सुस्ताबासीले नेपाल फर्काए बाढीले बगाएर भारत पुर्‍याएको गैडा, अझै दुईवटा फर्काउन बाकी



हाम्रो इकोनोमि

 

 साउनको बाढीमा नारायणी नदिमा बगेर भारतीय भुमिमा पुगेका चितवन राष्ट्रिय निकुञ्जका ३ वटा गैंडा मध्ये एउटा गैडा सुस्ताबासीले शनिवार सुस्ता भुमिमा फर्काउन सफल भएका छन ।

 

अलपत्र अबस्थामा तीन वटै गैडा मध्ये एउटा गैडा विवादित १४ हजार ५ सय हेक्टर भुमि नजिकको जंगलमा थियो । भारतको सुस्ता जंगलमा पुगेका गैंडा फर्काउने पटकपटक प्रयास गरिए पनि भारतीय सुरक्षाकर्मी एसएसबी र बन कर्मचारीले अवरोध गर्दै आईरहेका थिए ।

 

गैडा लिनका लागि भारत पुगेको चितवन राष्ट्रिय निकुञ्जको टोलीलाई केन्द्रको अनुमति विना गैंडा फिर्ता लैजान नमिल्ने भन्दै रोक लगाईएको छ । भारतले आफ्नो बन क्षेत्रमा रहेका गैंडाको रेखदेखका लागि ६ जना कर्मचारी राखेको नेपालतर्फ आउन रोक लगाएको सुस्ताका स्थानीयहरुले बताएका छन् ।

 

अहिले नेपालबाट बगेर भारत पुगेका ३ वटा गैंडाहरु मध्ये १ वटा गैंडा पोथी हो जसलाई सुस्ताका युवाहरु लुकीलुकी भारतीय जंगल भित्र पसेर गुलेली हान्दै नेपालको सुस्ता भुमी फर्काउन सफल भएको सुस्ता बचाउ अभियानका सदस्य रबिन्द्र जैसवालले बताएका छन् ।

 

अहिले भने २ वटा गैडा विहारको  सिर्सिया जंगलमा रहेका छन् । गैंडा नेपाल फर्काउनका लागि चितवन राष्ट्रिय निकुञ्जबाट रेञ्जर दिनेश चौधरीको नेतृत्वमा ३ वटा हात्ति सहितको टोली सुस्ता पुगेको छ । टोलीले गैंडा फर्काउनका लागि भारतिय बन कर्मचारीहरु संग पहल गर्दा केन्द्रबाट स्वीकृति लिनु पर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...