सुरजदेखि अभिषेकसम्म, स्वस्तिमाको रोजाइमा नयाँ नायक



हाम्रो इकोनोमि

 

नायिका स्वस्तिमा खड्काको हातमा चलचित्रको अभाव छैन ।

ब्याक टू ब्याक उनले ठूला ब्यानरका चलचित्रमा काम गरिरहेकी छिन् ।

तर, संयोग नै मान्नुपर्छ स्वस्तिमा खड्काको चलचित्रमा सधै नै नयाँ नायक देखिएका छन् ।

स्वस्तिमाले अभिनय गरेको पहिलो चलचित्र ‘होस्टेल रिटन्र्स’मा पनि नयाँ नायक नै थिए ।

यो चलचित्रमा सुशिल श्रेष्ठ, नाजिर हुसेन, सुशिल सिटौला लगायतका नयाँ नायक थिए ।

यसपछि पनि स्वस्तिमाले लगातार नयाँ नायकसँग नै काम गरिरहेकी छिन् ।

के स्वस्तिमा चलचित्र क्षेत्रमा चलेका नायकसँग काम गर्न नचाहने नै हुन् त ? उनले भनिन्–‘त्यस्तो होइन ।

यसलाई संयोग नै मान्नुपर्छ । मैले कहिले पनि चलचित्रमा यो नायक हुनुपर्छ भनेर डिमाण्ड गर्दिनँ ।’

स्वस्तिमाको भाषामा यसलाई संयोग नै मानौ । तर, उनको चलचित्रमा उनीसँग रोमान्स गर्ने नायक सधै नै नयाँ नै हुने गरेका छन् ।

१. स्वस्तिमा–सुरज खड्काः स्वस्तिमाले अभिनय गरेको चलचित्र ‘लभ लभ लभ’ बक्स अफिसमा औषत रुपमा हिट भयो ।

यो चलचित्रमा उनले नयाँ नायक सुरज खड्कासँग काम गरेकी थिइन् । एक साधारण यूवा र यूवतीको कथामा यो चलचित्र बनेको थियो ।

२. स्वस्तिमा–स्वरुपपुरुष ढकालः चलचित्र ‘छक्का पन्जा २’मा कलाकारको बाक्लो उपस्थित थियो ।

तर, नायिका स्वस्तिमा खड्कासँग भने नयाँ नायक स्वरुप पुरुष ढकालले काम गरे ।

अहिले स्वरुप चलचित्र क्षेत्रमा खासै सफल छैनन्, तर स्वस्तिमालाई भने यो क्षेत्रले गतिलोसँग स्विकार गरेको छ ।

३. स्वस्तिमा–अभिषेक नेपालः चलचित्र ‘नाई नभन्नु ल ५’ हिट भएपछि स्वस्तिमाको माग अझै चलचित्र क्षेत्रमा बढेको छ ।

यो चलचित्रमा दर्शकले स्वस्तिमालाई नयाँ नायक अभिषेक नेपालसँग देखेका थिए । अभिषेक पनि यहि चलचित्रबाट यो क्षेत्रमा प्रवेश गरेका थिए ।

४. स्वस्तिमा–मुकुन भुषालः स्वस्तिमाको नयाँ चलचित्र रिलिज हुँदैछ, ‘बुलबुल’ । यो चलचित्रमा स्वस्तिमाले कलाकार मुकुन भुषालसँग काम गरिरहेकी छिन् । मुकुन नाट्य क्षेत्रमा चलेका कलाकार हुन् ।

चलचित्रमा भने उनी पनि स्वस्तिमासँग पहिलो पटक जोडी वाँधिरहेका छन् ।

५. स्वस्तिमा–अभिषेक प्रधानः अहिले चलचित्र ‘हजार जुनीसम्म’माको छायांकन सुरु भएको छ । यो चलचित्रमा स्वस्तिमासँग रोमान्स गर्ने नायकको नाम अभिषेक प्रधान हो । सिक्किमका अभिषेक यहि चलचित्रबाट यो क्षेत्रमा प्रवेश गर्दैछन् ।

यसरी हेर्दा स्वस्तिमाको सबैजसो चलचित्रमा नयाँ नायकले नै काम गरिरहेका छन् । चलचित्र ‘दाल भात तरकारी’मा उनले काम गरेको भए उनको जोडीको रुपमा पुष्पल खड्का हुने थिए । तर, उनले नयाँ नायकसँग काम गर्ने क्रमलाई क्रमभंग गरेकी छैनन् ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...