बुलेटप्रुफ गाडी लिएर नेपाल भित्रियो भरतीय सेना



हाम्रो इकोनोमि

 

जनकपुरधाम: सीताराम विवाह पञ्चमी महोत्सवमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ आउने भनिएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

यसका लागि पहिलो पटक अत्याधुनिक प्रविधिको प्रयोग समेत गरिएको छ । महोत्सवमा आदित्यनाथ भगवान रामको जन्तीको प्रतिनिधित्व गर्दै जनकपुर आउने भएका हुन् ।

 

विवाह पञ्चमीमा लाखौंको संख्यामा श्रद्धालु आउने अपेक्षा गरिएको छ । सुरक्षा व्यवस्थाका लागि ड्रोन क्यामराबाट निगरानी सँगै अत्याधुनिक र्यापिड कम्युनिकेसन सिस्टम (आरसीएस) को समेत प्रयोग गर्न लागेको प्रहरीले जनाएको छ ।

 

आरसीएस प्रविधि अहिले नेपाल प्रहरीले प्रयोग गर्ने नयाँ प्रविधिहरुमध्येकै एक हो । यसमा उपयोग गरिने भिडियो सेटले क्यामराको माध्यमबाट सुरक्षा अवस्थाको गतिविधिबारे कन्ट्रोल रुमसम्म जानकारी पुर्याउँछ ।

 

सोमबार बारहबिघा रंगभूमि मैदानमा नेपाल प्रहरीले विशेष क्षमता भएको दुईवटा ड्रोेन क्यामराको परिक्षण गरी त्यसको माध्यमबाट सुरक्षा अवस्थाको जानकारी लिने तयारी गरेको थियो । यस्तै आरसीएस प्रविधि प्रयोगको लागि समेत परिक्षण गरिएको प्रदेश २ का प्रहरी प्रमुख डिआईजी हरि बहादुर पालले जानकारी दिएका छन् ।

 

सुरक्षा व्यवस्थालाई अझै प्रभावकारी बनाउन विवाह कार्यक्रमको एक दिनअघि मंगलबार देखि नै ड्रोन क्यामरा र आरसीएसको प्रयोग थालिने डिआईजी पालले बताए ।

 

सुरक्षा निकायका प्रमुखहरु प्रदेश प्रहरी कार्यालयमै बसेर आरसीएस प्रविधिको प्रयोग गरी सम्पूर्ण जानकारी लिइराख्ने तयारी गरिएको डिआईजी पाल बताउँछन् । महोत्सवमा सम्भावित आपराधिक गतिविधि रोक्न ३ हजारको संख्यामा नेपाल प्रहरी, १ हजार सशस्त्र प्रहरी र सयजना भन्दा बढी सादा पोसाकका प्रहरीहरु खटाइएका छन् ।

 

सवारी साधनको चाप बढेपछि मंगलबारदेखि नगरक्षेत्रमा ठूला सवारी साधनलाई नगर बाहिरै पार्किङको व्यवस्था मिलाइने भएको छ । नगरक्षेत्रमा प्रवेश गर्ने चारवटा मार्गमा ठूला क्षमताका गाडी रोकिने छ भने नगरभित्रका गाडीहरुलाई पनि मन्दिर क्षेत्रमा प्रवेशमा रोक लगाइने तयारी गरिएको मध्य क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय पथलैयाका एसपी किरण बज्राचार्यले जानकारी गराएकी छन् ।

 

बुलेटप्रुफ गाडी र भारतीय सेना पनि

आदित्यनाथ बुधबार आउनुअघि नै भारतबाट बुलेटप्रुफ गाडी जनकपुर ल्याइएको छ । यसबाहकेक ज्यामर सहित सातवटा अन्य गाडी पनि उनको सुरक्षाका लागि भित्र्याइएको छ ।

 

सुरक्षा प्रयोजनका लागि भारतीय सुरक्षाकर्मीहरु पनि जनकपुर आइसकेको डिआईजी पालले जानकारी गराए । भारतीय दूतावासका डिसिएम डा. अजय कुमारका अनुसार मुख्यमन्त्री आदित्यनाथ बुधबार भारतको लखनऊबाट विशेष विमानबाट जनकपुर विमानस्थल आउने छन् ।

 

त्यहाँबाट उनी सोझै जानकी मन्दिरमा पूजा गर्ने कार्यक्रम तय गरिएको छ । पूजा सकिएपछि प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले ओजना गरेको दिवाभोजमा सहभागी हुन आदित्यनाथ मुख्यमन्त्री निवास मधेस भवन पुग्ने छन् । दिवाभोज सकिएपछि उनी बारहबिघा मैदानमा आयोजना हुने सीताराम स्वयम्वरमा सहभागी हुने बताइएको छ ।

सुन प्रतितोला ६० हजार पुग्यो

सुन आज प्रतितोला ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। हिजोको तुलनामा सुन प्रतितोला ६ सय रुपैयाँ बढेको हो।

 

एक सातामानै सुन प्रतितोला १७ सय रुपैयाँ बढेको छ। एक साता अगााडि प्रतितोला ५८ हजार ३ सयमा कारोबार भएको सुन आज ६० हजार रुपैयाँ पुगेको हो।

 

चाँदी प्रतितोला ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन ७ सय २५ रुपैयाँ प्रतितोलामा चाँदीको कारोबार भएको थियो।हिजोको तुलनामा चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो।एक साता यता चाँदीको मूल्य २० रुपैयाँले बढेको हो।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...