नायिका वर्षा राउत नेपालका अघोषित वेश्यालयभित्र यौनकर्ममा लिप्त ! छोएमात्रपनि चार्ज {भिडियो सहित}



हाम्रो इकोनोमि

 

 

चर्चित नायिका बर्षा राउत वेश्यालयभित्र यौन कर्ममा लिप्त भएको अवस्थामा फेला पर्छिन् । उनी त्यहाँ पुरुषले छोएको मात्रपनि चार्ज लगाउछिन् । त्योपनि मेनू लिष्ट नै बनाएर । यो बास्तविक जीवनमा हुनै सक्दैन । तर उपत्यकामा असोज ११ र मोफसलमा २० गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको कमेडी प्रधान फिल्म ‘मेरो पैसा खोई ?’ का दृष्यमा भने यस्तै देख्नुपर्ने छ । यसको ट्रेलर रिलिज भएको छ ।

ट्रेलरमा नायिका वर्षा राउत यौनकर्मीको भूमिकामा प्रस्तुत भएकी छिन् भने सौगात मल्ल उनको पछि–पछि लागेका छन् । ट्रेलरले विशेषत यौनकर्मी महिलाहरुको कथा बोल्छ । यो फिल्मलाई उपत्यकामा श्रीराम बालाजी पिक्चर्स र मोफसलमा एफडी कम्पनीले वितरण गर्न लागेको हो । ‘मेरो पैसा खोई ?’ असोज ११ गते राजधानीका हलहरुमा छक्का पन्जा २ सँग भिडन्त गर्दैछ ।

फिल्मलाई रोज राणाले निर्माण र निर्देशन गरेका हुन् । सौगात र वर्षाका अलवा फिल्ममा सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । रोज राणाले फिल्मको निर्देशन सम्हाल्नु अगाडि मेरो पैसा खोई ? लाई बलिउडको सफल फिल्म भुतनाथुका निर्देशक विवेक शर्माले निर्देशन गर्ने पक्का भएको थियो ।

तर, विवेकले १६ दिनसम्म खिचिएको फिल्मको सबै फुटेज डिलेट गरेर भारत भागपछि रोजले यो फिल्म निर्देशन गरेका हुन् । फिल्ममा हरि घले लामाको छायांकन, सुवास देवकोटाको सम्पादन, कमल राईको कोरियोग्राफी रहेको छ । उमा केसी निर्माता रहेको फिल्ममा रुपक राना र रुपम राना सह(निर्माताको रुपमा रहेका छन् । यसअघि जय परशुराम निर्देशन गरेका रोजले ‘मेरो पैसा खोई रु’ कमेडी प्रधान फिल्म रहेको बताए । भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...