प्रधानमन्त्री ओलीको नियमित स्वस्थ्य परीक्षण, चिकित्सकले दिए यस्तो सुझाव



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नियमित स्वास्थ्य परीक्षण गराउनु भएको छ । दसैलगत्तै अस्वरुथ भई एक साता लामोउपचारपछि निवास फर्कनु भएका प्रधानमन्त्री ओली आज दिउसो मनमोहन कार्डियोथोरासिस एण्ड ट्रान्सप्लान्ट भास्कुलर सेन्टर पुगी नियमित स्वास्थ्य परीक्षण गराउनु भएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहनु भएका ओलीको स्वास्थ्य परीक्षण डा अरुण सायमी नेतृत्वको पुरानै चिकित्सक टोलीले गरेको थियो । चिकित्सकले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था पुर्ण रुपमा ठीक रहेको भएपनि उमेरको कारण अति दौडधुप नगर्न सुझाएको छ ।

 

मनमोहन सेन्टरमा स्वास्थ्य परीक्षण गराएर निवास फर्केलगत्तै उहाँले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिरहनु भएको छ । दुई नेताबीच पार्टीको एकता र सरकारको कामबारे छलफल भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...