काकासँग २०० सापटी लिएर ब्यापार सुरु गरेका विश्वका १५ औँ धनाड्य, रोचक जीवन यात्रा



हाम्रो इकोनोमि

 

‘म तपाईहरूलाई एउटा रहस्य बताउँदै छु तर त्यसको अनुसरण गर्ने व्यक्ति कमै हुन सक्छन् । मेरो विचारले तपाई केही फरक गर्नुस्, कसैले नगरेको काम गर्नुस्, आफ्नो वर्तमान अवस्थामा परिवर्तन ल्याउनुस्, तपाईको सफलता निश्चित छ ।’

 

यो भनाइ ८५ वर्षीय अमेरिकी व्यापारी सेल्डोन एडेल्सोनको हो । एक जना टयाक्सी चालकको घरमा उनी जन्मेका हुन् । परिवारको आफ्नै घरसम्म थिएन, भाडाका घरको भुइँमा उनी हुर्के । न्यून आर्थिक अवस्थाका कारण सानै उमेरमा उनले काम गर्नुपर्‍यो । उच्च शिक्षा हासिल गर्ने धोकोलाई बीचैमा उनी विराम दिन बाध्य भए, व्यापारमा लागे । आज अर्बौं अमेरिकी डलरका मालिक उनी विश्वकै अर्बपतिमा दरिएका छन् ।

 

एडेल्सोन अमेरिकी ठूला उद्यमी, लगानीकर्ता र समाजसेवी हुन् । उनी ‘लस भेगास स्यान्ड कर्पोरेसन्स’ का संस्थापक, अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत पनि हुन् । मकाउमा स्यान्डस चाईना लिमिटेड अन्तर्गत द भेनिसियन, स्यान्ड्स कोटाई सेन्टर, फोर सिजन्स प्लाजा, परिसियन र स्याण्ड मकाउ ५ वटा ठुला ठुला होटेल तथा क्यासिनोका साथै सिंगापुरमा समेत उनको ‘म्यारिना बे स्यान्ड’ सञ्चालनमा छ । उनको आफ्नै इजरायली दैनिक अखबार ‘इजराइल हेओम’ र अमेरिकी दैनिक पत्रिका ‘लस भेगास रिभ्यु (जर्नल)’ छ ।

 

जुन सम्पत्तिका मालिक उनी हुन्, त्यो पारिवारिक विरासतमा भने पाएका होइनन् । क्याब चालकका छोरा उनले बोस्टनको एउटा भाडाको सानो घरमा बाल्यकाल बिताए, भुइँमा लुडीबुडी खेल्दै हुर्के ।

 

दयनीय आर्थिक अवस्थाका कारण उनी कजेलको पढाइ बीचैमा छाडेको धेरै पटक आफ्नो अन्तर्वातामा भनेका छन् । चाहनाचाहिँ उनको मरेन । पटकपटक प्रयास पनि गरे, सफल हुन सकेनन् । ‘ब्लुमबर्ग बिजनेस विक’ का अनुसार एडेल्सोनले १२ वर्षको उमेरमा अखबार बेच्ने काम गरेका थिए । यो उनको पहिलो व्यापार भएको उनको प्रोफाइलहरूमा पढ्न पाइन्छ ।

 

अर्बपतिहरूको ‘फोब्र्स प्रोफाइल’ मा उनी केही वर्षपछि न्युयोर्कस्थित सिटी कलेजको पढाइ बीचैमा छाडेर व्यापारमा लागेको उल्लेख छ ।

 

एडेल्सोनले भेन्डिङ मेसिनहरू, अखबारमा विज्ञापन बिक्री, साना व्यापारहरू सञ्चालन र व्यापारसम्बन्धी कार्यक्रमहरू सञ्चालन गरी सम्पत्ति आर्जेका हुन् । उनको सम्पत्तिको प्रमुख स्रोत क्यासिनो व्यापार नै हो ।

 

५५ वर्ष पुगेपछि बल्ल उनी यो व्यापारमा लागेका हुन् । एडेल्सोनले विश्वव्यापी ठूलो मन्दीका क्रममा लगभग आफ्नो सबै रकम गुमाएका थिए । उनले हरेस चाहिँ खाएनन् । अर्को वर्ष त्योभन्दा बढी कमाउन उनी सफल भए ।

 

‘फोब्र्स’ का अनुसार अहिले उनी विश्वकै सबैभन्दा ‘ठूलो’ क्यासिनो कम्पनी ‘लस भेगास स्यान्ड’ चलाउँछन् । यति मात्रै हैन, अमेरिकाका सबैभन्दा ठूलो राजनीतिक चन्दा दातासमेत बनेका छन् । ‘बिजनेस इन्साइडर’ का अनुसार हाल उनको कुल सम्पत्ति ३८ दशमलव १ अर्ब अमेरिकी डलर छ ।

 

