आज विहिवार भगवानलाई भेटी स्वरुप एक शेयर गदै राशिफल पढ्नुहोस



 

वि.सं. २०७५ साल मंसिर २७ गते। बिहीबार। इश्वी सन् २०१८ डिसेम्बर १३ तारिख। शकसंवत् १९४०। विरोधकृत् संवत्सर। दक्षिणायन। हेमन्त ऋतु। नेपाल संवत् ११३९ थिंलाथ्व।

 

राशिफलको सुरुमा वैवाहिक जीवनलाई सफल बनाउने तरीका सफल वैवाहिक जीवनका लागि सबैभन्दा पहिलो र महत्वपूर्ण पक्ष भनेको एक–अर्कालाई बढीभन्दा बढी समय दिनु र धेरै समय साथमा बिताउनु हो । शारीरिक अन्तरंगता, करियरमा सफलतालगायत विषय मात्रै सफल वैवाहिक जीवनको कारक हैन ।

 

पति–पत्नीबीच आपसमा एक दोस्रोका लागि सौहार्दपूर्ण भावना राख्नु, एक दोस्रोको भावनालाई सम्झिनु र आपसी समझदारीबाट समस्याको हल गर्नु हो । कैयौं पटक कुनै एक विषयमा पति र पत्नीबीच फरक धारणा र सोच हुँदा पनि सम्बन्धमा तनाव उत्पन्न हुने अवस्था आउँछ । यस्तो अवस्था आउन नदिन एकअर्काको सोच, बिचार र सिद्धान्तको सम्मान गर्ने गर्नुपर्छ ।

 

वैवाहिक जीवनलाई सफल बनाउन एक अर्काको काम र पेषालाई सम्मान गर्नु पनि महत्वपूर्ण हुनछ । जिम्मेवारी निभाउँदा मात्रै पनि वैवाहिक जीवन सफल हुँदैन । कहिलेकाँही दुवैजना मिलेर रमाइलो गर्ने, घुम्न जाने, सरप्राइज पार्टी दिने पनि गर्नुहोस् । यसले तपाईको साथीलाई खुसी मिल्ने छ । वैवाहिक जीवनलाई सफल बनाउने अर्को महत्वपूर्ण पक्ष यो पनि हो कि तपाईं आफ्नो जीवन साथीलाई कुनै तेस्रो व्यक्तिका अगाडि अपमान नगर्नुहोस् ।

 

कैयौं पटक पति या पत्नीले आवश्यकताभन्दा बढी समय घरभन्दा बाहिर रहँदा अथवा समयमै घर नआउँदा पनि सम्बन्धमा दरार आउन सक्छ । यस्तो अवस्थामा आफू बाहिर रहनु तथा समयमै घर आउन नसक्नुको कारणबारे आफ्नो साथीलाई सत्य बताएर विश्वास दिलाउनु जरुरी हुन्छ ।

 

सम्बन्धलाई बचाएर राख्नका लागि यो पनि जरुरी हुन्छ कि वर्षमा ४–५ दिनका लागि भएपनि बाहिर घुम्नु जानुहोस् । वैवाहिक जीवन सफल हुनुको श्रेय साहार्दपूर्ण र साथित्वको व्यवहारलाई पनि जान्छ । तपाई परम्परागत पति अथवा पत्नी मात्रै नबन्नुहोस् ।

 

एक असल साथी बन्नुहोस् । शारीरिक सम्बन्धले वैवाहिक सम्बन्धमा घनिष्ठता ल्याउँछ । तर यो जरुरी हुँदैन कि तपाईं हरेक समय शारीरिक सम्बन्धकै बारेमा सोच्ने गर्नुहोस् । वैवाहिक जीवनलाई सफल बनाउन पति पत्नीले एक अर्काको आवश्यकतालाई बुझेर उसलाई पूरा गर्ने कोशिष गर्नुपर्छ । वैवाहिक जीवन समधुर रहन्छ ।

 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आयस्रोत राम्रो देखिए पनि तत्कालै खर्चनुपर्ने अवस्थासमेत आउन सक्छ। केही रकम सरसापटमा बाहिरिन सक्छ। कृषि, पशुपालन तथा व्यापारमा सामान्य लाभ हुनेछ। श्रमको उचित मूल्यांकन हुनेछ। मिहिनेत गर्दा दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। आम्दानी उठाउन दौडधुप गर्नु परे पनि पछि फाइदा हुने काम प्रारम्भ हुन सक्छ।

