नेपालमा ठूला भारु नोट प्रतिबन्धले भारतमा हल्लीखल्ली



 

नेपालमा सरकारले भारु १ सय भन्दा माथिका नोट प्रचलनमा रोक लगाएको विषयले छिमेकी भारतमा निकै हल्लीखल्ली मच्चिएको छ ।

 

सबैजसो भारतीय सञ्चार माध्यमले यसबारेमा निरन्तर रुपमा समाचार प्रकाशन–प्रसारण गर्दै आइरहेको बेलामा द टाइम्स अफ इण्डियाले कोलकाताबाट लेखेको सोमबार प्रकाशित समाचारमा नेपालको पछिल्लो निर्णयले भारतीय पर्यटक नेपाल जान निरुत्साहित हुने ट्राभल एजेन्टहरुलाई उद्धृत गर्दै जनाइएको छ ।

 

समाचारमा भारतमा काम गरिरहेका नेपाली नागरिकलाई पनि अब आफ्नो कमाई स्वदेश लग्न अप्ठेरो अवस्था सिर्जना भएको जनाइएको छ ।

 

‘‘पर्यटकको फ्लो एक हप्ताको बीचमा अहिले ४०० भन्दा बढी घटेको छ । अहिले दक्षिण पूर्वी एशियाली राष्ट्रले त्यो भन्दा बढी दैनिक रुपमा नै पर्यटक आकर्षित गरिरहेका छन् । पर्यटकको ट्राफिक कम हुनुमा विभिन्न पक्ष कारक रहेका छन् । एयर इण्डियाले कोलकाताको क्षेत्रबाट हप्तामा तीन वटा फ्लाइट गर्छ ।

 

अनिश्चित राजनीतिक परिदृश्य र आर्थिक हिसाबले पनि बिदा मनाउन नेपाल उपयुक्त नभएका कारण मानिसहरुले बरु थाइल्याण्ड र सिंगापुर जान मन पराउन थालेका छन्,’’ वायुसेवा ट्राभल एण्ड टुरिज्मका प्रतिनिधि साजनकुमार गुप्तालाई उद्धृत गर्दै समाचारमा भनिएको छ ।

 

नेपालमा यात्रा गर्दा यसअघि पैसा साट्नु आवश्यक थिएन तर पछिल्लो अवरोधले ठूलो परिणाममा रकमको भारी बोक्नुपर्ने वा डलर र युरो साट्नुपर्ने अवस्था आएको ट्राभल एजेन्ट्स फेडेरेसन अफ इण्डिया ( टाफी) का अध्यक्ष अनिल पञ्जाबीले बताएका छन् ।

 

भारतबाट नेपालमा तीर्थयात्रीका रुपमा थुप्रै मानिस जाने गरेको बताउँदै कोही कोही काठमाडौंमा क्यासिनो खेल्न पनि जाने गरेको तर अहिले १ सय दरभन्दा माथिको नोट लैजान नपाउँदा अप्ठेरो परेको जनाएका छन् । नारायणी हुमागाईं नामका नेपाली नागरिकलाई उद्धृत गर्दै समाचारमा भनिएको छ,‘‘भारतमा काम गर्ने नेपालीलाई बैंक खाता नहुँदा आफूले कमाएको रकम नेपाल लैजान अप्ठेरो पर्ने अवस्था आएको छ ।’’

 

उनको भनाई छ,‘‘ ठूलो संख्याका नेपालीले इलेक्ट्रिोनिक माध्यमबाट रकम पठाउँदैनन् । जसको खाता छ त्यसलाई अप्ठेरो नपर्ला तर अरुलाई त्यसले असर गर्नेछ । हामी यो विषयमा कोलकातास्थित नेपाली कन्सुलेटको कार्यालयलाई भन्नेछौं ।’’
कतिपय टुर अपरेटर्सहरुले भने नेपालको नयाँ नियमले आफूहरुलाई कुनै असर नगर्ने बताएको समेत समाचारमा उल्लेख छ ।

 

‘‘हामीले पेमेन्ट पहिला नै लिने गर्छौं । किनमेलको लागि हो भने १ सय दरका धेरै नोट लिएर जान हामीले भनेका छौं’’ ती अपरेटरहरुले भनेका छन् । गएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस सम्बन्धी निर्णय गरेकोमा सरकारका प्रवक्ताले गएको बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नोटबन्दीको बारेमा बताएका थिए ।

 

२ वर्षअघिको राष्ट्र बैंकको निर्देशनले ५ सय र २ हजार दरका भारतीय मुद्राका नोट नेपालमा नचल्ने बनाइएको थियो  । तर, साथमा लिएर भारत जान दिइने गरेको थियो । तर, सरकारको पछिल्लो निर्णयले १ सय भारु भन्दा माथिको दरका नोट बोक्नुपनि अवैध हुने र बोक्नेलाई पक्राउ गर्न सकिने जनाइएको छ ।

 

नेपाल सरकारको निर्णयमा भनिएको छ, “भारतीय रुपैयाँ २००, ५०० र २००० का नोटहरु साथमा राख्न गैरकानुनी हुने भएकाले ती नोटहरु चलनचल्तीमा नल्याउन, नबोक्न, नराख्न सूचना प्रकाशन गर्ने निर्णय भएको छ ।”

 

हाल भारतीय सीमावर्ती क्षेत्रमा त्यसखालको नोट करिब १ अर्बको हाराहारीमा रहेको सरकारका प्रवक्ताले सो अवसरमा बताएका थिए । कतिपय भारतीय सञ्चार माध्यमहरुले भने नेपाल र भारतको सम्बन्ध राम्रो नभएका कारणले नै नेपालले यसरी भारुमा रोक लगाएको भन्ने चर्चा गर्न समेत भ्याएका छन् ।

(एजेन्सीहरुको सहयोगमा)

प्रतिक्रिया दिनुहोस
चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन : प्रधानमन्त्री

     प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ऋण सम्बन्धी कुनै सम्झौता

पूर्वप्रधानमन्त्रीहरूसँग चीन भ्रमणबारे प्रधानमन्त्रीले गरे परामर्श

    आसन्न चीन भ्रमणका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरोकारवालाहरूसँग छलफल गरेका

सुनको मूल्य एकैदिन तोलामा १५ हजार ९ सयले घट्यो

    नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा झण्डै १६ हजारले घटेको

ग्लोबल आइएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

    ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने