अमेरिकामा अघिल्लो वर्ष ४० हजारको बन्दुकबाट मृत्यु, हत्या हुनेमा अश्वेत पुरुषको संख्या धेरै



हाम्रो इकोनोमि

 

सीएनएन– अमेरिकामा बन्दुकका कारण हुने मृत्युको संख्याले रेकर्ड कायम गरेको छ ।  अघिल्लो वर्ष संयुक्तराज्य अमेरिकामा लगभग ४० हजार  मानिसहरु बन्दुकले मरे । ‘सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन’को तथ्याँकबाट गरिएको विश्लेषणबाट निस्किएको यो नयाँ तथ्याँकले बन्दुकले हुने मृत्यु दशकौं यताकै सबैभन्दा धेरै भएको देखाएको छ ।

 

यस्तै खालको विश्लेषण पहिलोपटक एक गैर–नाफामुलक बन्दुकसँग सम्बन्धित नीति वकालत गर्ने समूह ‘एडुकेसनल फण्ड टु स्टप गन भ्वाइलेन्स’ले सञ्चालन गरेको थियो ।  सीएनएनले त्यो विश्लेषणलाई अनुसरण गर्दा सन् २०१७ मा ३९,७७३ मानिस बन्दुकबाट मारिएको पाएको छ । यो संख्या सन् १९९९ को भन्दा १० हजार बढी हो । त्यो वर्ष २८, ८७४ मानिस बन्दुकबाट मारिएका थिए ।

 

बन्दुकबाट हुने मृत्यु दरलाई वर्षहरुको समेत समायोजन गर्दा सन् १९९९ मा प्रति १ लाखमा १०.३ मृत्यु हने गरेको थियो, जुन सन् २०१७ मा बढेर प्रतिलाख १२ पुगेको छ ।  सेन्टर फर डिजिज कन्ट्रोलका तथ्याँकशास्त्रीहरुले सन् २०१७ मा अमेरिकामा बन्दुकबाट भएको मृत्यु सन् १९७९ यताकै उच्च भएको बताएका छन् । त्यो वर्ष पहिलोपटक बन्दुकबाट हुने मृत्युलाई कुल मृत्यु दरमा सुचिकृत गरिएको थियो ।

 

सीएनएनले गरेको विश्लेषणमा सन् २०१७ मा अमेरिकामा बन्दुकले मारिएकामध्ये २३, ८५४ मानिसहरु आत्महत्या गरेर मारिएको पाइएको छ । यो संख्या पनि १८ वर्षयताकै उच्च हो । सन् १९९९ मा बन्दुकबाट आत्महत्या गर्नेहरुको संख्या १६,५९९ थियो । त्यो संख्यामा ७ हजार बृद्धि भएको देखिन्छ ।

 

सन् १९९९ को तुलनामा बन्दुकबाट हुने आत्महत्याको दर वर्षहरुको समायोजन गर्दा ६.० बाट बढेर ६.९ पुगेको छ ।  तथ्याँकमा बन्दुकबाट हुने मृत्युमा बन्दुक प्रयोग गरेर हुने हत्या र आत्महत्याको साथ साथै असावधानीका कारण बन्दुक पड्केर हुने मृत्यु, युद्धमा हुने मृत्यु वा प्रहरीको कारबाहीको क्रममा हुने मृत्यु पनि समावेश छ । त्यस्तै केही बन्दुकबाट भएका मृत्युको भने कारण पत्ता लागेका छैनन् ।

 

जब यी तथ्यांकलाई नश्ल र लिंगको आधारमा मूल्याँकन गरियो, अघिल्लो वर्ष बन्दुकबाट मारिएका कुल ३९,७७३ मध्ये २३,९२७ मर्नेहरु गोरा पुरुषहरु रहेको देखिएको छ । यसमा आत्महत्याबाट मर्नेको संख्या समेत समावेश छ ।

 

सन् २०१७ मा बन्दुकबाट आत्महत्या गर्नेमा सबैभन्दा बढी गोरा नश्लका पुरुषहरु थिए । यो समुहमा आत्महत्या दर प्रति दशहजार १४ थियो । त्यस्तै अन्य समूहमा बन्दुकको प्रयोग गरेर भएका आत्महत्याको तथ्याँक यसप्रकार रहेको छ (तलका प्रत्यक तथ्याँकहरु प्रति दशहजारमा रहेको छ ) :

 

–गोरा महिलाहरुमा २.२
–अश्वेत पुरुषहरुमा ६.१
–अश्वेत महिलाहरुमा ०.७
–एसियाली पुरुषहरुमा ३.०
–एसियाली महिलाहरुमा ०.५
–अमेरिकी आदिवासी पुरुषहरुमा ९.३
–अमेरिकी आदिवासी महिलाहरुमा १.४

 

अघिल्लो वर्ष बन्दुकबाट हुने हत्या सबैभन्दा बढी अश्वेत पुरुषहरुमाझ देखिएको थियो । त्यो समुहमा प्रति दश हजार ३३ बन्दुकबाट हत्या गरिएका थिए । अन्य समुहको तथ्याँक निम्न बमोजिम छ ।

 

–गोरा पुरुषहरुमा ३.५
–गोरा महिलाहरुमा १.१
–अश्वेत महिलाहरुमा ३.५
–एसियाली पुरुषहरुमा १.४
–एसियाली महिलाहरुमा ०.५
–अमेरिकी आदिवासी पुरुषहरुमा ४.८
–अमेरिकी आदीवासी महिलाहरुमा १.२

 

त्यस्तै, सन् २०१७ मा प्रहरीको कारबाही अथवा युद्धमा बन्दुकका कारण हुने मृत्यु सबैभन्दा बढी अमेरिकी आदीवासीहरुमा देखियो । यो समुहमा प्रति दश हजार १.१ को मृत्यु यसरी भएको थियो, बाँकी समुहको तथ्याँक यस प्रकार रहेको छ ।

 

–गोरा पुरुषहरुमा ०.३
–गोरा महिलाहरुमा ०.०
–अश्वेत पुरुषहरुमा ०.५
–अन्य समुहको दरहरु अविश्वसनीय या त अप्रयाप्त रहेको ।

 

‘सन् २०१७ मा बन्दुक हिंसामा प्रतिदिन १०९ मानिसहरु मारिए । अमेरिकामा बन्दुक हिंसा जनस्वास्थ माहामारीको रुपमा लिएको छ । यसलाई एक जनस्वास्थ समाधानकै आवश्यकता छ ।

 

यसैले हामीहरुले तत्कालै तथ्याँकमा आधारित हस्तक्षेपका लागि कानुन बनाएर त्यसलाई कार्यन्वयनमा लानुपर्छ । यसमा खरिद गर्दा परमिट चाहिने र विषम खतरा कानुनहरु जस्ता कदमहरु चाल्न सकिन्छ,’ एजुकेशनल फण्ड टु स्टप गन भाएलेन्समा जनस्वास्थ अनुसन्धानकी निर्देशक रहेकी एडेलीन अल्लीचीनले एक लिखित व्यक्तव्यमा भनेकी छिन् ।

 

‘धेरै पहिलेदेखि बन्दुकसम्बन्धी हिंसा हामीहरुको दैनिक जीवनको हिस्सा बनेर रहेको छ । प्रत्येक तहका हाम्रा निर्वाचित नेताहरुले बन्दुक हिंसालाई कम गर्न कदम चाल्नको लागि ढिला भइरहेको छ ।’

 

उता अमेरिकी जनताले बन्दुक राख्न पाउनुपर्छ भनेर वकालत गर्ने र बन्दुकको स्वामित्व नियन्त्रणका लागि हुने हरेक प्रयासलाई रोक्ने शक्तिशाली लबी संस्था एनआरएले बुधबार कानुन ल्याउने कुराको विरोध गर्दै ट्वीट गरेको छ ।

 

ट्वीटमा उसले भनेको छ ,‘बन्दुक नियन्त्रण सम्बन्धी कानुन यसको समाधान होइन । यदि हामी यो भयंकर हिँसा रोक्न चाहन्छौं भने हाम्रा नेताहरुले पहिले त एनआरएका मान्छेहरुलाई राक्षस जसरी प्रस्तुत गर्न रोक्नुपर्छ र जीवन बचाउने समाधान खोज्नुपर्छ ।’एजेन्सी

प्रतिक्रिया दिनुहोस
६३ उद्योगमा बिजुली र पानीको लाइन काटियो

    औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले एकैदिन ६३ उद्योगको पानी र बिजुलीको लाइन...

८० औँ जन्मोत्सव मनाउँदै पूर्वराजा ज्ञानेन्द्र शाह

    पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८० औं जन्मोत्सव आउँदो असार २३ गते...

युद्धपछि इरान झन् शक्तिशाली

    अमेरिका-इरान सम्झौताको चर्चा चलिरहँदा अमेरिकी गुप्तचर एजेन्सीहरूले नयाँ चेतावनी दिएका छन्...

खुकुरी देखाई युवतीलाई कुटपिट गर्ने रमेश ठाडा पक्राउ

    सामाजिक सञ्जालमा खुकुरी देखाई धम्काएर कुटपिट गरेको भिडियो पोस्ट गर्ने व्यक्ति...