कमेडियन कपिल शर्मा र गिन्नीको विवाहको फोटो बाहिरियो



हाम्रो इकोनोमि

 

चर्चित कमेडियन कपिल शर्मा र उनकी प्रेमीका गिन्नी चतरथ बुधबार बैवाहिक बन्धनमा बाँधिएका छन् ।

पञ्जावी रितिरिवाज अनुसार कपिलको जन्ती अम्रितसरबाट जालन्धर पुगेका थिए ।

जन्ती जादाँ निकै भिड भयो ।

भिड हटाउनको लागि निकै कडा सुरक्षाको व्यवस्था गरिएको थियो ।

कपिलको आमाको इच्छाअनुसार विवाह भव्य रुपमा गरिएको हो । विवाहपछि नवविवाहित जोडीको फोटो सार्वजनिक भएका छन् । सामाजिक सञ्जाल मार्फत उनीहरुलाई विवाहको शुभकामना दिइरहेका छन् । शुभकामना दिनेहरुमा अभिषेक बच्चन, सायना नेहवाल, एली एव्राम जस्ता सामेल छन् । सामाजिक सञ्जालमा कपिलको बिहेको फोटो भाइरल भइरहेको छ ।

कपिलले हरियो रंगको शेरवानीमा क्रिम कलरको पगडी लगाएका छन् । उनको हातमा तरवार देखिन्छ । गिन्नीले रातो रंगको लहेंगा लगाएकी छिन् । दुवै जनालाई एकदमै राम्रो देखिएको छ । कपिलको विवाहमा भारती सिंह, उनको पति हर्ष लिन्बाचिया, कृष्णा अभिषेक, सुमोना चकवर्ती, गायका ऋर्चा शर्मा लगायतका कलाकार सहभागि भएका थिए । कपिलको घरमा पञ्जावी रितिरिवाज अनुसार डिसेम्बर १० मा जागरण पनि राखिएको थियो ।

उनीहरुको पहिलो रिसेप्सन डिसेम्बर १४ मा अम्रितसरमा हुनेछ । यसमा कपिलको परिवार र आफन्तहरु सामेल हुने छन् । दोस्रो रिसेप्सन २४ डिसेम्बरमा मुम्बईमा दिनेछन् । यस रिसेप्सनमा बलिउडका कयौं हस्तीहरु सामेल हुने भारतिय मिडियामा उल्लेख छ ।

 

 

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...