पतिपत्नी बीच जति धेरै झगडा, उति धेरै माया ! धेरै झगडा गर्ने जोडीको सम्वन्ध दिगो हुन्छ



 

श्रीमान र श्रीमतीबीच ठाकठुक पर्नु र नोकझोक हुनु दाम्पत्य सम्वन्धकै एउटा हिस्सा हो । तर, यस्तो प्रकारको झगडा प्राय अल्पकालिन नै हुन्छन् ।

‘लोग्ने स्वास्नीको झगडा परालको आगो’ भन्ने त भनाई नै छ ।

हालै गरिएको एक सर्भेक्षणले विवाहित जोडीहरुबीच झगडाले सम्वन्धलाई अझै कसिलो र मायालु बनाउने देखाएको छ ।

उक्त सर्भेक्षणमा सहभागी ४४ प्रतिशत विवाहित जोडिहरुले सातामा एक-पटकभन्दा बढी झगडा गर्ने गरेका थिए ।

यस्तो झगडाले सम्वन्धले कुनै दिर्घकालिन असर परेको देखिएन ।कहिलेकाँही झगडा गर्ने जोडीहरु स-साना भ्रमका बाबजुद पनि लामो समयसम्म सँगै बस्छन् ।

किनभने उनीहरुलाई आफ्नो माया चोखो र पवित्र छ भन्ने थाहा हुन्छ ।आफ्नो सम्बन्धलाई दिगो र रमाइलो बनाउने हो भने मनमा तुष पालेर बस्नु हुँदैन । मनको कुरा आफ्नो जोडीसँग पोखिहाल्नुपर्छ । यदि तपाईं आफ्नो पार्टनरसँग खुल्ला दिमागले राम्रोसँग बोल्न सक्नुभयो भने सम्बन्धमा प्रगाढता आँउछ ।कहिलेकाहीँ हुने स-साना झगडापछि तपाईंलाई आफ्नो गल्तीको महसुस हुन्छ र यसले तपाईं आफ्नो प्रेमलाई अर्को तहमा पुर्याउन चाहनुहुन्छ भन्ने देखाउँछ ।

पार्टनरको कुनै बानी तपाईंलाई नराम्रो लाग्छ भने आँखा चिम्लि दिन सजिलो हुन्छ । तर पनि यदि तपाईं त्यो बानी सुधारियोस भन्ने चाहनुहुन्छ र राम्रो नतिजा ल्याउनको लागि पिडा र झगडा बेहोर्न तयार हुनुहुन्छ भने यो तपाईंको साँचो मायाको संकेत हो ।

अर्को शब्दमा भन्नुपर्दा कहिलेकाँही एकआपसमा झगडा गर्नु भनेको तपाईंहरु अझै एकअर्काप्रति धेरै प्रतिबद्ध हुनुहुन्छ भन्ने हो ।एकपटक सोच्नुहोस् त, तपाईं आफ्नो आमाबुबा र दाजुभाई दिदीबहिनीसँग कति झगडा गर्नुहुन्छ ? पार्टनरसँगको सम्बन्धमा पनि यस्तै हुन्छ । यदि तपाईंहरु धेरै झगडा गर्नुहुन्छ भने यसको अर्थ तपाईंहरु एकअर्कालाई धेरै माया गर्नुहुन्छ ।

तपाईंले चुप बसेर आफ्नो जोडीको विश्वास जित्न सक्नुहुन्न । यसको लागि तपाईंले खुल्ला दिमागले कुरा गर्नुपर्छ । आफ्नो कार्यहरुको जिम्मेवारी बहन गर्नुपर्छ र एकअर्काको कुरा राम्रोसँग सुन्नुपर्छ ।झगडा वा वादविवाद गर्नु पनि सञ्चारको प्रमुख र सबैभन्दा प्रभावकारी रुप हो ।

