यसरी कब्जा गरे यीनले बिराटनगर जुट मिल



हाम्रो इकोनोमि

 

प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी र पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले प्रजातन्त्रका लागि आन्दोलन सुरु गरेको बिराटनगर जुटमिल कानुनी राज्यको खिल्ली उडाउँदै एक बिचौलियाले कब्जा गर्दा पनि राज्य मुकदर्शक छ ।

 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव दिनेश थपलियाको बीचौलियाका रुपमा चिनिएका र उनीसँग मिलेर स्थानीय निकायहरूमा सफ्टवेयर जडान गर्ने भनेर करोडौं करोड घोटाला गरेका वसन्त वनले आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गर्दै जुट मिल कब्जा गरेका छन् ।

 

जुटमिलमा उनले लिएको भनिएको सरकारका नामको सेयर नै गैरकानुनी भइसकेको अवस्थामा उनी अध्यक्ष भन्दै केही गुण्डा राखेर जुट मिल संचालन गरिरहेको भ्रम दिन थालेका छन् । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय पनि वनले दिएको भ्रमजालमा परेको छ ।

 

बिराटनगर जुटमिल विवाद कसरी सुरु भयो ?

महेश बस्नेत उद्योग मन्त्री हुँदा जुटमिलमा निलहरि काफ्लेलाई अध्यक्ष बनाएका थिए । यसबीचमा मन्त्रालयहरूमा ठेक्कापट्टामा बिचौलियाको काम संखुवसभाका वसन्त वन जुटमिलमा काफ्लेसँग जोडिन पुगे । उनीहरूले जुटमिलको जग्गा र मेसिन समेत गरी करिब ६ अर्ब सम्पत्ति खाने जुक्ति निकाले । जुटमिलको संचालक समितिमा प्रतिनिधित्व गर्ने उद्योग मन्त्रालय लगायतका सरकारी निकायका बोर्ड सदस्यको असहमतिका बाबजुद सरकारका नाममा रहेको ४६ प्रतिशत सेयर बिक्री गरी ३३ प्रतिशतमा झार्ने निर्णय गरे ।

 

सरकारको नामको सेयर बिक्री गर्न कानुन अनुसार पूरा गर्नुपर्ने कुनै पनि नियम पूरा नगरी वसन्त वन र काफ्लेले संघीय मामिला मन्त्रालयका सचिव दिनेश थपलिया, तत्कालीन सहसचिव उद्धव तिमल्सिना(हाल अवकाश)लाई समेत उक्त सेयर बिक्री गरे । यसका अतिरिक्त वन र काफ्लेले पनि सरकारका नामको सेयर किने ।

 

सभामुख कृष्णबहादुर महराका छोरा निर्मल महरा एटम, राहुल महरा र कानुन ब्यवसायी लीलामणि पौडेलकी श्रीमती सुशीला अधिकारी पौडेलसमेतलाई सरकारको नामको जुटमिलको सेयर बिक्री गर्ने निर्णय गुपचुपमा गरे । कम्पनी रजिष्टारमा १६ बर्षदेखि नभएको लेखापरीक्षणदेखिका प्रक्रिया रातारात टुंग्याएर सरकारका नामको जुटमिलको सेयर बिक्री गरियो, ८० बर्षअघिको मूल्य प्रतिकित्ता १ सय ६० रुपैयाँमा ।

 

सरकारी सेयर बिक्री गर्नै नमिल्ने भए पनि नेपाल सरकारका सचिवदेखि सहसचिव र तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराका छोरासम्मलाई राखेर डेढ बर्षअघि २०७४ असार २४ मा सिद्धार्थ फुडल्याण्ड बानेश्वरमा संचालक समितिको कथित बैठक बसी उक्त सेयर बिक्री गरिएको थियो । उद्योग विभाग र अर्थमन्त्रालयबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्यले असहमति राख्दाराख्दै उक्त सेयर बिक्री गरिएको थियो ।

 

