प्रकाण्डकाे जस्ताे उट्पट्याङ अभिव्यक्ति नदिन नेकपा प्रवक्ता श्रेष्ठलाई सूर्य थापाकाे सुझाव



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपा का केन्द्रीय सदस्य सूर्य थापाले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सार्वजनिक कार्यक्रममा दिएको अभिव्यक्तिमा गम्भीर आपत्ति प्रकट गरेका छन । सत्तारुढ दलको जिम्मेवार व्यक्तिले कानुन हातमा लिने आशयले अभिव्यक्ति दिएको भन्दै आपत्ति प्रकट गरेका हुन ।

 

नेता थापाले सामाजिक सञ्जाल मार्फत विप्लवका प्रवक्ता प्रकाण्डसम्मलाई सुहाउने खालको उटपट्याङ अभिव्यक्ति नदिन आग्रह गरेका छन । उनले भनेका छन ञप्रवक्ताको कथन १ स् नेकपा सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले कालो मोसो दल्न आव्हान गरेको कथन दुई तिहाई बहुमतको सरकार संचालन गरिरहेको सत्तारूढ पार्टीलाई शोभनीय, पार्टीको संस्थागत निर्णय र जिम्मेवार भनाई नभएर उट्पट्याङ कुराजस्तो भयो ।

यो भनाई उहाँको मौलिक नभएर चिनियाँ सांस्कृतिक क्रान्तिकालमा गरिएको वितण्डाकै प्रभाव र भावुकता मात्र हो । यसरी कालोमोसो दल्न आह्वान गर्न नेकपा विप्लव का प्रवक्ता प्रकाण्डलाई सुहाउला, जसले संविधान र कानुन नमान्ने भनिरहेको पाइन्छ । सत्तारूढ दलले त संविधान, कानुन र विद्यमान संयन्त्रमार्फत भ्रष्टाचार नियन्त्रण गर्नुपर्छ ।

 

यदि कानुन र संयन्त्र पर्याप्त नभए बनाउन सकिन्छ । संविधान नै संशोधन गर्नुपरे पनि दुई तिहाई बहुमत छँदैछ । तर कानुन हातमा लिने वा लिन उक्साउने अधिकार कसैलाई छैन । पार्टी प्रवक्ताले नीति, निर्णय र संस्थागत जिम्मेवारी पूरा गर्ने योग्यता प्रदर्शन एवं जिम्मेवारीबोध गरेको बढी मर्यादित र शोभनीय हुन्छ होला । आगे आफ्नै मर्जि

प्रतिक्रिया दिनुहोस
कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...

आन्दोलनका लागि तयार रहन प्रचण्डकाे निर्देशन

     नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले मंसिरमा महाधिवेशन हुने सम्भावना...

कांग्रेसको १५औँ महाधिवेशन आजदेखि काठमाडौंमा

    नेपाली कांग्रेसको १५औँ महाधिवेशन आज (१८ असोज)देखि काठमाडौंमा सुरु हुँदैछ ।...