‘फोब्र्स’ को आजको मितिमा उनको कुल सम्पत्ति ३३ दशमलव ३ अर्ब अमेरिकी डलर रहेको उल्लेख छ । व्यापारमा प्राप्त हुने उपलब्धिहरूलाई उद्यमीको प्रेरणाका रूपमा लिने उनी किशोरावस्था नटेक्दै व्यापारमा हात हालेर सफलता प्राप्त गरे । उनको यो कदम धेरै किशोरका लागि उदाहरणीय हुन सक्छ । आफूसँग ठूलो रकम नभए पनि उनले जुन आँट देखाए, धेरैका लागि प्रेरणा बन्न सक्छ ।

 

व्यापारमा उनको काकाको ठूलो हात छ । काकाबाट दुई सय डलर सापटी लिएर व्यापारमा लागेका थिए । यो सापटी उनले बोस्टनमा समाचारपत्रहरू बेच्ने लाइसेन्स खरिदका लागि लिएका थिए । पछि उनले १६ वर्ष उमेरमा पनि क्यान्डी (भेन्डिङ मेसिनको व्यापार थाल्नका लागि फेरि काकालाई सापटीका लागि गुहारे ।

 

त्यसताका उनीले १० हजार डलर सापटी पाए । आफ्नो व्यापार जारी राखेकै बेला उनले न्युयोर्कको सिटी कलेजमा नाम लेखाएका थिए । पढाइ भने पूरा गर्न सकेनन् । उनी ट्रेड स्कुलमा पनि पढ्न गएका थिए ।

 

त्यहाँ असफल भएपछि उनी एक जना कोर्ट रिपोर्टर बन्न पुगे । पछि सेनाको जागिरे पनि भए । उक्त जागिरबाट अवकाश पाएपछि उनले टवायलेटरी किट बेच्ने व्यवसाय स्थापना गरेका थिए । पछि ‘डी–आइस–इट’ नामक अर्को व्यवसाय पनि सुरु गरे, जसले जमेको विन्डसिल्डलाई सफा गर्नका लागि एउटा रासायनिक स्पे बेच्ने गर्थ्याे ।

 

सन् १९६० ताका दशकमा उनले एउटा चार्टर टुर्स व्यापार पनि थालेका थिए । यो व्यापारले उनलाई एक जना करोडपति व्यक्तिको सूचीमा उभ्याइदियो । ३० वर्ष उमेर ताका उनले दुई पटक सम्पत्तिमा वृद्धि र घाटा दुवै बेहोरेका थिए । जे होस् श्रम, मिहिनेत र लगनशीलताले उनी धनाढय बन्न सफल भएका छन् । एडेल्सोनले आफ्नो जीवनमा ५० वटा जति आफ्नै बिजनेस सञ्चालनमा ल्याए । यो कारणले उनी एक जना शृंखलाबद्ध व्यापार गर्ने उद्यमीका रूपमा पनि स्थापित भए ।

 

सन् १९७० ताका उनी एक जान आफ्ना सहयोगीसँग मिलेर कम्प्युटर ट्रेड सो ‘कमडेक्स’ को विकास गरेका थिए । खासगरी कम्प्युटर उद्योगलाई बढावा दिनका लागि उक्त सोको विकास गर्न थालेको झन्डै नौ वर्षपछि बल्ल पहिलो पटक त्यो देखाइएको थियो । उक्त प्रिमियर कम्प्युटर ट्रेड सोले उनलाई थप सफलता प्राप्त भयो ।

 

सन् १९९५ मा ‘कमडेक्स’ सोज जापानको सफ्ट बैंक कर्पोरेसनलाई ८ सय ६२ मिलियन अमेरिकी डलरमाबेचेका थिए । उनले त्यसबाट पाँच सय मिलियन डलर हात पारेका थिए ।

 

त्यसअघि सन् १९८८ मा एडेल्सोन र उनका साथीले लस भेगासमा स्यान्ड्स होटल र क्यासिनो खरिद गरेका थिए । त्यही होटलमा सञ्चालित क्यासिनोले उनको अर्बपति बन्ने मार्ग प्रसस्त गरेको थियो । उनी व्यापारमा लाग्नेहरूलाई सुझाव दिन्छन्, ‘तपाई एउटा दृष्टि बनाउनुस्, त्यसलाई पहिचान गरी अगाडि बढ्नुस्, सफलता अवश्य पाउनुहुनेछ ।’

 

एडेल्सोन यहुदी संगठनलाई सबैभन्दा धेरै दान गर्नेमध्येका एक हुन् । युवा यहुदीहरूलाई इजराइलको भ्रमण गराउँदै आएको ‘बर्थराइट’ लाई उनले ४ सय १० मिलियन अमेरिकी डलर दिइसकेका छन् । उनी यो वर्ष ‘फोब्र्स’ को ४ सय जना सर्वाधिक धनाढयहरूको सूचीमा १५ औं र अर्बपतिमा २१ औं स्थानमा छन् । २०१६ मा विश्वका शक्तिशाली व्यक्तिहरूमा उनी ७२ औं स्थानमा थिए ।

(एजेन्सीहरू)

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...