६ अर्ब राजस्व छली गरेको आरोपमा ४२ फर्म र व्यक्तिहरु विरुद्ध मुद्दा, को को जाने भए जेल



हाम्रो इकोनोमि

 

राजश्व अनुसन्धान विभागले राजस्व छली र हिनामिना गरेको आरोपमा ४२ फर्म विरुद्ध मुद्दा दायर गरेको छ । विभागले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम अदालतमा मुद्दा दायर गरेको हो । अदालतमा ती फर्महरुसँग कुल  रु.५,७७,१७,०६,१३६।४० (रुपैया पाँच अर्ब  सतहत्तर करोड सत्र लाख छ हजार एक सय छत्तिस र चालिस पैसा मात्र) विगो तथा हदै सम्म (३ वर्षसम्म) को कैद सजाय माग दावी गरिएको छ ।

 

त्यसैगरी उक्त ४२ वटा फर्महरु मध्येबाट रु.३,२७,५२,४६,६८३।४० ( रुपैया तीन अर्व सत्ताइस करोड बाउन्न लाख छयालीस हजार छ सय त्रियासी र चालीस पैसा) धरौटी रकम माग समेत गरिएको छ । उक्त फर्महरु मध्येबाट भने रु.२२,५७,९८,१३९।– (वाइस करोड सन्ताउन्न लाख अन्ठानब्बे हजार एकसय उन्नचालिस रुपैया ) धरौटी वापतको रकम दाखिला गरिएको छ ।

यसरी राजश्व छली गर्नेमा मितेरी इन्टरनेशनल, सुभान इन्टरनेशनल लगायतका अन्य व्यक्तिहरु पनि रहेका छन् ।

मितेरी इन्टरनेशनललाई विगो र सजाय रु.७५,९६,३१,९०८।४०।– र जनही ३ वर्ष कैद मागदाबी गरिएको छ । रसुवा भन्सार कार्यालयबाट  २०७५।०४।१५ गते प्रज्ञापनपत्र नं. M 8374 बाट मितेरी इन्टरनेशनल (स्थायी लेखा नं.) ६०३०२५९६३० का नाममा जाँचपास भएका मालवस्तुहरु ना. ५ ख ६६५४ नम्बरको मालवाहक सवारी साधनमार्फत गन्तव्यतर्फ जाँदै गरेको अवस्थामा यस विभागले नियन्त्रणमा लिई भौतिक परिक्षणको क्रममा पैठारीकर्ताले भन्सार बिन्दु (प्रज्ञापनपत्र) मा घोषणा गरेकोमा एक किसिमको मालसामानलाई अर्कै किसिमको र एउटा देशमा उत्पादन भएको सामानलाई अर्कै देशमा उत्पादन भएको भनी जाँचपास तथा ढुवानी गरी राजस्व चुहावट गरेको छ ।

 

जाँचपास भएको मालबस्तुहरुमा मा Vest ८,८८० थान उल्लेख भएकोमा २३,६२९ सेट (भेष्ट र कट्टु समेत) परिमाण आयात गरेको, Baby Elastic Kattu १८,७९० र Elastic Kattu ५,८३५ उल्लेख भएकोमा उल्लेखित सामानहरु आयात भएको देखिंदैन ।

 

राज्यको तर्फबाट कानुन कार्यान्वयन गर्नका लागि रसुवा भन्सार कार्यालयमा खटिएका भन्सार अधिकृत पवित्रकुमार खड्का र भन्सार जाँचकी धिरजकुमार थापाले राज्य प्रतिको आफ्नो दायित्व पूरा नगरी राजस्व कम असुल गरी आयातित मालबस्तुको गलत घोषणा गरेर राज्यलाई नोक्सान र सामान धनीलाई फाइदा हुने गैरकानूनी कार्य Meeting of Mind) मा संलग्न भएको हुदाः खटिएका कर्मचारीहरुले सामान पैठारीकर्ताहरुसंग मिलेमतो गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित गरेको काम गरी सोही ऐनको दफा ४ को क, ख, ग, घ, ङ, च र छ बमोजिम कसुर गरेको ।

 

