एकनाथ ढकालले भने सम्मेलनले देशको प्रतिष्ठा उच्च बनायो



हाम्रो इकोनोमि

 

पूर्वमन्त्री एकनाथ ढकाल नेतृत्वको नेपाल परिवार दलले कोरियन धर्मगुरु हाक जा हान मुनलाई ‘जिससकी एक्ली छोरी’ घोषणा गर्न आयोजित एसिया प्यासिफिक सम्मेलनले नेपालको प्रतिष्ठा उच्च बनाएको ठहर गरेको छ ।

 

ढकालको अध्यक्षतामा राजधानीमा सम्पन्न बैठकले सम्मेलनले अन्तराष्ट्रिय क्षेत्रमा देशको गरिमा बढाएको ठहर गरेको हो ।

 

सम्मेलनले पर्यटन विकास, जलवायु परिवर्तनसम्बन्धी चेतना विस्तार र नेपालको शान्ति प्रक्रियालाई विश्व मञ्चमा पुर्‍याउन मद्दत गरेको पनि बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । ढकाल नेपाल प्रमुख रहेको युनिभर्सल पिस फेडरेसनले दुई हप्ता पहिले राजधानीमा विवादित सम्मेलन आयोजना गरेको थियो ।

 

होली वाइन खुवाइएको, हानलाई जिससकी एक्ली छोरी घोषणा गरिएको, धर्मपरिवर्तन गराउने उद्देश्यले ब्लेसीङ गरिएको भन्दै सम्मलेनको आलोचना भएको थियो ।

 

सम्मेलनलगत्तै कोरियामा पुगेर फेडरेसनका नेपाल प्रमुख ढकालले नेपालमा सबैले जिससकी छोरीलाई स्वीकार गरेको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...