फकाएर भारत लैजाँदै गरिएकी किशोरीको सीमाबाट उद्धार, युवक पक्राउ



हाम्रो इकोनोमि

 

नेपाली किशोरीलाई भारत लैजाँदै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । भारतको जोगवनी नजिकै विराटनगर महानगरपालिका–१५ बाट प्रहरीले बिहीबार साँझ एक जनालाई पक्राउ गरेको हो ।

 

‘साना हातहरु’ नामको संस्थाको सहायतामा सीमा प्रहरी चौकी विराटनगरले महोत्तरीको बर्दिवास नगरपालिका–६ का १९ वर्षीय ओमप्रसाद सुवेदीलाई पक्राउ गरेको हो ।

 

साँझ ७ बजे ताप्लेजुङको तेल्लोक घर भएकी १९ वर्षीया किशोरीलाई ललाईफकाई भारततर्फ लैजाँदै गरेको अवस्थामा सुवेदीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक ईन्द्रबहादुर रानाले बताए ।

 

युवतीलाई भने उद्धार गरेर साना हातहरु नामको संस्थाले आफ्नै संरक्षणमा राखेको छ । उनका आफन्त बोलाइ जिम्मा लगाउने भन्दै संस्थाले आफ्नै कार्यालयमा राखेको हो ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...