प्रधानमन्त्री ओलीको नियमित स्वस्थ्य परीक्षण, चिकित्सकले दिए यस्तो सुझाव



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आज नियमित स्वास्थ्य परीक्षण गराउनु भएको छ । दसैलगत्तै अस्वरुथ भई एक साता लामोउपचारपछि निवास फर्कनु भएका प्रधानमन्त्री ओली आज दिउसो मनमोहन कार्डियोथोरासिस एण्ड ट्रान्सप्लान्ट भास्कुलर सेन्टर पुगी नियमित स्वास्थ्य परीक्षण गराउनु भएको छ ।

 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहनु भएका ओलीको स्वास्थ्य परीक्षण डा अरुण सायमी नेतृत्वको पुरानै चिकित्सक टोलीले गरेको थियो । चिकित्सकले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था पुर्ण रुपमा ठीक रहेको भएपनि उमेरको कारण अति दौडधुप नगर्न सुझाएको छ ।

 

मनमोहन सेन्टरमा स्वास्थ्य परीक्षण गराएर निवास फर्केलगत्तै उहाँले नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग छलफल गरिरहनु भएको छ । दुई नेताबीच पार्टीको एकता र सरकारको कामबारे छलफल भइरहेको हो ।

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...