 

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ। मिहिनेतले जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले कीर्तिमानी दिलाउन सक्छ। विशिष्ट व्यक्तिको सहयोग जुट्नेछ। महत्त्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ, कर्तव्यपरायण रहनुहोला।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
अवसरसँगै चुनौतीसमेत देखा पर्नेछन्। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा उठाउनेहरू प्रशस्तै फेला पर्नेछन्। होसियारीसाथ काममा जुट्नुहोला। शुभचिन्तकहरूले भने राम्रै सहयोग जुटाउनेछन्। सामाजिक कामको जिम्मेवारी बढ्नेछ। फाइदाका स्रोत पहिचान गर्न सकिनेछ। अध्यात्मभाव जागृत हुनुका साथै धर्मकर्म र परोपकारी काममा प्रवृत्त भइनेछ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
परिबन्धले अप्ठ्यारो स्थिति निम्त्याउन सक्छ। सम्भावना देखिए पनि सोचेको उपलब्धि प्राप्त नहुन सक्छ। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। सामान्य कामका लागि दौडधुप गर्नुपर्नेछ। व्यस्तता बढ्नेछ भने शरीरमा कमजोरी अनुभूति हुनेछ। गोपनीयता बाहिरिनाले काम दोहोर्याउनुपर्ला। स्वास्थ्यका लागि आहारविहारमा सजग रहनुहोला।

 

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
काममा साथीभाइको सहयोग जुट्नेछ। सोखले मालमत्ता जुटाउन प्रेरित गर्नेछ। धन तथा ज्ञानको भण्डार बढ्नेछ भने जीवनशैली आनन्दमय रहनेछ। अतिथिको रूपमा सत्कार पाइएला। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। व्यवसायले रमाइलो यात्रा गराउन सक्छ। प्रियभेट हुनुका साथै विशेष उपहार प्राप्त होला। प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ।

 

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
भौतिक साधन जुट्नाले दिगो काम प्रारम्भ हुनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। नयाँ योजनातर्फ अग्रसर भइनेछ। अरूको विश्वास जित्न केही समय लागे पनि दिगो फाइदा हुने काम हातलागी हुनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ।

 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
अवसर र व्यवधानका बीचबाट कर्मफल हातपार्न सफल भइनेछ। धैर्य एवं लगनशीलताले मात्र उपलब्धि प्राप्त हुनेछ। कामको मेसो नमिल्दा बुद्धिको उपयोग गर्नुहोला। अरूको विश्वास जित्न केही समय लाग्नेछ। तापनि प्रयत्न गर्दा दिगो फाइदा हुने काम हातलागी हुनेछ। श्रम परे पनि अरूको उपकार गर्न सकिनेछ। मिहिनेतले ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ।

 

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। हल्लाको भरमा अरूको विश्वास गर्दा धोका पाइनेछ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त बन्नुपर्ला। बिनाकारण आफन्त, साथीभाइ टाढिन सक्छन्। साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला। हड्बडीले समस्या निम्त्याउन सक्छ।

 

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
सहयोगीहरूले साथ दिनाले चिताएका काम सम्पादन हुनेछन्। प्रतिस्पर्धीहरू पछि पर्नेछन् । मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै मनग्गे धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ।

 

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द )
नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। रचनात्मक काम बन्नुका साथै मनग्गे धन आर्जन हुनेछ। पहिलेको सफलताले थप हौसला जगाउनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने मौका छ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
करकापमा परी काममा जुट्नुपर्ने वा विशेष निर्णय लिनुपर्ने परिस्थिति आउन सक्छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। छर(छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुपर्ला। आकस्मिक खर्च बढ्नुका साथै अर्थ अभाव देखापर्न सक्छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ला। प्रयत्न गर्दा विदेशयात्रा गर्ने प्रक्रिया भने अघि बढ्न सक्छ।

प्रतिक्रिया दिनुहोस
विपिन भाई शकुशल हुनुहुन्छ, फर्केर आउनुहुन्छ : परराष्ट्र मन्त्री राणा

     परराष्ट्र मन्त्री आरजु राणा देउवाले इजरायलमा हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी

दल फुटाउने काममा लागेको छैन : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झूठो

वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक

    वाणिज्य बैंकहरुले माघ महिनाका लागि  नयाँ ब्याजदर सार्वजनिक गरेका छन् ।

रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाइयो

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई प्रहरीको जिम्मा लगाउने