एसियाकै धनाढ्य अम्बानीको छोरीको बिवाह १५ अर्ब खर्च



 

एजेन्सी – एसियाकै धनाढ्य अर्बपति मुकेश र निता अम्बानीकी छोरी इशा र पिरामल ग्रुपका मालिक अलय पिरामकलका छोरा आनन्दको डिसेम्बर १२ मा बिहे हुँदैछ ।

 

भारतको मुम्बईमा बुधबार दुई धनाढ्य परिवारबीच वैवाहिक सम्बन्ध गासिँदैछ । अमेरिकी नेता हिलारी क्लिन्टनदेखि गायिका बियोन्सेसम्म सहभागी भएका यो बिहे भारतमा मात्र होइन अमेरिका, युरोप लगायतका देशमा पनि चर्चा भइरहेको छ ।

 

धनाढ्य मुकेशले छोरीको बिहेमा तीन लाख भारु पर्ने कार्ड बाँडेका थिए । अब हुने खर्चले इशा–आनन्दको बिहे संसारकै महँगो बिहे हुन सक्नेछ ।

 

अखबार ब्लुमवर्गलाई उद्धृत गर्दै टाइम डटकमले लेखेको छ– ‘भारतमा हुने यो बिहे विश्वकै महँगो बिहे हुने सम्भावना छ । यति धेरै खर्चिएको बिहेले क्रेजी–रिच एसियनलाई समेत मात दिने देखिएको छ ।’

 

यो भनाइलाई फिल्म क्रेजी रिच एसियनसँग दाँजिएको हो । गत अगस्टमा रिलिज भएको यो फिल्ममा एसियनहरूमा पैसा कमाएपछि कसरी देखावटी प्रवृत्ति हावी हुँदै जान्छ भन्ने देखाइएको छ । ब्लुमवर्गले अम्बानी परिवारको बिहेको तामझाम फिल्मको कथाभन्दा बढी देखिएको बताएको हो ।

 

तेल र दूरसञ्चार कारोबारीमा मुकेशले छोरीको बिहेमा दस करोड डलर खर्चिने बताइएको छ । यो भनेको झन्डै १५ अर्ब रुपैयाँ हो । यो जस्तै महँगो बिहे स‌ंसारमा ३७ वर्ष अगाडि भएको थियो । बेलायतका राजकुमार चार्ल्स र राजकुमारी डायनाको । त्यो बिहेमा भएको खर्च आजका भाउमा हिसाब गर्दा करिब ११ करोड डलर पुग्ने थियो ।

 

बिहेमा आउने पाहुनाका लागि कम्तीमा ५ वटा पाँचतारे होटल बुकिङ गरिएका छन् । उदयपुर विमानस्थलबाट बिहे स्थानसम्म जानै पाहुनाहरूले हेलिकप्टर चढ्नेछन् । कम्तीमा पनि साता दिनसम्म चल्ने यो बिहेका पाहुनाका निम्ति एक सय वटा हेलिकप्टर चार्टर गरिएको छ ।

 

बिहेको मुख्य कार्यक्रम अम्बानीकै घर एन्टिलियाु मा हुँदैछ । २७ तले यो घर विश्वकै महँगो घरमध्ये पर्छ । अम्बानीले यही वर्ष मात्रै एसियाका धनाढ्य अलिबाबाका मालिक ज्याक मालाई पछि पारेका थिए । अम्बानी परिवारमा यो पहिलो बिहे हो । मुकेश र निताका छोरी इशाका साथै दुई छोरा छन् ।

 

कुनै समयमा कुल्लीको काम गर्ने रजनीकान्त कसरी बने दक्षिण भारतीय सुपरस्टार ?

 

दक्षिण भारतीय फिल्मका सुपरस्टार रजनीकान्तको आज जन्मदिन परेको छ । रजनीकान्तको जन्म सन् १९५० डिसेम्बर १२ बैंङ्गलोरमा भएको थियो । फिल्म क्षेत्रबाट रजनीकान्तका नामले परिचित भएपनि उनको वास्तबिक नाम शिवाजी राव गायकवाड हो ।

रजीकान्तको जन्मदिनको अवसरमा आज हामी उनीसँग जोडिएका केही रोचक कुराबारे चर्चा गर्दैछौं ।रजनीकान्तको जन्म एउटा गरिब परिवारमा भएको थियो । उनका पिता रामोजी राव गायकवाड प्रहरीमा हवलदार थिए । रजनीकान्तका चारजना दाजु र दिदीमध्ये रजनीकान्त कान्छा थिए ।

 

उनकी आमाको मृत्युपछि रजनीकान्तको परिवारको हालत निकै नाजुक बन्दै गयो । त्यसपछि परिवार तथा आफ्नो दैनिक गुजाराका लागि रजनीकान्तले कुल्लीको काम सुरु गरे । त्यसपछि उनी बैंङ्गलोर बसमा कन्डक्टरको काम गर्न थाले ।

 

कामका साथसाथै अभिनयमा रुचि राख्ने रजनीकान्तले १९७३ मा मद्रास फिल्म संस्थानमा भर्ना भए र उनले अभिनयमा डिप्लोमा गरे । कुनै समय थोरै पैसाका लागि कहिले रेलवे स्टेशन त कहिले बस स्टेशनमा धक्का खाने रजनीकान्त पछि दक्षिण भारतीय फिल्ममा सबैभन्दा धेरै पारिश्रमिक लिने सुपरस्टार बने ।

 

रजनीकान्तको चेन्नईमा ठूलो बंगला छ जुन पाँचतारे होटल भन्दा कम देखिंदैन । यो घर बाहिरबाट जति सुन्दर छ इन्टेरियर डिजाइनका कारण भित्र पनि त्यतिकै सुन्दर छ । यो घर करोडौं मूल्य बराबरको छ । यसबाहेक भारतको पुनेमा पनि उनको आलीशान घर छ ।

 

रजनीकान्तले बलिउडमा फिल्म ‘मेरी अदालत, भगवान दाता, अन्धा कानून, चालबाज र दक्षिण भारतीय फिल्म ‘शिवाजी, काला, कबाली लगायत कयौं सुपरहिट फिल्ममा काम गरेका छन् । हालै उनी अभिनित फिल्म २.० ले पनि बक्सअफिसमा सफल व्यापार गरिरहेको छ । साथै उनले एउटा हलिउडकाे चलचित्रमा समेत अभिनय गरेका छन् जसकाे नाम ब्लडस्टाेन हाे ।

 

सिने जगतमा अनगिन्ती सुपरहिट फिल्म दिने रजनीकान्तलाइ सन् २००० मा पद्म भूषणद्वारा सम्मानित गरिएको थियो भने २०१४ मा ६ वटा तमिलनाडु स्टेट फिल्म अवार्डले सम्मान जसमध्ये ४ वटा पुरस्कार सर्वश्रेष्ठ अभिनेता र २ वटा स्पेशल अवार्ड्स फोर बेस्ट एक्टरका लागि थिए ।गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको “बेष्ट बैंक अवार्ड” बाट सम्मानित

  ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट

माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं