बुलेटप्रुफ गाडी लिएर नेपाल भित्रियो भरतीय सेना



हाम्रो इकोनोमि

 

जनकपुरधाम: सीताराम विवाह पञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने भनिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

यसका लागि पहिलो पटक अत्याधुनिक प्रविधिको प्रयोग समेत गरिएको छ । महोत्सवमा आदित्यनाथ भगवान रामको जन्तीको प्रतिनिधित्व गर्दै जनकपुर आउने भएका हुन् ।

 

विवाह पञ्चमीमा लाखौंको संख्यामा श्रद्धालु आउने अपेक्षा गरिएको छ । सुरक्षा व्यवस्थाका लागि ड्रोन क्यामराबाट निगरानी सँगै अत्याधुनिक र्यापिड कम्युनिकेसन सिस्टम (आरसीएस) को समेत प्रयोग गर्न लागेको प्रहरीले जनाएको छ ।

 

आरसीएस प्रविधि अहिले नेपाल प्रहरीले प्रयोग गर्ने नयाँ प्रविधिहरुमध्येकै एक हो । यसमा उपयोग गरिने भिडियो सेटले क्यामराको माध्यमबाट सुरक्षा अवस्थाको गतिविधिबारे कन्ट्रोल रुमसम्म जानकारी पुर्याउँछ ।

 

सोमबार बारहबिघा रंगभूमि मैदानमा नेपाल प्रहरीले विशेष क्षमता भएको दुईवटा ड्रोेन क्यामराको परिक्षण गरी त्यसको माध्यमबाट सुरक्षा अवस्थाको जानकारी लिने तयारी गरेको थियो । यस्तै आरसीएस प्रविधि प्रयोगको लागि समेत परिक्षण गरिएको प्रदेश २ का प्रहरी प्रमुख डिआईजी हरि बहादुर पालले जानकारी दिएका छन् ।

 

सुरक्षा व्यवस्थालाई अझै प्रभावकारी बनाउन विवाह कार्यक्रमको एक दिनअघि मंगलबार देखि नै ड्रोन क्यामरा र आरसीएसको प्रयोग थालिने डिआईजी पालले बताए ।

 

सुरक्षा निकायका प्रमुखहरु प्रदेश प्रहरी कार्यालयमै बसेर आरसीएस प्रविधिको प्रयोग गरी सम्पूर्ण जानकारी लिइराख्ने तयारी गरिएको डिआईजी पाल बताउँछन् । महोत्सवमा सम्भावित आपराधिक गतिविधि रोक्न ३ हजारको संख्यामा नेपाल प्रहरी, १ हजार सशस्त्र प्रहरी र सयजना भन्दा बढी सादा पोसाकका प्रहरीहरु खटाइएका छन् ।

 

सवारी साधनको चाप बढेपछि मंगलबारदेखि नगरक्षेत्रमा ठूला सवारी साधनलाई नगर बाहिरै पार्किङको व्यवस्था मिलाइने भएको छ । नगरक्षेत्रमा प्रवेश गर्ने चारवटा मार्गमा ठूला क्षमताका गाडी रोकिने छ भने नगरभित्रका गाडीहरुलाई पनि मन्दिर क्षेत्रमा प्रवेशमा रोक लगाइने तयारी गरिएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका एसपी किरण बज्राचार्यले जानकारी गराएकी छन् ।

 

बुलेटप्रुफ गाडी र भारतीय सेना पनि

आदित्यनाथ बुधबार आउनुअघि नै भारतबाट बुलेटप्रुफ गाडी जनकपुर ल्याइएको छ । यसबाहकेक ज्यामर सहित सातवटा अन्य गाडी पनि उनको सुरक्षाका लागि भित्र्याइएको छ ।

 

सुरक्षा प्रयोजनका लागि भारतीय सुरक्षाकर्मीहरु पनि जनकपुर आइसकेको डिआईजी पालले जानकारी गराए । भारतीय दूतावासका डिसिएम डा. अजय कुमारका अनुसार मुख्यमन्त्री आदित्यनाथ बुधबार भारतको लखनऊबाट विशेष विमानबाट जनकपुर विमानस्थल आउने छन् ।

 

त्यहाँबाट उनी सोझै जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम तय गरिएको छ । पूजा सकिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ओजना गरेको दिवाभोजमा सहभागी हुन आदित्यनाथ मुख्यमन्त्री निवास मधेस भवन पुग्ने छन् । दिवाभोज सकिएपछि उनी बारहबिघा मैदानमा आयोजना हुने सीताराम स्वयम्वरमा सहभागी हुने बताइएको छ ।

सुन प्रतितोला ६० हजार पुग्यो

सुन आज प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला ६ सय रुपैयाँ बढेको हो।

 

एक सातामानै सुन प्रतितोला १७ सय रुपैयाँ बढेको छ। एक साता अगााडि प्रतितोला ५८ हजार ३ सयमा कारोबार भएको सुन आज ६० हजार रुपैयाँ पुगेको हो।

 

चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन ७ सय २५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो।हिजोको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो।एक साता यता चाँदीको मूल्य २० रुपैयाँले बढेको हो।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...