विस.१९९३ मा बिराटनगर जुटमिलको सेयर मूल्य १६० कायम गरिएको थियो । गतबर्ष ८० बर्षपछि बिक्री गर्दा पनि त्यही मूल्य कायम गरियो । यसरी सरकारी स्वामित्वको सेयर बिक्री गर्दा न्यूनतम विधि र प्रक्रिया समेत उल्लंघन गर्दै ब्यक्तिगत सम्पत्ति जस्तोगरी गरिएको थियो । ५३ प्रतिशत सर्वसाधारण र ४६ प्रतिशत भन्दा बढी सरकारको सेयर रहेको जुटमिलको सेयर बिक्री गर्दा सरकारबाट अनुमति नै नलिई गरिएको थियो ।

 

अबैधानिक अध्यक्षको कब्जामा जुटमिल,
बैधानिक अध्यक्षलाई प्रवेश निषेध

२०७४ असारमा निलहरि काफ्ले र वसन्त वनले मिलेर सरकारी सेयर गैरकानुनी रुपमा बिक्री गरेका थिए । सुरुमा काफ्ले अध्यक्ष भए । पछि वन अध्यक्ष र काफ्ले प्रबन्ध संचालक भए । तर पछिल्लो समयमा उनीहरूबीच नै मारामार सुरु भएको छ ।

 

जुटमिलमा ४६ प्रतिशत सरकारको सेयर छ । सरकारका तर्फबाट उद्योग मन्त्रालयका उपसचिव भीम भट्टराई जुटमिलको बोर्ड सदस्य थिए । अर्थमन्त्रालयको तर्फबाट कर कार्यालय बिराटनगरका उपसचिव दिलीपकुमार गौतम थिए । उद्योग मन्त्रालयले किशोर शाहीलाई सदस्यमा मनोनीत गरेको थियो । सर्वसाधारण सेयरहोल्डरको तर्फबाट फूलकुमार लालबानी, वसन्त वन, मुकुन्द नेपाल र निलहरि काफ्ले बोर्डमा थिए । तीन जना सरकारतर्फबाट बोर्ड सदस्य छँदैथिए ।

 

२०७५ बैशाखमा उद्योग मन्त्री मातृका यादवलाई वसन्त वनको डिजाइनमा फस्ल्याङफुस्लुङ पारी दरबन्दी नै नभएको ठाउँमा थप २ बोर्ड सदस्य नियुक्ति गरियो ।  वसन्त वनले आफू निकट इन्दिरा पराजुलीलाई र मन्त्रीको निकट भनेर देवचन्द्र चौधरीलाई राखे । मन्त्री मातृका यादवको मानिस भनिए पनि उनलाई वसन्त वनले नै सेटिङ गरी नियुक्ति दिलाएको खुलासा भइसकेको छ ।

 

ती दुई सदस्यको नियुक्ति गैरकानुनी हो बोर्डबाट खारेज हुनुपर्छ भनेर उजुरी प¥यो । बोर्ड सदस्यको नियुक्ति गैरकानुनी भएको विवाद भइरहेको बेलामा २५ हजार कित्ता एक पटक, २०६१ कित्ता अर्को पटक गरी २७ हजार कित्ता सेयर थप गरियो । सचिवले नै गैरकानुनी रुपमा सरकारका नाममा रहेको सेयर किनेकोबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नै चासो देखाएपछि दिनेश थपलिया लगायतले सेयर फिर्ता लिएको भनियो । अख्तियारले सरकारको सेयर बेच्न पाइँदैन ।

 

सचिवलगायतका नाममा कानुन विपरीत बिक्री गरिएको सेयर खारेज गरी पुनः सरकारकै नाममा कायम गर्न निर्देशन दियो । एकलटको २५ हजार कित्ता खारेज भयो । अख्तियारको निर्देशन अनुसार वसन्त वन लगायतले किनेको भनिएको २०६१ कित्ता सेयर खारेज गरेनन् ।

 

त्यही गैरकानूनीरुपमा किनेको सेयरका आधारमा उनी अध्यक्षका रुपमा तुजुक देखाइरहेका छन् । जुटमिल संचालक समितिले वन लगायतले किनेको २०६१ कित्ता सेयर पनि खारेज गर्ने भनेको छ । तर वनले अटेर गर्दै आएका छन् । बोर्डको निर्णय नै अवज्ञा गरी उनी जुटमिल संचालन गरेको भ्रम दिएर सबैलाई बेबकुफ बनाइरहेका छ्न् ।

 

