दुई मोटरसाइकल जुध्दा एक जनाको मृत्यु, दुई घाइते



हाम्रो इकोनोमि

 

झापामा बिहीबार सबारी दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा तेहथुम जिल्ला जलजले गाँउपालिका वडा नम्बर १ का ३६ बर्षिय पूर्णराज लिम्बु रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

 

प्रहरी निरीक्षक खगेन्द्र एक्तेनका अनुसार केर्खास्थित शहिद गेट सडकखण्डमा विहिबार साँझ ६ बजेतिर पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ९ प ५८६९ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आईरहेको को १२ प ७५२२ नम्बरको मोटरसाईकल एकआपसमा जुधेको थियो ।

 

मृतक लिम्बु को ९ प५८६९ नम्बरमा सवार थिए भने घाईते अर्का मोटरसाईकलमा सवार सुनसरी जिल्ला इटहरी उपमहानगरपालिका १ का २८ बर्षिय विमल श्रेष्ठ र सुनसरीकै गढीगाँउपालिका ५ का २२ बर्षिय समुज श्रेष्ठको दमकस्थित लाइफलाइन अस्पतालमा उपचार भईरहेको प्रहरी निरीक्षक एक्तेनले बताए । प्रहरीले दुर्घटनामा संलग्न दुवै मोटरसाईकललाई नियन्त्रणमा लिएको छ ।

 

प्रहरीका अनुसार एक साताको अवधिमा दमक आसपासमा भएका चार वटा अलग दुर्घटनामा परेर बाबुछोरासहित पाँच जनाको मृत्यु भएको छ ।

 

जिप दुर्घटनामा सुत्केरीसहित पाँचको मृत्यु, तीन दिनको शिशु सकुशल

जिप दुर्घटनामा सुत्केरीसहित पाँचको मृत्यु भएको छ । तीन दिनको शिशु सकुशल छन ।

मृत्यु हुनेमा चालक वर्ष २० का विरेन्द्र राना, वर्ष ४४ की यानीसरा गाहा, वर्ष २३ की कुनीसरा रुचाल, ७१ वर्षका रेवत बहादुर जिसी र ४१ वर्षकी भुमीकुमारी दर्मामी रहेका छन् ।

 

मृतक सबै माथागढी ८ बहादुरपुरका हुन् । सुत्केरी दर्मामीको तानसेनस्थित लुम्विनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हो । तीन दिनको बच्चा भने सकुशल नै रहेको अस्पतालले जनाएको छ ।

 

रातिको समयमा साँघुरो र अप्ठेरो बाटोमा खरायोलाई पिछा गर्नेक्रममा भित्तामा ठोकिएर दुर्घटना भएको घाइतेलाई उधृत गर्दै स्थानीय एवम वडा अध्यक्ष निरबहादुर सारुले जानकारी दिए ।

 

जिप करिब ३ सय मिटर तल खोचमा खसेको छ । तानसेनबाट जल्पा हुँदै माथागढीको बहादुरपुर जाँदै गरेको लु १ ज २६५३ नम्बरको जीप राति ८ बजेतिर दुर्घटनामा परेको थियो ।

 

घाइते ३ जनाको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ । घाईते हुनेहरुमा माथागढी ८ का सान्त बहादुर रुचाल,सुरेन्द्र मश्राङ्गी र  देव सिंह राना रहेका छन्।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...