‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम लागू



हाम्रो इकोनोमि

 

पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकाले सुत्केरी आमालाई लक्षित गरी ‘सुत्केरी आमा पोषिलो खाना’ कार्यक्रम लागू गरेको छ ।

विपन्न समुदायलाई लक्षित गरी यो कार्यक्रम अघि बढाइएको हो ।

गैँडाकोट नगर कार्यपालिकाले ‘सुत्केरी आमा पोसिलो खाना’ कार्यक्रमअन्तर्गत सुत्केरी आमालाई रु तीन हजार दिने निर्णय गरेको नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कँडेलले जानकारी दिनुभयो ।

नगरपालिकाले आफ्नो नगरक्षेत्रभित्र सत्केरी हुने आमालाई लक्षित गरी नीति तथा कार्यक्रममा लागू गरेको नगरपालिकाले जनाएको छ ।

यसका लागि सुत्केरी महिलाले पितौँजीघाट स्वास्थ्यचौकी र सहज सामुदायिक अस्पतालमा सुत्केरी गराएको हुनु पर्नेछ ।

गैँडाकोट नगरपालिकाभित्रका दुई स्वास्थ्य संस्थामा चार पटक गर्भ परीक्षण र सुत्केरी भइसकेपछि तीन पटक स्वास्थ्य परीक्षण गराएका सुत्केरी आमाले सो सेवा प्राप्त गर्ने उपप्रमुख कँडेलको भनाइ छ ।

कँडेलका अनुसार यो सुविधाका लागि गैँडाकोट नगरभित्र बसोबास गरेका आमाले मात्र यो सुविधा प्राप्त गर्न सक्ने छन् ।

सो कार्यक्रम लागूपश्चात् गँैडाकोट नगरपालिकाले महिलाको पोषण अवस्थाको सुधार आउने विश्वास लिएको छ ।

कार्यक्रमबाट विपन्न समुदायका आमा लाभान्वित हुने गैँडाकोट नगर स्वास्थ्य शाखा संयोजक इन्द्रकराज शर्माले बताउनुभयो ।

शर्माका अनुसार यस कार्यक्रमले आमाको पोषिलो खाना उपलब्ध हुने जसका कारण बच्चाको पनि पोषणमा सहयोग पुग्ने बताउनुभयो ।

यसका साथै गैँडाकोट नगरपालिकाले तोकेको दुई संस्थाले आवश्यक उपचारका लागि अन्य अस्पतालमा रिफर गरेका आमाले पनि यो सुविधा प्राप्त गर्न सक्ने उपप्रमुख कँडेलको भनाइ छ ।

गैँडाकोट नगरपालिकाभित्र चालू आव ०७५÷०७६ को कात्तिक मसान्तसम्म पितौजी घाट स्वास्थ्यचौकीमा ७० र सहज सामुदायिक अस्पतालमा तीन जना सुरक्षित सुत्केरी भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...