‘मुक्तियुद्ध’ सँगै लडेका योद्धाहरुलाई यसरी हिरासतमा हाल्लै छन् गृहमन्त्री बादल



 

तत्कालिन नेकपा माओवादीले २०५२ सानलमा थालनी गरेको जनयुद्धका युद्धाहरु यतिकबेला आमरण अनसन गर्दै काठमाडौको माइघिरमण्डलामा चिसो भूइमा लडिरहेका छन् । राज्य बिरुद्ध लड्दा र चौकी आक्रमण गर्द घाईते भई अपांगता भएका ७ जना पूर्व लडाकुहरु यतिबेला माईतीघर मण्डलामा ४ दिनदेखि अनसनमा छन् ।

 

त्यही जनयुद्धको पृष्ठभूमिबाट अहिले प्रधानमन्त्री बनिसकेका नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री रामबहादुर थापा बादलको लागि यो अनसन काउछो बनेर बिझाइ रहेको छ ।

 

कैयौ पटक सोही बाटो ओहोर दोहोर गर्ने पार्टी अध्यक्ष प्रचण्ड र गृहमन्त्री बादल उनीहरुको आमरण अनसन देखेर पनि नदेखेझैं गरिरहेका छन् ।

 

उनीहरुका जायज माग पुरा गर्ने भन्दा पनि उनीहरुलाई पक्रेर जेल हाल्ने तयारीमा गृहमन्त्रालयले तयारी थालेको श्रोतको दावि छ ।

 

विहीबारदेखि सरकारसँग यसअघि भएका सम्झौताहरु कार्यान्वयनको माग गर्दै उनीहरु अनिश्चितकालीन अनशनमा बसेका हुन् । उनीहरुको चीसोका कारण अहिले स्थिती गम्भीर बन्दै गएको छ । यसअघि जनयुद्धका घाईते तथा अपाङ्ग भएका व्यक्तिहरुको संगठनले संघर्ष समिति गठन गरी नेपाल सरकारसँग पटक–पटक वार्ता सम्झौताहरु गरेको थियो ।

 

यस अघि संगठनका संयोजक युवराज विक ले  अनसनको नेतृत्व गरेका थिए । उनलाई गृहमन्त्री थापाले पक्राउ गर्न लगाएपछि अहिले उनी महानगरीय प्रहरी वृत्त जावलाखेलको हिरासतमा छन् । अनसनकारीले गृहमन्त्री थापाको निर्देशनमा उनी पक्राउ परेको आरोप लगाएका छन् । अहिले आमरण अनशन नरविर कामीको नेतृत्वमा बसिरहेको छ ।

 

अबुधाबी जेलमा छोरा, ६० लाख नतिरे फासी हुने ! नेपालमा बुढीआमा दिनरात रुदै

बिगत ४ बर्ष देखि युनाइटेड अरब इमिरेट्सको अबुधाबीमा रहेको जेल मा जेल जिबन बिताइरहेका खड्ग बहादुर जोगी नेपाल फर्कन जेल जिबन पछि पनि नेपाली ६० लाख बराबर रकम ब्लड मनि तिर्न पर्ने भएको छ।

 

अबुधाबी स्थित अल गल्फ डेवलप मेन्ट कम्पनीमा कार्यरत जोगी संगै ड्युटी जान चलाएको गाडी बाट एक फिलिपिनो नागरिक झरेर मृत्यु भएपछी उनलाई बिदेशी भूमिमा ठुलो बिपतमा परेका हुन् । घटना पछि उनले कम्पनि सुपर्भाइजरको निर्देशन अनुसारनै अस्पताल पुर्याएपनि फिलिपिनोको मृत्यु भएपछी स्थानिय अदालतले उनलाई हत्या नै गरेको आरोप लगाएको छ।

 

अहिले उनि माथि अदालातले हत्या सरह कसुर लगाउदै ५ बर्ष कैद र २ लाख दिराम ( ६० लाख नेपाली रुपया ) ब्लड मनि तिर्न पर्ने फैसला गरेको हो। अदालतले तोकेको ब्लड मनि पैसा जम्मा नगरेको खण्डमा भने उनलाई फासिको सजाय हुने सुनाएको छ।

 

तेर्हथुम का ४५ बर्षीय जोगीको परिवार अति नै गरिब छ। आफ्नो सम्पतिले तेती ठुलो ब्लड मनि तिर्न नसक्ने उनको परिवारले बताउदै आएको छ। घरको दुख कम गर्न बिदेशमा पैसा कमाउन गएको घर मुली नै जेल परेपछि परिवारको बिचल्ली भएको छ। २०७० सालमा बिदेशिएका जोगी २०७१ मा जेल परेको उनको श्रीमतीले बताइन।

 

उहालाई जसरि पनि बचाइनु होला घरको हालत यत्रो पैसा तिर्ने हालत नभएको भन्दै पैसा उथाइदिएर भएपनि बचाउन अपिल गर्छिन। उनि जेल मा परेपछि आर्थिक अभावकै कारण उनको छोरीले आफ्नो पढाइ समेत छोड्नु परेको छ।

 

अबुधाबीमा जेल परेका जोगीका ८० बर्षीय आमा छिन। छोरा जेल परेको कुराले ८० बर्षे बुढी आमा रोएर दिनरात कटाउन बाध्य बनेकी छिन्। आफु छोरा फर्कने आसामा बाचेको बताउदै बुढी आमा भन्छिन आफ्नो सास छदै फर्किने आस लिएको छ। सम्झेर ल्याउदा कता हो काता आसु नथामिने बुढी आमा भन्छिन ।

 

खै छोरा कता छ कता आसु झर्दै भन्छिन। ६ जनाको परिवार रहेको जोगीको परिवारलाई तिर्न पर्ने ब्लड मनि जम्मा गर्न नसके आफ्नो घरको मुख्य सदस्य नै गुमाउने डर र चिन्ताले सताएको छ।

 

अदालतले तोकेको समय भित्र ब्लड मनि तिर्न पर्ने जोगी का लागि विभिन्न संघ संस्था हरुले पैसा उठाउन काम सुरु गरेको छ। रकम समेत उठ्न सुरु भैसकेको छ। उनको ज्यान बचाउन समयमै ६० लाख रुपया ब्लड तिर्न पर्ने हुन्छ।

 

आफ्नो धरातल विर्सिएर आफैंलाई सत्तामा पुर्याउनेहरुलाई नै विर्सिएर गृहमन्त्री थापाले सत्ताको आडमा तिनै जनआन्दोलनका घाईतेहरुमाथि ज्यादती गर्नेगरेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमालेबाट कीर्तिपुरको मेयरमा मानन्धर सिफारिस

    नेकपा एमालेले कीर्तिपुर नगरपालिकाको मेयर पदमा डा. सुरेन्द्र मानन्धरलाई नै उम्मेदवार

चुनावी गठबन्धन गर्न एकीकृत समाजवादी खुल्ला

    नेकपा एकीकृत समाजवादीले मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा चुनावी

एमालेबाट उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी तुलाचन

    नेकपा एमालेले लुम्बिनी प्रदेशको रुकुमपूर्वमा रहेको पुथा उत्तरगंगा गाउँपालिकाको उपाध्यक्षमा केशकुमारी

माओवादीको केन्द्रीय कमिटी बैठक नबस्ने

    नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक उपनिर्वाचन अघि नबस्ने भएको छ