अण्डा खान जान्नुभयो भने सुगर, कलेजोको रोग लाग्न नदिने मात्र हैन थप यस्ता ७ फाइदा हुनेछन्



हाम्रो इकोनोमि

 

अन्डा अर्थात कुखुरा लगायत पन्छीको फूल प्रोटिनको उच्च स्रोत हो ।

अन्डा खानमा स्वादिष्ट मात्र होइन पोषणका दृष्टिले पनि उपयोगी हुन्छ ।

विभिन्न प्रकारका रोग लागेका बेला अन्डाले बिरामीलाई फाइदा पुर्‍याउँछ ।

अन्डाका यिनै गुणहरुका कारण पोषणविदहरु अन्डा खान रुचाउँछन् ।

अन्डाको सेतो र पहेँलो दुवै भाग पोषणका दृष्टिले मह्त्वपूर्ण मानिन्छ ।

अन्डाको सेतो भागमा विभिन्न खनिज पदार्थसँगै भिटामिन बी, डी पर्याप्त मात्रामा पाइन्छ ।

अन्डाको पहेँलो भागमा चिल्लो पदार्थ मात्र नभएर लेसिथिन, कोलिन र भिटामिन ए, डी, ई, के जस्ता शरीरको वृद्धी र विकासका लागि आवश्यक तत्व पाइन्छन् ।

अन्डालाई बिहान वा दिउँसोको खाजाका रूपमा प्रयोग गर्न सकिन्छ ।

अन्डा बिरामीका लागि जति उपयोगी हुन्छ स्वस्थ मानिसका लागि पनि उत्ति नै लाभदायक हुन्छ ।

अन्डाले कस्ता(कस्ता रोगमा के फाइदा गर्छ भन्ने कुरा जान्नु आवश्यक हुन्छ ।

जसले गर्दा तपाईंलाई अन्डाका अझै धेरै गुण थाहा पाउन सहज हुनेछ ।

चिनिरोग (मधुमेह) :

अन्डामा कार्बोहाइड्रेट नहुने र सजिलै पच्ने खालको प्रोटिन प्रसस्त मात्रामा हुने भएकाले चिनीरोगीको सुगर नियन्त्रण गर्न एकदमै सहयोगी हुन्छ ।

प्रोटिनले इन्सुलिन हर्मोनलाई कम गर्न सहयोग गर्ने भएकाले दिनमा एउटा अन्डा खानु चिनिरोगीका लागि राम्रो मानिन्छ ।

धेरै मानिसलाई अन्डाको पहेँलो भाग खाने कि नखाने भन्ने कुराले अन्यौलमा पारेको हुन्छ ।

तर, साधारणतया अन्डाको पहेँलो भागले कोलेस्टेरोल नबडाउने विभिन्न अनुसन्धानले देखाएको छ ।

कलेजो रोग :

अन्डा कलेजोरोगीका लागि एकदमै प्रभावकारी मानिन्छ ।

अन्डामा हुने प्रोटिनले कलेजोको मृतकोशिकालाई पुनर्निर्माण गर्ने काम गर्छ ।

त्यसैगरी, अन्डामा पाइने कोलिन नामक यौगिकले नराम्रो चिल्लो पदार्थलाई कलेजोबाट हटाउन मद्दत गर्छ ।

शल्यक्रिया अघि र पछि :

कुनै पनि शल्यक्रिया गर्नुभन्दा अघि बिरामीको शरीरमा आवश्यक मात्रामा प्रोटिन हुन जरुरी छ ।

प्रोटिन नपुगेर कुपोषित अवस्थामा शल्यक्रिया गरेमा धेरै समस्या आउन सक्छ । शल्यक्रिया सफल भए पनि पोषण नपुगेको अवस्थामा बिरामीको ज्यानै जान सक्छ ।

त्यसैले शल्यक्रिया गरेपछि पनि प्रसस्त मात्रामा प्रोटिनयुक्त खाना खाएर स्वस्थ हुनु जरुरी छ ।

तसर्थ शल्यक्रिया गर्न लगेका र शल्यक्रिया गरिसकेका बिरामीले प्रोटिनको आवश्यकता पूरा गर्न एउटा सन्तुलित भोजनसँगै दिनमा चारदेखि पाँच अन्डा खानु उपयुक्त हुन्छ ।

अन्डा खानुका अन्य फाइदा :

गर्भवती अवस्थामा अन्डा खाँदा बच्चाको शारीरिक विकाशका साथै मानसिक विकाशमा सहयोग पुग्छ ।अन्डामा पाइने

फोलिक एसिड र कोलिनले बच्चाको मस्तिष्क विकासमा मद्दत गर्छ ।

अन्डामा पाइने लिउटिन र जियाज्यानथिन भन्ने तत्वले उमेर बढ्दै जाँदा गुम्ने आँखाको शक्तिलाई बचाउन सहायता गर्छ ।

अन्डाको उचित मात्रामा सेवान गर्नाले मोटोपनालाई कम गर्न सकिन्छ । किनकि, मोटोपना धेरै रोगको कारण हो ।

अन्डामा पाइने भिटामिन तथा खनिज तत्वहरुले हाम्रो छालालाई कसिलो तथा चम्किलो बनाउने काम गर्छ ।

अन्डाले रोग प्रतिरोधात्मक क्षमता पनि वृद्धि गर्छ ।

अन्डामा पाइने भिटामिन डी तथा फस्फोरसले हड्डी र दाँतलाई मज्बुत बनाउन मद्दत गर्छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...