रघुवीर महासेठको मन्त्रीपद हुने भो चट् , नेकपा स्थायी समितिबाट पनि हटाउन माग



हाम्रो इकोनोमि

 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई नेकपा स्थायी समितिसदस्यबाट हटाउन नेकपाका एक केन्द्रीय सदस्यले पार्टी कार्यालयमा निवेदन दर्ता गराएका छन्।

 

मन्त्री महासेठ स्थायी समितिका लागि अयोग्य रहेको दावी गर्दै नेकपा केन्द्रीय सदस्य श्रीप्रसाद साहले पार्टी केन्द्रीय २९ मंसिरमा पार्टी केन्द्रीय कार्यालयमा निवेदन दर्ता गराएका हुन्।

 

धनुषाबाट नेकपाको केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने साहले सो निवेदन पत्र अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल (प्रचण्ड) महासचिव बिष्णु पौडेललाई सम्बोधन गरी लेखेका हुन्।

 

साहका अनुसार पार्टीको अन्तरिम विधान २०७५ धारा ३४ (ख) अनुसार केन्द्रीय कमिटीको पदाधिकारी र स्थायी कमिटी सदस्य हुन कम्तिमा एक कार्यकाल पोलिटव्यूरो सदस्य भएको वर्तमान केन्द्रीय कमिटीको सदस्य हुनुपर्छ।

 

‘आदरणीय क रघुवीर महासेठ समक्ष अनेकन अलौकिक दक्षता होलान्’ पत्रमा साहले भनेका छन्, तर स्थायी कमिटीको सदस्य हुन चाहिने न्यूनतम योग्यता चाहिँ पुगेको छैन।’

 

२०५४ मा तत्कालिन एमालेको विभाजन पश्चात महासेठ मालेको केन्द्रीय सदस्य र एमाले–माले एकतापछि उद्योग विभागको सदस्य भएको साहले बताएका छन्।

 

०५९ मा जनकपुरमा भएको सातौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएपछि केही समयपछि केन्द्रीय कमिटीका महासेठलाई मनोनित गरिएको थियो।

 

बुटवल महाधिवेशनमा केन्द्रीय सदस्यमा विजयी भएपनि पोलिटब्यूरोमा उनी पराजित भएको र ०७० को आठौँ महाधिवेशनमा केन्द्रीय सदस्यमा पनि उनी पराजित भएको साहको दावी छ।

 

यद्यपी, २०७४ को मेची–महाकाली अभियानको पूर्वसन्ध्यामा मनोनित तराई– मधेशको तर्फबाट केन्द्रीय सदस्यमा मनोनित भएपनि उनी कहिल्यै पोलिटब्यूरो सदस्य नभएको साहले बताएका छन्।

 

साहले भनेका छन्, अत उहाँमा पार्टी विधान अनुसार स्थायी कमिटी सदस्य हुनका लागि अपेक्षा गरिएको कहीँ कतै नदेखिएकाले उनको नियुक्ति प्रारम्भदेखि नै रद्द गर्नुपर्ने उनको माग छ।

 

महासेठको स्थानमा तराई–मधेशबाट योग्यता पुगेका अन्य कुनै नेतालाई स्थायी समितिमा मनोनित गरिनुपर्ने साहले आफ्नो निवेदन पत्रमा बताएका छन्।

 

उनका अनुसार, तराई–मधेशबाट स्थायी समिति सदस्यका लागि योग्यता पुगेका नेताहरुमा धर्मनाथप्रसाद साह, रामप्रित पासवान, नागेन्द्र चौधरी, लालबाबु पण्डित, योगनारायण यादव, शत्रुघन महतो, बंशीधर मिश्र, बैजनाथ चौधरी लगायत छन्।

 

साहले भनेका छन्, ‘उहाँहरु मध्येबाट एकजनालाई स्थायी समितिमा नियुक्त गरी निर्णय गरी पार्टी विधानको पूर्ण पालनाको लागि पार्टीको एक जिम्मेवार कार्यकर्ताको हैसियतले जोडदार माग गर्दछु।’

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...