हुने गरेका छन् ।

१. स्वस्तिमा–सुरज खड्काः स्वस्तिमाले अभिनय गरेको चलचित्र ‘लभ लभ लभ’ बक्स अफिसमा औषत रुपमा हिट भयो ।

यो चलचित्रमा उनले नयाँ नायक सुरज खड्कासँग काम गरेकी थिइन् । एक साधारण यूवा र यूवतीको कथामा यो चलचित्र बनेको थियो ।

२. स्वस्तिमा–स्वरुपपुरुष ढकालः चलचित्र ‘छक्का पन्जा २’मा कलाकारको बाक्लो उपस्थित थियो ।

तर, नायिका स्वस्तिमा खड्कासँग भने नयाँ नायक स्वरुप पुरुष ढकालले काम गरे ।

अहिले स्वरुप चलचित्र क्षेत्रमा खासै सफल छैनन्, तर स्वस्तिमालाई भने यो क्षेत्रले गतिलोसँग स्विकार गरेको छ ।

३. स्वस्तिमा–अभिषेक नेपालः चलचित्र ‘नाई नभन्नु ल ५’ हिट भएपछि स्वस्तिमाको माग अझै चलचित्र क्षेत्रमा बढेको छ ।

यो चलचित्रमा दर्शकले स्वस्तिमालाई नयाँ नायक अभिषेक नेपालसँग देखेका थिए । अभिषेक पनि यहि चलचित्रबाट यो क्षेत्रमा प्रवेश गरेका थिए ।

४. स्वस्तिमा–मुकुन भुषालः स्वस्तिमाको नयाँ चलचित्र रिलिज हुँदैछ, ‘बुलबुल’ । यो चलचित्रमा स्वस्तिमाले कलाकार मुकुन भुषालसँग काम गरिरहेकी छिन् । मुकुन नाट्य क्षेत्रमा चलेका कलाकार हुन् ।

चलचित्रमा भने उनी पनि स्वस्तिमासँग पहिलो पटक जोडी वाँधिरहेका छन् ।

५. स्वस्तिमा–अभिषेक प्रधानः अहिले चलचित्र ‘हजार जुनीसम्म’माको छायांकन सुरु भएको छ । यो चलचित्रमा स्वस्तिमासँग रोमान्स गर्ने नायकको नाम अभिषेक प्रधान हो । सिक्किमका अभिषेक यहि चलचित्रबाट यो क्षेत्रमा प्रवेश गर्दैछन् ।

यसरी हेर्दा स्वस्तिमाको सबैजसो चलचित्रमा नयाँ नायकले नै काम गरिरहेका छन् । चलचित्र ‘दाल भात तरकारी’मा उनले काम गरेको भए उनको जोडीको रुपमा पुष्पल खड्का हुने थिए । तर, उनले नयाँ नायकसँग काम गर्ने क्रमलाई क्रमभंग गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं