ठेलामा मःमः बेच्ने गायकले फिल्ममा गीत गाए , बानेश्वर चोकमा मःमः बेचेरै रातारात हिट(भिडियो)



हाम्रो इकोनोमि

 

ठेलामा मःमः बेच्ने गायक भनेर चिनिएका गायक कपिल पौडेल भाग्यमानी साबित भएका छन् ।

बानेश्वर चोकमा मःमः पसल गरी नेपालमै केहि गर्न सकिन्छ भनेर उदाहरणिय बनिरहेका कपिल पछिल्लो समय युटुबमा भाईरल छन् ।

चर्चित भिजे शिशिर भण्डारीको युटुब च्यानलबाट उदाएका कपिल सांझ मःमः बेच्नछन् भने दिउंसो संगीत कक्षा लिन्छन् ।

यसैबिच केहि समयअघि चर्चित कलाकार जय किशन बस्नेत कपिलको ठेलामा मःमः खान गएका थिए र उनले कपिलको काम र आवाजलाई मन पराउंदै आफ्नो आगामी चलचित्रमा गीत गाउने अवसर दिन्छु भनी वाचा गरेका थिए ।

यसैबिच कपिलले आफ्नो पहिलो चलचित्र गीत रेकर्ड गराएका छन् ।

गीत रेकर्ड गराउंदै गर्दा निकै खुशी देखिएका कपिलले जय किशनलाई मुरी मुरी धन्यवाद दिए ।

कपिलले गाउने गीत जय किशनको आगामी चलचित्र हिरो नं १ मा समावेश हुनेछ ।

जहां तारबिर पाण्डेको संगीत, मधु न्यौपानेको शव्द र संगीता तिमल्सिनाको महिला आवाज रहनेछ ।

चलचित्रको गीतमा जय किन नै नाच्नेछन् भने नायिका छनौट हुन बांकी छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...