ठेलामा मःमः बेच्ने गायकले फिल्ममा गीत गाए , बानेश्वर चोकमा मःमः बेचेरै रातारात हिट(भिडियो)



हाम्रो इकोनोमि

 

ठेलामा मःमः बेच्ने गायक भनेर चिनिएका गायक कपिल पौडेल भाग्यमानी साबित भएका छन् ।

बानेश्वर चोकमा मःमः पसल गरी नेपालमै केहि गर्न सकिन्छ भनेर उदाहरणिय बनिरहेका कपिल पछिल्लो समय युटुबमा भाईरल छन् ।

चर्चित भिजे शिशिर भण्डारीको युटुब च्यानलबाट उदाएका कपिल सांझ मःमः बेच्नछन् भने दिउंसो संगीत कक्षा लिन्छन् ।

यसैबिच केहि समयअघि चर्चित कलाकार जय किशन बस्नेत कपिलको ठेलामा मःमः खान गएका थिए र उनले कपिलको काम र आवाजलाई मन पराउंदै आफ्नो आगामी चलचित्रमा गीत गाउने अवसर दिन्छु भनी वाचा गरेका थिए ।

यसैबिच कपिलले आफ्नो पहिलो चलचित्र गीत रेकर्ड गराएका छन् ।

गीत रेकर्ड गराउंदै गर्दा निकै खुशी देखिएका कपिलले जय किशनलाई मुरी मुरी धन्यवाद दिए ।

कपिलले गाउने गीत जय किशनको आगामी चलचित्र हिरो नं १ मा समावेश हुनेछ ।

जहां तारबिर पाण्डेको संगीत, मधु न्यौपानेको शव्द र संगीता तिमल्सिनाको महिला आवाज रहनेछ ।

चलचित्रको गीतमा जय किन नै नाच्नेछन् भने नायिका छनौट हुन बांकी छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...