यसले आत्मियता, विश्वास र लगावको भावना बढाउन मद्धत गर्छ र पार्टनरलाई तपाईंसँग अझै राम्रो तरिकाले कुरा गर्न सिकाउँछ ।मनोवैज्ञानिकहरुले स्वस्थ र सुखी सम्बन्धका ७ मुख्य तत्वहरुमा झगडालाई पनि एक मानेका छन् । यदि जोडीले कहिल्यै पनि झगडा गरेनन् भने त्यसले उनीहरु दुईजना बीचमा केही राम्रो नभएको संकेत गर्छ ।

झगडाले जोडीलाई उनीहरुको मान्यता र भावनालाई फेरि सोचेर पार्टनरको मागलाई फेरि सम्बोधन गर्न वा वार्ता गर्न सहयोग गर्छ ।तर, विचार गर्नुपर्ने कुरा तपाईंको बहस अस्वस्थ र हिंस्र क हुनुहुँदैन । त्यसैले आफ्नो कुराहरु नाम नबोलाई वा ठुलो स्वर नबनाइकन राख्ने गर्नुहोस् ।

जब तपाईं आफ्नो पार्टनरसँग झगडा गर्नुहुन्छ, यसमा जीत-हार कुरा ठूलो होइन । सबैभन्दा मुख्य कुरा तपाईंहरुले एक अर्कालाई राम्रोसँग बुझ्न पाउनुहुन्छ ।बेलाबखत हुने साना झगडाले दुवैलाई एकअर्काको प्रकृति र स्वभाव बुझ्न सहयोग गर्छ । यसले आफ्नो पार्ट नरसँग कसरी व्यवहार गर्ने भन्ने सिकाउँछ ।झगडाले सबै चुनौतीहरुलाई सँगै मिलेर सामना गर्न सिकाउँछ ।

अझै महत्वपूर्ण त तपाईंलाई पार्टनरसँग सम्झौता गर्न र दुईजना बीचमा बलियो सम्बन्ध स्थापना गर्न सघाउँछ ।सुखी दाम्पत्य जीवनको लागि सम्बन्ध दिगो र स्वस्थ हुनुपर्छ । सम्बन्धमा रहन सजिलो कुरा होइन र यदि तपाईं आफ्नो पार्टनरलाई माया गर्नुहुन्छ भने आफ्नो सीमाहरु तय गर्नुपर्छ ।

कहिलेकाहीँ आफूले अपेक्षा गरेजस्तो व्यवहार आफ्नो पार्टनरबाट नपाउँदा क्रोध उत्पन्न हुन सक्छ । र, क्रोधलाई तपाईंले मनभित्रै दबाएर राख्नुभयो भने तपाईंको रीस झनै बढ्दै जान्छ जसले एक अस्वस्थ सम्बन्धतर्फ डोर्याउँछ ।त्यसैले यस्ता समस्यासँग लड्ने सबै भन्दा राम्रो उपाय बहस गर्नु हो ।

नकारात्मक भावनाहरुलाई हटाउन र दुवैजनाको भावना र आवश्यकताहरु समान छन् भन्ने बोध गराउन कहिलेकाहीँ विवादले पनि काम गर्छ ।केही अध्ययनहरुका अनुसार सबैभन्दा ठूलो गल्ती पार्टनरहरुले एक-अर्कालाई बेवास्ता गर्नु हो । कहिलेकाहीँ हामीले कुनै कुरा गलत भएको महसुस गर्छौं, तर पार्टनर रिसाउने डरले केही पनि भन्दैनौं ।

तर, यसरी नै कुराकानीमा कमी हुनु नै ब्रेकअप हुने सबैभन्दा ठूलो कारण बन्न सक्छ ।संवेदनशील कुरामा एक-अर्कासँग बहस गर्नाले सम्बन्धलाई राम्रो गर्छ । झगडाले नै तपाईंलाई आफ्नो समस्याहरुमा केन्दि्रत हुन दिन्छ र समस्या हुन अगाडि नै त्यसलाई समा धान गर्न सघाउँछ ।

