एकनाथ ढकालले भने सम्मेलनले देशको प्रतिष्ठा उच्च बनायो



हाम्रो इकोनोमि

 

पूर्वमन्त्री एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले कोरियन धर्मगुरु हाक जा हान मुनलाई ‘जिससकी एक्ली छोरी’ घोषणा गर्न आयोजित एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको ठहर गरेको छ ।

 

ढकालको अध्यक्षतामा राजधानीमा सम्पन्न बैठकले सम्मेलनले अन्तराष्ट्रिय क्षेत्रमा देशको गरिमा बढाएको ठहर गरेको हो ।

 

सम्मेलनले पर्यटन विकास, जलवायु परिवर्तनसम्बन्धी चेतना विस्तार र नेपालको शान्ति प्रक्रियालाई विश्व मञ्चमा पुर्‍याउन मद्दत गरेको पनि बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । ढकाल नेपाल प्रमुख रहेको युनिभर्सल पिस फेडरेसनले दुई हप्ता पहिले राजधानीमा विवादित सम्मेलन आयोजना गरेको थियो ।

 

होली वाइन खुवाइएको, हानलाई जिससकी एक्ली छोरी घोषणा गरिएको, धर्मपरिवर्तन गराउने उद्देश्यले ब्लेसीङ गरिएको भन्दै सम्मलेनको आलोचना भएको थियो ।

 

सम्मेलनलगत्तै कोरियामा पुगेर फेडरेसनका नेपाल प्रमुख ढकालले नेपालमा सबैले जिससकी छोरीलाई स्वीकार गरेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...