चाउमिन खाँदा दाजुभाइको मृत्यु



हाम्रो इकोनोमि

 

कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ आमघाटमा चाउमिन खाँदा एकै घरका दुई बालकको खाँदा मृत्यु भएको छ । १२ वर्षीय धनबहादुर र ८ वर्षीय टेक सुनारको मृत्यु भएको हो । उनीहरु सहोदर दाजुभाइ हुन् ।

 

शनिबार बेलौरीमा रहेको (मामाघर) विवाहमा सहभागी हुन आमा विमलादेवीसँगै जाने क्रममा उनीहरुले ठूली आमा सीतादेवीले दिएको चाउमिन खाएका थिए ।

 

चाउमिन दुबइभाइले नै बान्ता गर्न थालेपछि बेलौरीको प्राथमिक स्वास्थ्य केन्ऽमा भर्ना गरिएको थियो । उपचार सम्भव नभएपछि सेती अञ्चल अस्पताल धनगढी लगिएको थियो । त्यहाँ पनि उपचार सम्भव नभएपछि बाँकेको कोहलपुर मेडिकल कलेज लैजाने क्रममा उनीहरुको बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।

ती दुवै बालकका बुबाको यसअघि नै मृत्यु भइसकेको छ । उनीहरु अहिले आमासहित ठूलो बुबा र आमाको आश्रयमा थिए ।

चाउमिन खाएर मृत्यु भएपछि स्थानीयवासीले ठुलोबुवा र आमाले चाउमिनमा विषादी मिसाएर उनीहरुको हत्या गरेको आरोप लगाएका छन् ।

इलाका प्रहरी कार्यालय झलारीले ठूलोबुबा लक्षी सुनार र ठूलीआमा सीता सुनारलाई पक्राउ गरेको छ ।

चाउमिनमा विषादी हालेर वा अन्य कारणले मृत्यु भएको भन्नेबारे अनुसन्धानपछि मात्रै खुल्ने प्रहरी निरीक्षक अवस्थीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...