संसारकै धनी व्यक्तिको कम्पनीले सोनाक्षी सिन्हालाई ठग्यो ! यसरी खाइदियो १८ हजार



हाम्रो इकोनोमि

 

बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई आनलाइन शपिङ कम्पनीले ठगेको घटना सार्वजनिक भएको छ ।

अनलाइन शपिङ कम्पनी अमेजनले सोनाक्षीलाई ठगेको उनी आफैंले बताएकी हुन् ।

सोनाक्षीले केही दिनअघि अनलाइन शपिङ कम्पनी अमेजनमा १८ हजार भारतीय रुपैयाँ मूल्य पर्ने हेडफोन अर्डर गरेकी थिइन् ।

तर, जब उनीकहाँ सामान डेलिभरी भयो प्याकेटभित्रबाट फलामको टुक्रा निस्कियो ।

सोनाक्षीले आफूकहाँ डेलिभरी गरिएको पार्सलको तस्वीर आफ्नो अफिसियल ट्वीटरमा सार्वजनिक गरेकी छिन् ।

सोनाक्षीले ट्वीटमा लेखेकी छिन् ‘अमेजन, मैले तपाइँकहाँबाट आफ्नो लागि हेडफोन मगाएकी थिएँ ।

तर, यो हेर्नुहोस् मैले के पाएँ ।

पूर्ण रुपमा प्याक गरिएको र खोलिएको पनि छैन ।

हेर्दा पूरै परफेक्ट छ, तर बाहिरबाट मात्र ।

अनि तपाइँको ग्राहक सेवा केन्द्रले मद्दत पनि गर्न चाहँदैन जसका कारण स्थिति अझै खराब भएको छ ।

सोनाक्षीले ट्वीटमा ग्राहक सेवा केन्द्रले सहयोग गर्न पनि नचाहेको लेखेपछि अमेजनले तत्काल यसको जवाफ दिएको छ ।

‘ओहो, यो अमान्य हो ।

तपाइँको भर्खरैको शपिङ अनुभव र हाम्रो सहयोगी टिमसँग सम्पर्क गर्दाको अनुभवको लागि हामी माफी चाहन्छौं ।

कृपया आफ्नो जानकारी यहाँ शेयर गर्नुहोस् हामी तपाइँसँग सिधा सम्पर्क गर्नेछौं ।’

स्मरणीय छ अमेजन संसारका सबैभन्दा धनी व्यक्ति जेफ बेजोसको कम्पनी हो । बेजोस अहिले १३०.५ बिलियन डलर सम्पत्तिसहित संसारका सबैभन्दा धनी व्यक्तिको सूचीमा शीर्ष स्थानका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...