किन बुर्लुक्क उफ्रिए खनाल, यस्तो छ भित्रि कारण



हाम्रो इकोनोमि

नेकपाका एकजना बरिष्ठ नेता झलनाथ खनाल, पार्टी नेतृत्वप्रति केही आक्रामक जस्तो देखिन थालेका छन्। चुनाव जितेपछि भावी राष्ट्रपतिको लागि आफु जत्तिको दाबेदार क्याण्डिडेट नदेखेका खनालले अब बुढ्यौली पनि लाग्यो गुट बनाउनतिर नलागौं भन्ने मनसाय बनाए।

 

मनलागि ढंगले अगाडी बढिरहेका अध्यक्ष ओलीले उनी बिरुद्ध एक शब्द पनि खर्च गर्न सकेनन्। प्रधानमन्त्रीको उम्मेदवारका लागि उनले हात उठाउने जर्मको पनि गरेनन्।

 

२०७४ को आम चुनावपछि राष्ट्रपति बन्ने सपना देखेका नेता खनाल त्यतिबेला नराम्ररी थच्चिए जतिबेला पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले तत्कालिन र वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई निरन्तरता दिने ठाडो प्रस्ताव सुनाए, पार्टी बैठकमा।

 

मुलुकको तेश्रो राष्ट्रपति बन्ने सपना देखेका खनाललाई ठूलो बज्रपात पर्‍यो। रातो मुख लगाएर बसे। बोल्ने कुरै पाएनन्। पार्टीका अरु कुनै पनि नेताले साथ समेत नदिएपछि उनी खिस्रक्क बने।

 

जेठमा पार्टी एकता भयो, त्यो पनि खनाल चीन गएको बेला। एकताकै क्रममा समेत उनलाई बाइपास गरे सरह भयो। जब नेताहरुको बरियता तोकियो, खनाललाई अर्को झड्का लाग्यो। उनी नेता माधव नेपालपछि, चौथो बरियतामा धकेलिए।

 

आफुलाई नेपालभन्दा पनि पछाडी थन्क्याएकोमा खुन्सिएका खनालले केही सार्वजनिक कार्यक्रममा बोल्दै र मिडियामा लेख छपाउँदै दुख मनाउ गरे। पार्टी महाधिवेशनमा माधव नेपाललाई तह लगाउ केपी ओलीलाई अघोषित साथ दिएका खनाल, ओलीबाटै पेलानमा पर्दै गए।

 

एकपछि अर्को कष्ट खेप्दै आएका नेता खनाल पछिल्लो समय भने अलिक जाग्न थालेका छन्। पछिल्लो पल्ट उनले दुईवटा कुरा बोलेका छन्ः अध्यक्ष र प्रधानमन्त्री अब एउटै व्यक्ति हुन हुँदैन। आवश्वक पर्‍यो भने सबभन्दा ठूलो गुट बनाउँछु। तर यो उनको आफ्नै रहरले होइन भन्ने खुलेको छ।

प्रसंग यस्तो छ :

पूर्वाग्रही ढंगले पार्टी सञ्चालन गरेको, सरकार र पार्टीबीचको सम्बन्ध टुटेको लगायत कारण देखाउँदै नेकपाका २१ जना युवा नेताले पार्टी अध्यक्षहरुलाई ज्ञापन पत्र नै बुझाए। नेतृत्व मनमौजी ढंगले अघि बढेको भन्दै आक्रोस पोख्दै आएका तिनै युवा नेताहरुले केहीअघि काठमाडौंको अल्फा बिटा रेष्टुराँमा गोप्य रुपमा राखेको बैठकमा, नेता खनाललाई पनि डाकिएको थियो।

 

चुनावपछि लगभग गुट नबनाएका नेता खनाललाई उनीहरुले र्‍याख र्‍याख पारेः पार्टी पतनको बाटोमा हिँडेको देख्दा देख्दै पनि तपाईं गुमनाम बस्ने के हो पारा? भन्दै। त्यही बैठकपछि चाहिँ कमरेड जे एन सरकार र नेतृत्वप्रति हल्का आक्रमक रुपमा प्रस्तुत हुन थाल्नु भएको छ, एकजना असन्तुष्ट केन्द्रीय सदस्यले हाम्रा कुरासँग भने।

 

युवा नेताहरुसँगको त्यही बैठकको अर्को असर केही दिनअघि चार जना सचिवालय सदस्य (खनालसँगै, माधव नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ) बालुवाटार बैठकबाट बाहिरिएको ती नेताको दाबी छ।

 

तर खनालले भने आफुहरु बालुवाटारबाट कड्एिर बाहिरिएपछि नेतृत्व स्थायी कमिटि बैठक बोलाउन बाध्य भएको दाबी गर्दै आएका छन्। खनाल सरकारको काम कार्वाही र नतृत्वको एकलौटीपन बिरुद्ध बोल्न थालेपछि उनी निकट कार्यकर्ता पनि हौसिएका छन्।

प्रतिक्रिया दिनुहोस
८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...

सबै काण्डको फाइल खोल्न एमालेको चुनौती

    नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेको आलोचना गरेका...