बढी पैसा मागेर ट्याक्सी मिटरमा जान मान्दैनन् ? ट्राफिक भन्छ–९८५१२९५१०० सीधा सम्पर्क गर्नुस्



हाम्रो इकोनोमि

 

तपाईं कतै जानुपर्दा ट्याक्सी खोज्दै हुनुहुन्छ ? तपाईं रोकिएको स्थानमा ट्याक्सी छ ? यदि छ भने तपाईं ट्याक्सी चढनुस्, अनि भन्नुस् आफू जान खोजेको गन्तव्य ।  ट्याक्सी चाकलले त्यसपछि मिटर चलायो भने ठिकै छ तर मिटर नचलाइ बार्गेनिङ गर्न खोजे सीधा सम्पर्क गर्न ट्राफिकले आग्रह गरेको छ ।

 

ट्राफिक प्रहरीले ९८५१२९५१०० वा १०३ नम्बरमा फोन गरेर ट्याक्सीको नम्बर टिपाउन प्रहरीले आग्रह गरेको छ ।

 

महानगरीय ट्राफिक महाशाखाको नम्बर हो यो । यो नम्बरमा टिपाएका नम्बरका ट्याक्सीहरु कारवाहीमा पर्छन् । काठमाडौंका विभिन्न स्थानमा यात्रुहरुले ट्याक्सीहरुबाट यस्तै प्रकारका समस्याको सामना गर्नुपरेको छ ।

 

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी वसन्त पन्तका अनुसार उपत्यकाको चक्रपथको २ किलोमिटरसम्म मात्रै ट्याक्सी मिटरमा जान वाध्य हुनेछन् । त्योभन्दा लामो दुरीको यात्रा गर्नुपरे आपसी सहमतिमै भाडा तय गर्नुपर्ने हुन्छ ।

 

ट्याक्सी चालकले जान नमान्ने, मिटर नचलाउने, बार्गेनिङ गर्ने क्रम बढेपछि महाशाखाले काठमाडौंमा चल्ने ट्याक्सीमाथी कारवाही अभियान सुरु गरेको छ । यसका लागि ट्राफिक प्रहरी आफैँ यात्रु बनेर ट्याक्सीको अनुमगनमा निस्किएका छन् ।

 

महाशाखाका प्रहरी निरीक्षक (इन्सपेक्टर) कृष्णराज सापकोटाको सादा पोशाकको टोली यहि मंसिर २० गतेबाट अनुमगनमा निस्किएको हो । एसएसपी पन्त भन्छन्,‘‘हाम्रै टोली ट्याक्सी चढ्छ, मिटर चलाए, वार्गेनिङ नगरे, ढोका खोलेर जाउ भन्नेबित्तिकै गए हामी प्रहरी भन्दै पहिचान दिन्छ र ओर्लिन्छ । यी सबै प्रक्रिया पूरा नगर्नेलाई ठाउँको ठाउँ कारवाही गर्छ ।’’

 

यस्तो कार्यमा संलग्नलाई ३ हजारसम्म जरिबाना गर्ने व्यवस्था छ । यातायात व्यवस्था विभागले ट्राफिक निर्देशनालय र महाशाखालाई सवारी तथा यतायात व्यवस्था ऐन २०४९ को दफा ६० अनुसार लाइसेन्स निलम्बन गर्न सकिने निर्णय गरेर पठाएपछि महाशाखाले ट्याक्सीमाथी निगरानी बढाएको हो । नियमअनुसार मिटर सुरु भएपछि सुरुमै १४ रुपैयाँ उठ्छ । त्यसपछि पहिलो किलोमिटरमा ५० रुपैया भाडादर आउँछ भने त्यसपछि प्रत्येक किलोमिटरको ३६ रुपैयाँ दररेट तोकिएको छ ।

 

महाशाखाबाट ट्याक्सीको अनुमगनमा निस्किएका इन्सपेक्टर सापकोटा भन्छन्,‘‘हामी दैनिक १ सयको हाराहारीमा ट्याक्सी चालकलाई कारवाही गरीरहेका छौं । कतिपय ठाउँमा ट्याक्सी चालहरु जानै नमान्ने,मिटरमा जाँदा बार्गेनिङ गर्ने गरेको पाइयो । हामीले यस्ता चालकहरुलाई ठगि ऐनमा समेत कारवाहि गर्ने गरेका छौं ।’’

 

त्यसो त अधिकांश ट्याक्सीले यात्रुलाई मिटरमा उठेको बिल प्रिन्ट दिनुपर्छ । प्रायःजसो ट्याक्सीले बिल दिँदैनन् । महाशाखाले मंसिर महिनामा मात्रै बुधबारसम्म १ हजार ट्याक्सी चालकलाई कारवाही गरेको छ । चालु आर्थिक वर्षमा हेर्ने हो भने हालसम्म ३ हजार ३ सय २० ट्याक्सी चालक कारवाहीमा परेका छन् ।

 

उपत्यकामा १० हजार ५ सयभन्दा बढी ट्याक्सी दर्ता छन् । तर सञ्चालनमा ९ हजार ५ सय ट्याक्सी छन् । तीमध्ये अधिकांश काठमाडौंमै चल्छन् । महाशाखाका एसएसपी पन्त यात्रु पनि सचेत हुनुपर्ने बताउँछन् । ‘‘कानुनले दिएको सुविधा प्रयोग गर्ने कुरामा हिचकिचाउनु हुँदैन,आफूलाई शंका लागेमा,ठगिएको महसुस गरेमा सीधै प्रहरीमा सम्पर्क गर्नुपर्छ ।’’

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...