त्यसैले जुन जोडीहरु प्राय झगडा गर्छन् उनीहरु लामो समयसम्म सँगै रहन्छन् ।केही जोडीहरुले गम्भिर बहस गर्न मनपराउँछन् किनभने त्यसले उनीहरुको हार्मोनको स्तर बढाउँछ ।त्यसैगरी ती मानिसहरुलाई थाहा हुन्छ कि झगडा उनीहरुको उत्साहको संकेत हो ।

यसले एक-अर्काको विचारलाई स्थान दिन र सम्मान गर्न सिकाउँछ । उनीहरुको फरकपनाले सम्बन्धलाई झनै रोमाञ्चक बनाउँछ ।यदि तपाईंहरु धेरै वर्षदेखि सँगै रहनुभएको छ भने पक्कै पनि पार्टनरका केही कुराहरु मन नपर्न सक्छन् र त्यो गलत पनि होइन। र चनात्मक द्वन्द्वले तपाईंको सम्बन्धलाई झनै प्रगाढ बनाउँछ ।

पार्टनरले तपाईंले भनेको सबै कुरा मान्ने र उनले भनेको पनि सबै तपाईंले मान्ने हो भने जीवन कति दिक्कलाग्दो हुन्छ होला, एकपटक सोचेर हेर्नुहोस् त ।त्यसैले पार्टनरसँग अर्कोपटक झगडा भयो भने धेरै नआत्तिनुहोस् । बरु आफ्नो असमतिलाई प्रष्टसँग व्यक्त गरेर झगडालाई भविष्यको सम्बन्ध राम्रो बनाउने प्रयास गर्नुहोस् ।

यो पनि पढ्नुस

एजेन्सी । अब हामीले केही नयाँ काम सुरु गछौँ, तब कयौँ समस्या आउने गर्दछन्। कुनै व्यक्तिले ती समस्याबाट हैरानी भएर कामलाई अधुरै छोडिदिन्छन् भने कुनै व्यक्ति ती समस्यासँग जुधेर लगातार काममा लागिरहन्छन्। तर कुनै बेला यस्तो समय आउछ समस्या घटनुको साटो अझ बढ्दै जान्छ।

यो समस्या हाम्रो समयको साथसाथै हाबी हुँदै जान्छ। र हामी कमजोर बन्दै जान्छौँ। समस्याले हाम्रीलाई तनावमा पार्नुका साथै तर्क शक्तिमा समेत कमजोर बनाउदै लैजान्छ।

एक अनुसन्धानका अनुसार समस्याले हाम्रो प्रवृति अनुसार आफ्नो रंग देखाउने गर्दछ। यदी हामी सकारात्मक छौ भने त्यो सडकको स्पीड ब्रेकर जस्तै हो। अर्थात केही समयमा हाम्रो गति थोरै कम हुन्छ र फेरि दौडिन थाल्दछ।

महान साहित्यकार जार्ज बर्नार्डले भने अवरोधले हाम्रो सफलतालाई अझ मजबुत बनाउन सहयोग गर्दछ। हामीले जति बाधा, अबरोध पार गर्दै जान्छौँ त्यती बलियो हुँदै जान्छौँ।

यी कुराले हामीलाई सफलतामा अवरोध ल्याउछ :

बहाना बनाउनु

यदी हामीले आफ्नो गल्ती स्वीकार गर्न तयार नभएर विभिन्न किसिमका बाहाना बनाउन थाल्यौँ भने हामीले सफलता भन्दा असफलता प्राप्त गछौँ।

समस्यासँग भाग्नु

कयौँ समय हामी समस्या समाधान गर्नु भन्दा समस्यासँग डराएर भाग्यौँ भने हामी कहिलै सफल हुन सक्दैनौँ।

केही गर्न अघि नसर्नु

धेरै मान्छे केही काम गर्नु अघि डराउने गर्दछन्। यदी हामी जुन काम गर्दा पनि मनमा डर पालेर बस्नेहो भने कहीलै सफता पाउन सक्दैनौँ। असफलताबाट पाठ नसिक्नुम बिचमै छोडिदिन्छौँ भने जीवनमा कहीलै सफलता प्राप्त गर्न सक्दैनौँ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं