पार्टी धार्मिक स्वतन्त्रताको पक्षमा छ, नेपाल हिन्दु राज्य हुनुर्पदछ : शशांक



हाम्रो इकोनोमि

 

 नेपाली कांग्रेसमका महामन्त्री डा शशांक कोइरालाले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा उभिनुपर्ने बताएका छन् । महासमिति बैठकपछि संचारकर्मीहरुसँग कुरा गर्दै महामन्त्री कोइरालाले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा उभिनुपर्ने बताएका हुन् ।  कोइरालाले धार्मिक निरपेक्षतालाई छाडेर पार्टीले सबै  धर्म र बर्गलाई सम्मान हुने गरी  धार्मिक स्वतन्त्रताको मार्ग अवलम्बन गर्नुपर्ने धारणा राखे ।

 

आइतबार बिहानदेखि महासमिति बैठकको बन्द सत्र शुरु भएको छ ।  बन्द सत्रमा महामन्त्री डा शशांक कोइरालाले ‘साङ्गठनिक प्रतिवेदन’, कोषाध्यक्ष सीतादेवी यादवले पार्टीको ‘लेखा प्रतिवेदन’ र सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीको ‘आर्थिक प्रस्ताव’ पेश गरेका छन् । तीन वटै प्रस्तावमाथि आइतबार छलफल हुनेछ ।

 

प्रतिवेदनमा छलफलपछि महासमिति सदस्यले राखेका विचारका आधारमा संशोधनसहित पारित हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । विधान संशोधनको मस्यौदामा भने सहमति जुट्न बाँकी रहेको जनाइएको छ । सहमतिपछि केन्द्रीय समितिले पारित गरी बैठकमा विधान संशोधन प्रस्ताव पेश गरिने जनाइएको छ ।

 

बैठकमा ७७ जिल्ला र विदेशस्थित जनसम्पर्क समितिका गरी एक हजार ७ सयभन्दा बढी प्रतिनिधि एवं पर्यवेक्षकको सहभागिता छ । बैठक पुस ३ गते समापन हुने जनाइएको छ । मङ्सिर २९ गते बैठक शुरु भएको हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...