खरदारदेखि उपसचिवसम्म १४ हजार पदमा विज्ञापन !



हाम्रो इकोनोमि

लोकसेवा आयोगको तयारी गरिरहेकाहरु निकै अलमलमा छन् । कहिले दुई वर्षसम्म लोकसेवाले विज्ञापन खुलाउँदैन भन्ने भ्रम छरिरहेको पाइन्छ त कहिले अब भारी मात्रामा विज्ञापन खुलाउँदैछ भन्ने आउँछ ।

 

पछिल्लो समय सरकारले कर्मचारी समायोजन गरिरहँदा समायोजन सकिएलगत्तै कम्तीमा १४ हजार पदमा लोकसेवा खुलाउनेगरी विशेष कार्ययोजना तयार पारेको बुझिएको छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको विशेष कार्ययोजनामा फास्ट ट्रयाकमार्फत सबै सेवा समूहका १४ हजार पदमा विज्ञापन गर्ने गृहकार्य अघि बढाएको सूचना बाहिर आएको हो ।

 

यो विशेष कार्ययोजना अन्तर्गत सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनलगत्तै तिनै तहमा पद अनुसार रिक्त दरवन्दीको प्रक्षेपण गर्नेछ ।

 

माघको अन्तिम सातासम्ममा ठूलो संख्यामा लोकसेवा खुलाउने गरी कार्ययोजना अगाडि बढाइएको बताइएको छ ।  यदि एकैपटक १४ हजारको विज्ञापन खुल्ने हो भने वेरोजगारीको दर ह्वात्तै घट्ने थियो ।

अख्तियारको हिरासत भरीयो, अरु भष्टचारीलाई राख्ने ठाँउ खोज्दै

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा आफ्नै हिरासत कक्ष छ। यसको क्षमता १८ जनाको हो। तर घुस लिने कर्मचारीका कारण त्यो ‘हाउसफुल’ छ। यहाँ ३३ जना हिसारतमा छन्। विगतको तुलनामा यो संख्या बढी हो। पछिल्लो समय ‘स्ट्रिङ अपरेसन’लाई तीव्रता दिएका कारण हिरासत भरिएको अख्तियारको भनाइ छ।

 

‘हिरासतको क्षमता १७–१८ हो। क्षमताभन्दा बढी भएर प्रहरी परिसर र प्रभागतिर पठाउनुपर्ने अवस्था छ’, अख्तियारका प्रवक्ता रामेश्वर दंगालले भने, ‘मालपोत, यातायात व्यवस्था कार्यालय र भूमिसुधारका कर्मचारी धेरै छन् ।’ प्रहरी हिरासतको तुलनामा अख्तियार हिरासतमा बस्नेलाई खानेबस्ने सुविधा राम्रो छ। परिवार पनि भेट्न पाइन्छ। त्यसैले पक्राउ परेका व्यक्ति बाहिर बस्न चाहन्नन्।

 

पछिल्लो समय मासिक ७ देखि १० वटासम्म घुसका मुद्दा विशेष अदालतमा दर्ता हुने गरेको अख्तियारको तथ्यांक छ। छिटो गर्न मुद्दा दर्ता भएकै दिन बयान र थुनछेकको काम सुरु गरिएको विशेष अदालतका रजिस्ट्रार भीमकुमार श्रेष्ठले बताए।

 

अख्तियार प्रमुखमा नवीनकुमार घिमिरे आएपछि विशेषगरी घुसको ‘स्टिङ अपरेसन’ले तीव्रता पाएको छ। घुस र भ्रष्टाचारको शैलीमा परिवर्तन आएकाले कारबाहीमा चुनौती थपिएको घिमिरेको भनाइ छ।

 

एक लाख घुस लिएको आरोपमा प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराका स्वास्थ्य निर्देशक (सहसचिवसरह) डा.तारानाथ पौडेल अख्तियार हिरासतमा छन्। स्वास्थ्य सेवाअन्तर्गत असिस्टेन्ट हेल्थ वर्कर परीक्षामा पास गराइदिने प्रलोभनमा पारी परीक्षार्थीसँग घुस रकम बुझेको आरोपमा मंसिर १७ गते समातिएका थिए ।

 

यता फेरी सात हजार रुपैयाँ घुस लिँदै गर्दा कम्पनी रजिष्ट्रारको कार्यालयका कम्प्युटर अप्रेटर पूर्णचन्द्र आत्रेय र विचौलिया सरिता कार्की शुक्रबारै रंगेहात समातेर अख्तियारको थुनामा छन्। शेयरधनीको शेयर लगत अभिलेख तथा कम्पनी अद्यावधिक गर्ने प्रयोजनका लागि घुस रकम बुझिसकेको अवस्थामा आत्रेय र कार्की समातिएका हुन् ।

 

घुस आरोपमै मंसिर ४ गते समातिएका जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीका उपन्यायाधिवक्ता कोषहरि निरौलाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुरूप चारदेखि ६ महिनासम्म कैद र ८० हजार रुपैयाँ जरिवानाको मागसहित शुक्रबार अदालतमा मुद्दा चलाइएको छ।

 

मुद्दा चलेसँगै उनी स्वतः निलम्बनमा परेका छन्। बूढानीलकण्ठस्थित ४० आना जग्गाको किर्ते जग्गाधनी खडा गरी फर्जी बैंक भौचर बनाएर ६ करोड बैंक ऋण लिएको आरोपमा एकान्तकुनाका कर्मचारी सनिश सापकोटासहित चार जना पनि २० दिनदेखि अख्तियारकै हिरासतमा छन् ।

 

व्यापारीसँग एक लाख रुपैयाँ घुस लिँदै गर्दा मंसिर ३० गते जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी हवल्दार सुदामा हजारा समातिए। नेपालबाट उत्पादित पानमसलाजन्य पदार्थ विभिन्न ठाउँमा पठाउन सहज गराइदिने बहानामा हजाराले एक लाख घुस लिएको अख्तियारको अभियोग छ।

 

२५ दिन अख्तियार हिरासतमा राखेर हजारालाई कारबाहीका लागि मंगलबार विशेष अदालतमा मुद्दा चलाइएको छ। बाराको कलैया उपमहानगरपालिका–१ स्थित देवकीलाल धर्मशालामा घुस लिँदै गर्दा उनलाई अख्तियार टोलीले पक्रिएको थियो ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...