अख्तियारको निर्देशन अनुसार कानुन विपरीत  बिक्री गरिएको सरकारका नामको सेयर खारेज गर्ने पक्षमा उभिएपछि अवैधानिक अध्यक्ष वनले प्रबन्ध संचालकबाट काफ्लेलाई निकाले । निलहरि काफ्ले, फुलकुमार लालबानी, मुकुन्द नेपालहरू ४ जनाको बैधानिक बोर्ड बैठक बसी वनलाई अध्यक्षबाट निकाले । बहुमतबाट वनलाई अध्यक्षबाट निकालिसकेपछि बोर्ड बैठक बसेर सदस्य मुकुन्द नेपालले २०७५ असार २५ मा अवैधानिक २ सदस्यको नियुक्ति बदरका लागि उच्च अदालत पाटनमा मुद्दा दायर गरे । अदालतले नियुक्ति  गैरकाुननी ठहर गर्दै बदर गर्न निर्देशन दिइसकेको छ । र, ती बोर्ड सदस्य सामेल बैठकले गरेका निर्णय पनि सबै बदर गर्न आदेश दियो ।

 

जुटमिलका अफिसियल म्यानेजर राजेन्द्र कार्की जो पूर्व पूर्व बोर्ड सदस्य पनि हुन् । उनले २०७५ भदौमा वसन्त वन अवैधानिक अध्यक्ष हुन् भन्दै उनले गरेका कामकारबाही रोक्न बिराटनगर उच्च अदालतमा मुद्दा हालेका थिए । अदालतले वनको विपक्षमा फैसला ग¥यो । अदालतले उनी अध्यक्ष हुन नसक्ने फैसला गरिसकेको छ ।

 

बैधानिक र कानुनसम्मत जुटमिलका बोर्ड सदस्य फुलकुमार लालबानी, मुकुन्द नेपाल र निलहरि काफ्ले हुन् भन्ने अदालतको ठहर छ । अदालतको फैसलापछि कानुनसम्मत रुपमा बोर्ड सदस्यहरूले मुकुन्द नेपाललाई अध्यक्ष चयन गरे । कानूनीरुपमा बिराटनगर जुटमिलका अध्यक्ष मुकुन्द नेपाल हुन् । तर अवैधानिक अध्यक्ष वसन्त वनले जुटमिल कब्जा गरेर बसेका छन् । उनले अदालतको आदेश समेत लत्याएर गुण्डागर्दी गरेर कब्जा गरिरहेको आरोप छ ।

 

तिनै अवैधानिक अध्यक्ष वनले जुटमिलमा ३५ जना मजदुर भर्ना गरिसकेका छन् । र, मिल संचालन गरेको भ्रम छरिरहेका छन् । दिनमा १ टन जति जुट उत्पादन गरेको देखाएर उनले भ्रम छरिरहेको समाचार छ । जबकि बिराटनगर जुटमिलको ५० टन जति जुट उत्पादन गर्ने क्षमता छ । सचिव दिनेश थपलियाको संरक्षणमा अवैधानिक अध्यक्ष वनले अदालतको आदेश समेत अवज्ञा गरी मिल कब्जा गर्दा पनि उद्योग मन्त्रालय रमिते छ ।

 

सचिव थपलियालगायतका नाममा बिक्री गरेको  २५ हजार कित्ता सेयर खारेज गरी सरकारकै नाममा कायम गर्ने निर्णय गरिएको भनिए पनि कम्पनी रजिष्टार कार्यालयको अभिलखेलमा बढाउने घटाउने काम नभएको समाचार छ । थपलियाहरूको नामको सेयर कानुनी रुपमा अझै खारेज भएको छैन ।

 

त्यो सेयर देखावटी रुपमा खारेज गर्ने तर कम्पनी रजिष्टार कार्यालयमा अभिलेख नगर्ने गरी वनले नै तारतम्य मिलाएको दाबी स्रोतको छ । अवैधानिक अध्यक्ष वन र उनको झुन्डले कब्जा गरेको जुटमिलमा मन्त्री मातृकादेखि सरकारी उच्च अधिकारीको ओइरो लाग्ने गरेको छ । अध्यक्ष मन्त्रालयले बनाउने होइन, बोर्डले बनाउने हो । बोर्डले बनाएका अध्यक्ष मुकुन्द नेपाल हुन् । साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...