जनकपुर विमानस्थलमा उत्रिए आदित्यनाथ, जानकी मन्दिरमा विशेष पूजा



हाम्रो इकोनोमि

भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल आएका छन् । राम जानकी विवाहको दिन अयोध्याबाट जन्ति लिएर नेपाल आएका उनले बुधबार विहान राम जानकी मन्दिरमा विशेष पूजा गरेका छन् । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर आएका उनको साथमा अन्य जन्ती टोलीले पनि करिव ११ बजे मन्दिरमा पूजापाठ गरेका हुन् ।

 

सिधै जनकपुर विमानस्थलमा उत्रिएका उनी पूजा समापनपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको दिवाभोजमा उपस्थित हुने कार्यतालिका रहेको छ ।

 

उनलाई स्वागत गर्नको लागि नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी पनि बुधबार जनकपुर पगेका थिए । दिवाभोज समापनपछि रंगभूमि मैदानमा आयोजना हुने सीतारामको विवाहको स्वयंवरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...