श्रृंखलाले भनिन्, ‘ताज नजिते पनि सबैको माया जितेँ
चीनको सान्यामा आयोजिम मिस वर्ल्ड प्रतियोगितामा भाग लिएर मिस नेपाल श्रृंखला खतिवडा स्वदेश फर्केकी छिन् । उनले ताज जित्न नसके पनि सबैको माया जितेर आएको बताइन् ।
त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै श्रृंखलाले भनिन्, ‘मेरो प्रमुख उद्देश्य नेपाललाई चिनाउनु थियो, त्यसमा केही हदसम्म सफल भएँ जस्तो लाग्छ ।’
आफूलाई ब्यूटी विथ द प्रपोज अवार्डप्रति सुरुदेखि झुकाव भएको भन्दै उनले यो अवार्ड जित्दा मिस वल्र्ड नै जितेको जस्तो अनुभूति भएको श्रृंखलाले बताइन् । यस्तै सम्पूर्ण नेपालीहरुको सहयोग र मायाले मल्टिमिडिया अवार्ड जितेको भन्दै उनले आभार व्यक्त गरिन् ।
‘सम्पूर्ण नेपालीहरुको यति धेरै माया र साथ पाएँ कि त्यसको अनुभूति शब्दमा वर्णन गर्न सक्दिनँ । मैले आशै नगरेको माया पाएँ । मेरो पक्षमा आएको भोटको लहरले अरु साथीहरु अचम्भित हून्थे । म एकदमै ऋणी छु,,’ श्रृंखलाले भावुक बन्दै भनिन् ।
टप १२ मा पुग्दा कस्तो महसुस भयो भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भनिन्, ‘म टप १२ मा पुग्छु भनेर त कन्पिmडेन्स नै थिएँ । त्यसैले अचम्म लागेन । सहजरुपमा लिएँ ।’
त्यसो त उनले टप ५ मा पुग्ने पनि आशा राखेकी थिइन् । तर, सफल भइनन् । यसमा उनी भन्छिन्, ‘हो, मैले दुई वटा महत्वपूर्ण अवार्ड जितिसकेको अवस्थामा टप ५ मा पुग्नुपर्ने थियो । के कारणले हो पुग्न सकिनँ ।’ उनले निर्णायकहरुको मतमाथि प्रश्न नउठाउने बताइन् ।
यसपाली मिस वल्र्डको फम्र्याट परिवर्तनको कारणले पनि आफूलाई असर परेको उनले बताइन् । यसपाली पाँच महादेशबाट प्रतिनिधित्व हुने गरी टप ५ को घोषणा गरिएको थियो ।
‘एसियाबाट प्रतिस्पर्धा कडा थियो, त्यसैले मलाई असर पर्यो,’ उनले भनिन् ।
आफू टप १२ बाट आउट भएपछि अन्य प्रतियोगीहरुसमेत स्तब्ध बनेको श्रृंखलाले बताइन् ।
‘मलाई धेरै जना प्रतिस्पर्धीले आएर भन्नुभयो कि तिमी नै मिस वल्र्डको हकदार थियौ, दुई-तीन जना रुनु पनि भयो । जे होस मैले आफ्नो तर्फबाट सत्प्रतिशत प्रयास गरेकी हुँ । तर, रिजल्ट मेरो हातमा थिएन ।’
श्रृंखलाले नेपालीहरुले अपेक्षा गरे बमोजिम नतिजा ल्याउन नसकेकोमा आफू दुखित बनेको बताएकी छन् ।
उनले अगाडि थपिन्, ‘नेपालको बारेमा अरु देशका प्रतियोगीहरुलाई कम ज्ञान थियो । मैले माउन्ट एभरेस्टको कुरा गर्दा उहााहरु सोध्नु हुन्थ्यो- तिमीले माउन्ट एभरेस्ट चढिसक्यो ? अनि नेपालबाट हरेक प्रतिस्पर्धीहरुलाई लभ नेपाल भन्दै म्यासेज जाादो रहेछ ।
मलाई सोध्नुहुन्थ्यो, के नेपालमा अरबौं जनसंख्या छ ? के नेपाल इन्डियाभन्दा ठूलो छ ? नत्र कसरी यत्रो भोट पायौ ? मैले पाएको समर्थन उहााहरुका लागि पनि आश्चर्यजनक थियो ।
‘मेरो परिचयात्मक भिडियो हेरेपछि नेपालबारे धेरैले थाहा पाउनुभयो । ब्यूटी विथ प्रपोजको भिडियो हेरेपछि सो प्रोजेक्टमा धेरैले सहकार्य गर्ने इच्छा व्यक्त गर्नुभएको छ । नेपाल आउने इच्छा पनि धेरैको छ ।’