९ हजार करोड ठगेर फरार भारतीय रक्सी व्यापारी विजय माल्या पक्राउ



हाम्रो इकोनोमि

 

ठूलो बैंक घोटालाको आरोप लागेका भारतीय व्यापारी विजय माल्यालाई भारत सुपुर्दगी गर्न बेलायतको एक अदालतले आदेश दिएको छ । यद्यपि यो आदेश भने पूर्ण नभएको बताइन्छ ।

 

माल्याले अदालतको यो आदेशको १४ दिन पछि उच्च अदालतमा पुनरावेदन गर्न पाउने व्यवस्था रहेको छ । माल्या माथि भारतका विभिन्न बैंकको ९ हजार करोड भारु बराबरको ठगी गरेको आरोप लागेको छ ।

 

बेस्ट मिस्टिर अदालतले सोमबार फैसला दिँदै भारतीय रक्सी व्यापारी मालयालाई भारत पठाउन स्वीकृति दिएको छ । माल्यामाथि धोकाधडी गरेको र मनी लन्ड्रिङको मुद्दा चल्न सक्ने देखिएको छ ।

 

‘म सबैका पैसा फिर्ता गर्न स्क्छु, तर साँवा मात्रै, ब्याज होइन, म कसैको पनि व्याज तिर्न सक्दिन, सावा भने तिर्छु,’ माल्याले अदालत परिसरमा भनेका थिए ।

 

उनले हाल बन्द भएको किंगफिसर एयरलाइन्स जोगाउनका लागि ४ हजार करोड रकम लगाएका थिए । माल्या सन् २०१६ को मेमा लण्डन भागेका थिए । भारतले पछिल्लो वर्षको फेब्रअरीमा बेलायत सरकारलाई सुपुर्दगी गर्न अनुरोध गरेको थियो ।

 

भारतमा मनी लन्ड्रिङ आरोप लागेका माल्या सन् २०१७ मा बेलायतमा पक्राउ परेका थिए । तर पछि उनलाई स्थानीय अदालतले जमानतमा रिहा गरिदिएको थियो ।

 

अदालतको आदेशलाई बेलायत सरकारले सकारात्मक रुपमा लिए उनी भारत सुर्पुदगी हुनेछन् । बेलायतका कानूनी जानकार पावनी रेड्डीका अनुसार उनी भारत फर्काइन सक्छन् । तर त्यस भन्दा पहिले उनले १४ दिन भित्र उच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था रहेको छ । माल्याको पुनरावदेनको सुनुवाई नभए अबको २८ दिन पछि उनी भारत फिर्ता पठाइनेछन् ।

 

‘मलाई राजनीतिक उद्देश्य सिद्ध गर्नका लागि अपराधी जस्तो बनाइएको छ, माल्याले भनेका छन् । उनले कुनै पनि गलत काम नगरेको बताएका छन् । किंगफिसर एयरलाइन्स जोगाउनका लागि मात्रै आफूले ४ हजार करोड भारतीय मुद्रा ऋण लिएको बताएका छन् । ‘कारोवार घाटामा गएपछि मात्रै मैले ऋण लिएको हो, कुनै गल्ती गरेको छैन,’ उनले भनेका छन् ।

 

उनले सबै ऋण फिर्ता गर्न आफू तयार रहेको बताएका छन् । सन् २०१६ मा भारतको कर्नाटक अदालतले समेत उनलाई सोही अफर गरेको थियो । बैंकको रकम ठगी गरी भागेको भन्ने आरोप नै गलत रहेको उनको भनाइ छ । आफूलाई राजनीतिक रुपमा नै सिध्याउन खोजिएको र बैंक ठग भन्दै पोस्टर बनाउने काम भएको उनको गुनासो छ ।

 

उनले सन् २०१६ मा नै प्रधानमन्त्री नरेन्द्र मोदी र अर्थमन्त्री अरुण जेट्लीलाई एक पत्र लेखी उच्चस्तरीय छानबिन समिति गठन गरिदिन भनेका थिए । तर उक्त पत्रको कुनै जवाफ भने आएन ।

 

माल्याकै अनुरोधको बेलायतको अदालतले भारतको जेलको भिडियो मागेको थियो । भारतको मुम्बइृ स्थित आर्थर रोड जेलको १२ नम्बर कोठाको भिडियो पठाइएको थियो । जहाँ माल्यालाई राख्ने तयारी गरिएको थियो ।

 

माल्याले भनेका थिए कि भारतको जेलको हालत खराब रहेको छ । भिडियो हेरेपछि बेलायतको अदालतले पनि सन्तुस्टि जनाएको थियो । माल्याले आफूलाई राजनीतिक स्वार्थ राखिएको बताएका थिए ।

 

जसका कारण आफूले न्याय पाउने कुरामा सन्देह रहेको बताएका थिए । उनले आफूलाई नयाँ आरोप लगाएर फसाउने प्रपन्च भएको समेत उल्लेख गरेका थिए । माल्याको स्वामित्वमा रहेको किंगफिसर एयरलाइन्स सन् २०१२ देखि बन्द भएको छ । यूरोप, एशिया र नेपालमा समेत उडान भने उक्त एयरलाइन्स बन्द भयो ।

 

भारतको आन्तरिक बजारमा सो विमान कम्पनीको ३४० उडान हुने गरेको थियो । सन् २०१३–१४ मा घाटा बढेर ४ हजार ३०१ करोड भारतीय मुद्रा हुन पुग्यो । सोही वर्ष संसारका धनी व्यक्तिको सूचीबाट माल्या बाहिरिए । मार्च २०१६ मा ९ हजार करोड बराबरको ठगी गरेर माल्याा विदेश पलायन भए ।

एजेन्सीको सहयोगमा

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...