जनकपुर विमानस्थलमा उत्रिए आदित्यनाथ, जानकी मन्दिरमा विशेष पूजा



हाम्रो इकोनोमि

भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल आएका छन् । राम जानकी विवाहको दिन अयोध्याबाट जन्ति लिएर नेपाल आएका उनले बुधबार विहान राम जानकी मन्दिरमा विशेष पूजा गरेका छन् । विवाहपञ्चमी महोत्सवमा सहभागी हुन जनकपुर आएका उनको साथमा अन्य जन्ती टोलीले पनि करिव ११ बजे मन्दिरमा पूजापाठ गरेका हुन् ।

 

सिधै जनकपुर विमानस्थलमा उत्रिएका उनी पूजा समापनपछि प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले आयोजना गरेको दिवाभोजमा उपस्थित हुने कार्यतालिका रहेको छ ।

 

उनलाई स्वागत गर्नको लागि नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी पनि बुधबार जनकपुर पगेका थिए । दिवाभोज समापनपछि रंगभूमि मैदानमा आयोजना हुने सीतारामको विवाहको स्वयंवरमा सहभागी हुने जानकी मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...