सामानहरुको मूल्य, गुणस्तर, आकार, नाप, प्रकृतिबाट र उत्पतिको आधारमा फरक देखिने स्वाभाविक आधारलाई नजरअन्दाज गरी भन्सार जाँचकी धिरजकुमार थापा र भन्सार अधिकृत पवित्रकुमार खड्काले अन्य प्रतिबादीहरु सुमन श्रेष्ठ, रन्जनकुमार त्रिपाठी, धनबहादुर तामाङ्ग र डम्बरबहादुर श्रेष्ठसंग आपसी मत सल्लाहमा प्रतिबादीहरुलाई फाइदा र राज्यलाई नोक्सान हुने गरी राजस्व चुहावटको कसुर गरेको देखिएकोले २३,७२९ सेट एडिडास प्रिन्टेड गेम सेटको (कट्टु, भेष्ट)

 

को जम्मा कायम हुने मूल्य रु. ७,५९,६३,१९०।१२ (अक्षरुपी सात करोड उनान्साठी लाख त्रिसट्ठी हजार एकसय नब्बे पैसा बाह्र) लाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २(छ१) अनुसार विगो कायम गरी प्रतिबादीहरु सुमन श्रेष्ठ, रन्जनकुमार त्रिपाठी, रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत पवित्रकुमार खड्का र जाँचकी (ना.सु.)

 

धिरजकुमार थापालाई ऐ ऐनको दफा २३(१) बमोजिम विगोको दोब्बर सजाय गरी सो कसुरमा सामान पैठारी गर्न तथा ढुवानी गर्न ट्रक उपलब्ध गराउने र ट्रक चलाउने मतियारको भूमिका निर्बाह गर्ने प्रतिबादीहरु धनबहादुर तामाङ्ग र डम्बरबहादुर श्रेष्ठलाई ऐ ऐनको दफा २३(२) बमोजिम मुख्य अभियुक्तलाई हुने सजायको आधा सजाय हुन माग दावी लिइ २०७५।०८।२४ मा जिल्ला अदालत काठमाण्डौमा मुद्धा दायर गरिएको छ।

 

उल्लेखित कसुर गर्ने कार्यमा प्रयोग भएको प्रतिवादी धनबहादुर तामाङ्गको नाममा दर्ता रहेको ना ५ ख ६६५४ नम्बरको सवारी साधन समेत ऐ। ऐनको दफा ३३ वमोजिम जफत हुन समेत माग दावी लिइ  २०७५।०८।२४ मा जिल्ला अदालत काठमाण्डौमा मुद्दा गरिएको छ । मुद्दा दायर गरिएको विवरण यस्तो छ :

 

 

त्यसैगरी सुभान इन्टरनेशनललाई विगो र सजाय रु.१८,०८,८८०।– र ३ वर्ष कैद को माग गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालयको प्रज्ञापन पत्र नं. M२०८०१ बाट सुभान इन्टरनेशनल (स्थायी लेखा नं. ६०३३२१८९३) का नाममा जाँचपास भएका मालवस्तुहरु बा १२ च ५९९८ नम्बरको मालवाहक सवारी साधन मार्फत गन्तव्यतर्फ जाँदै गरेको अवस्थामा यस विभागले नियन्त्रणमा लिई भौतिक परिक्षणको क्रममा पैठारीकर्ताले भन्सार बिन्दु (प्रज्ञापनपत्र)

 

मा घोषणा गरेको परिमाण भन्दा ९४८ पिस बढी WIND BREAKER फेला परेको सम्वन्धमा अनुसन्धान गर्दा पैठारी कर्ताले ढुवानी गरेको साधनमा वढी देखिएका मालवस्तुको भन्सार प्रज्ञापन पत्र वा मु.अ.कर ऐन अनुसार मालवस्तुको कर बिजक साथमा लिई ओसारपसार गर्नुपर्नेमा सो भएको नपाइएको हुँदा उक्त ९४८ पिस WIND BREAKER चोरी पैठारी गरी ढुवानी गरेको स्पष्ट हुन आएको कारणले राजश्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ४(क) र (ग) वमोजिम राजश्व चुहावट गरेको पुष्टि भएको हुँदा बढी फेला परेको ९४८ पिस WIND BREAKER ऐ. ऐनको दफा ३३ बमोजिम जफत हुन र विगोको दोब्वर रु.१२,०५,९२०।

 

