१४ लाख सकियो, लास पाइएन, उपचारमै सर्वस्व गुम्यो, अस्पतालमै शव बन्धक !



हाम्रो इकोनोमि

 

मोरङको कटहरी गाउँपालिका-३ की अनिता मिश्रले बिराटनगरस्थित नोबेल मेडिकल कलेज धाउन थालेको पाँच महिना पुग्न लाग्यो । ३२ वर्षीय श्रीमान दीपक मिश्र दुर्घटना परेपछि साउन २ गतेदेखि उपचारका लागि अस्पताल धाएकी अनिता दुई दिनयता शवका लागि अस्पताल धाइरहेकी छन् ।

 

अस्पतालले भने बिल नतिरेको भन्दै श्रीमानको शव अन्तिम संस्कारका लागि लैजान दिएको छैन । पाँच महिना अस्पतालमा राखेर उपचार गर्दा उनको १४ लाख भन्दा बढी अस्पतालले उपचार खर्च लिइसकेको छ ।

 

साउन २ गते विराटनगर महानगरनगरपालिका ४ स्थित कञ्चनवारीमा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका मिश्रको नोबेल अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो ।

 

बिराटनगर ४ का हरि दहालले कुदाएको मोटरसाइकलले ठक्कर दिएको थियो । सामान्य परिवारका दाहालले ३ लाख रुपैयाँ उपचारका लागि दिएका थिए । बाँकी खर्च भने अनिताले आफैं जुटाएकी हुन् ।

 

दुर्घटनामा टाउकोमा चोट लागेपछि ५ महिनायता उनीहरु नोबेल थिए । उपचार गरेवापत अब नोबेललाई ३ लाख ५० हजार रुपैयाँ तिर्न बाँकी रहेको अनिताले बताइन् । यसअघि औषधि र उपचार खर्चवापत उनले १४ लाख भन्दा बढी बुझाइसकेकी छन् ।

 

उपचारकै क्रममा मंगलबार मिश्रको मृत्यु भएपछि अस्पतालले साढे तीन लाख रुपैयाँ तिर्न बाँकी रहेको भन्दै शव रोकेर राखेको छ ।

 

श्रीमानको उपचारमा आफ्नो सम्पत्ति सकिएपछि थप ३ लाख रुपैयाँ दिन सक्ने अवस्थामा छैनन् अनिता । खर्च जुटाउन नसकेपछि अन्तिम संस्कारका लागि श्रीमानको शव झिकाइदिन हारगुहार गरिरहेकी छिन् ।

 

उपचारमै सर्वस्व गयो, लासमाथि पनि ऋणकै बोझ

विराटनगर-१० तीन टोलियामा डेरा गरेर बस्दै आएकी अनिता सानो ब्युटीपार्लर सञ्चालन गर्थिन् । उनका श्रीमान सिटी रिक्सा कुदाउँथे ।

 

दीपक घाइते भएपछि दुई सन्तानलाई बोडिङ स्कुल पढाउँदै आएकी अनिताको पार्लर बन्द भएको छ । भएको सबै सम्पत्ति उपचारमै सक्किएपछि कक्षा २ र एलकेजीमा पढ्दै आएका प्रिन्स र प्रियान्सुको पढाइ पनि रोकिएको छ ।

शुल्क तिर्न नसकेपछि लर्डबुद्ध स्कुलबाट दुईवटै छोरालाई निकालेको छिमेकी शुभम् पण्डिले जानकारी दिए ।

 

पाँच महिनादेखि कोठा भाडा तिर्न नसकेकी अनितालाई घरबेटीले पनि कोठा छाड्न बारम्बार दबाव दिइरहेका छन् । ‘मसंग पैसा नै छैन, ऋण गरेर उपचार गरिरहेकी थिएँ,’ अनिता भन्छिन्, ‘गर्दै आएको व्यापार पनि बन्द भयो ।’

 

अस्पताल भन्छ- दुर्घटना केस हो, छाड्न सकिँदैन

नोबेल मेडिकल कलेजका व्यवस्थापक नारायण दाहाल दुर्घटनाको केस भएकाले छुट दिन सक्ने अवस्था नरहेको बताउँछन् । अस्पतालमा ३ लाख ५० हजार तिर्न बाँकी रहेको बताउँदै उनले १ लाख रुपैयाँसम्म छुट गर्न सकिने जानकारी दिए ।

 

करिब १४ लाख रकम अस्पताललाई बुझाए पनि मृतकका आफन्तले औषधिको रकम तिर्न बाँकी रहेको दाहालले बताए ।

प्रतिक्रिया दिनुहोस
होर्मुज स्ट्रेट पूर्णरुपमा बन्द गर्ने इरानको चेतावनी

    इरानको इस्लामिक रिभोल्युसनरी गार्ड कोर (आईआरजीसी) ले अमेरिकाबाट इरानका ऊर्जा स्थलहरूमा...

कांग्रेस केन्द्रीय समितिको बैठक बोलाउने देउवा समूहको निर्णय

    नेपाली कांग्रेस शेरबहादुर देउवा समूहको कार्यसम्पादन समिति बैठक बसेको छ ।...

नबिल बैंकद्वारा मानवसेवा आश्रमलाई सेवा वाहन सहयोग

     नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई  सेवा वाहन (अटो) हस्तान्तरण...

इजरायलमाथि इरानको हालसम्मकै भीषण हमला

     इरानले इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला गरेको छ । आज बिहानैदेखि...