सरकारविरुद्ध आन्दोलन गर्ने नेकपा (माओवादी केन्द्र) को निर्णय



हाम्रो इकोनोमि

 

गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) सरकारविरुद्ध आन्दोलनमा होमिने भएको छ ।  पार्टीको हालै सम्पन्न केन्द्रीय सचिवालय बैठकले सरकारले धर्म निरपेक्ष राष्ट्रलाई कमजोर बनाएको, मुलुकलाई परनिर्भरताको बाटोमा झनै धकेलेको आरोप लगाउँदै सरकारविरुद्ध आन्दोलनमा होमिन सबैलाई आह्वान गरेको हो ।

 

आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बैठकका निर्णयहरु सार्वजनिक गर्दै पार्टीका अध्यक्ष किरातीले धर्म निरपेक्ष गणतन्त्रलाई कमजोर बनाउने काम सरकारले गरेकाले त्यसका विरुद्ध आन्दोलनमा होमिन आह्वान गर्नु परेको बताए । उनले राष्ट्रिय स्वाधिनता र आत्मनिर्भरताका साथ मुलुकलाई अघि बढाउन पनि नसकेको भन्दै सरकारको चर्को आलोचना गरे ।

 

पार्टीले आगामी फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर महाधिवेशन गर्ने तयारी पनि गरेको छ । अध्यक्ष किरातीले महाधिवेशनको तयारीका लागि यही पुस ११ गतेबाट २५ गतेसम्म सबै प्रदेशको अधिवेशन सम्पन्न गर्ने निर्णय गरिएको पनि बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...