–( जरिवाना र ३ वर्षसम्म कैद मागदावी लिइ भरत वहादुर अर्याल, सुशिला पाण्डे विरुद्ध मुद्धा दायर गरिएको छ  । उल्लेखित कसुर गर्ने कार्यमा प्रयोग भएको प्रतिवादी साबित्री श्रेष्ठको नाममा दर्ता रहेको बा. १२ च ५९९८ नम्बरको सवारी साधन समेत ऐ. ऐनको दफा ३३ वमोजिम जफत हुन माग दावी लिइ  २०७५।०७।२८ गते जिल्ला अदालत काठमाण्डौमा मुद्दा गरिएको छ  ।

 

त्यस्तै छिरीङ्ग ङटुप लामा र लोप्साङ्ग तेन्गे लामाबाट १० किलो र ७७६.१ लाल सुन बरामत भएकोले विगो र सजाय रु. ५४,२७,५७,१०५।– र ३ वर्ष कैद को मागदाबी विभागले गरेको छ ।

छिरीङ्ग ङटुप लामा र लोप्साङ्ग तेन्गे लामाको साथबाट गोरखा जिल्ला चुमनुब्री गा.पा. वडा नं. ३ फिलिम भन्ने स्थानबाट वरामदित ज्ञण् किलो ठठट.ज्ञ लाल सुन बरामद गरी विभागमा दाखिला भई अनुसन्धान गर्दा आयात प्रज्ञापन पत्र तथा भन्सार तिरेको रसिद निस्सा, प्रमाण पक्राउ प्रतिबादीहरुले दाखिला गर्न नसकेकोले प्रतिबादीहरुको साथबाट बरामद भएको रु ४,९३,४१,५५५।– बराबरको सुनको नियमानुसार लाग्ने र बुझाउनु पर्ने राजस्व चुहावट गरेको पुष्टि हुनुका साथै विदेश चाइनाबाट रु.४,९३,४१,५५५।

 

बराबरको सुन खरिद गर्न सोही रकम बराबरको विदेशी विनिमय गैरकानुनी तबरबाट अपचलन गरेको पुष्टि हुन आएकोले निज प्रतिबादीहरु जिल्ला गोरखा चुमनुब्री गा.पा. वडा नं. ७ छेकम्बार बस्ने मुटुप लामा भन्ने छिरिङ्ग ङटुप लामा र ऐ.ऐ. बस्ने लोप्साङ्ग तेन्गे लामाको उक्त कार्य राजस्व चुहावट( अनुसन्धान तथा नियन्त्रण ) ऐन २०५२ को दफा ३, ४(क), ४(ग) तथा विदेशी विनिमय (नियमित गर्ने)

 

ऐन २०१९ को दफा ३ र ९ग विपरित कसुर समेत गरेको देखिदा निज प्रतिबादीहरु जिल्ला गोरखा चुमनुब्री गा.पा. वडा नं. ७ छेकम्बार बस्ने मुटुप लामा भन्ने छिरिङ्ग ङटुप लामा र ऐ. ऐ. बस्ने लोप्साङ्ग तेन्गे लामालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३३ बमोजिम निजहरुबाट बरामदी दशी जफत हुन तथा ऐ ऐनको दफा २३ बमोजिम प्रतिबादीहरुलाई सजाय गरी र विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा १७(१) तथा १७(९) बमोजिम थप सजाय समेत गरी पाउन मिति २०७५।०७।२७ मा श्री गोरखा जिल्ला अदालत, गोरखामा मुद्दा दर्ता गरिएको छ ।

 

 

त्यस्तै विदेशी विनिमयको आरोपमा अरुण कुमार दास, रोशन कुमार महरा समेतलाई विगो र सजाय रु.२,२०,४२,६०,९२८।–( र ३ वर्ष कैद माग राखिएको छ । अरुण कुमार दास, रोशन कुमार महरा, विष्णुदेव राउत, महादेव राउत र विन्देश्वर राउतले यस विभागमा गरेका वयान प्रहरी प्रतिबेदन, बरामदी मुचुल्का, समेतको आधारमा निजरुले अबैध रुपमा विदेशबाट रकम नेपाल भित्र्याई विभिन्न ब्यक्तिहरुलाई वितरण गरी अवैध रुपमा विदेशी मुद्राको कारोवार (हुण्डी) गरेको वारदात स्थापित हुन आएको हो । उनीहरुलाई बिगो रकम र ३ बर्षको सजायको माग गर्दै विभागले मुद्दा दायर गरेको छ  ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...