भारतमा मोदी युगको यसरी अन्त्य हुँदै, राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा कंग्रेस अघि
भारतका पाँच वटा राज्यमा भएको प्रदेश सभा चुनावको मतगणना आज भइरहेको छ। राजस्थान, मध्यप्रदेश, छत्तिसगढ, तेलनंगना र मिजोरममा भएको चुनावको मतगणना जारी छ। यो प्रारम्भिक मतपरिणाम आईरहँदा भारतमा मोदी युगको अन्त्य हुन लागको संकेत देखिन थालेको छ ।
प्रारम्भिक मतपरिणाममा संघीय सरकार चलाइरहेको भारतीय जनता पार्टी विपक्षी भारतीय राष्ट्रिय कंग्रेसभन्दा पछि परेको छ। राजस्थान, मध्यप्रदेश र छत्तिसगढमा कंग्रेसले अग्रता लिएको छ भने तेलंगना र मिजोरममा क्षेत्रीय दलले लिड गरेका छन्।
राजस्थानमा १९९ सिटका लागि चुनाव भएको छ। अहिलेसम्मको मतगणनामा कंग्रेस उम्मेद्वारले ९१ स्थानमा अग्रता लिइरहेका छन् भने भाजपाको ६७ स्थानमा अग्रता छ। मतगनणा जारी छ।
२३१ सदस्यीय प्रदेश सभा रहेको मध्यप्रदेशमा २०१३ को चुनाव भाजपाले जितेको थियो। १६६ सिट जितेको भाजपाले स्वतन्त्र सांसदसँग मिलेर सरकार बनाएको थियो।
यसपालिको प्रारम्भिक परिणाममा भाजपा मध्यप्रदेशमा पनि कंग्रेसभन्दा पछि परेको छ। कंग्रेस उम्मेद्वार ९१ स्थानमा अगाडि छन् भने भाजपाले ८६ स्थानमा अग्रता लिएको छ।
छत्तिसगढमा पनि कंग्रेस नै अगाडि छ। कंग्रेस उम्मेद्वार ४६ स्थानमा अगाडि छन् भने भाजपाले २४ स्थानमा अग्रता लिएको छ। छत्तिसगढको प्रदेश सभा ९० सदस्यीय छ। सन् २०१३ को चुनावमा भाजपाले ४९ र कंग्रेसले ३९ सिटमा जितेका थिए।
तेलंगनामा ११९ सिटका लागि चुनाव भएको छ। बहुमत ल्याउन ६० सिट जित्नुपर्छ। २०१४ को चुनावमा क्षेत्रीय दल तेलंगना राष्ट्र समितिले ६३ सिट जितेर बहुमत ल्याएको थियो भने २१ सिट जितेर कांग्रेस दोस्रो भएको थियो। यसपालि पनि क्षेत्रीय दलले नै अग्रता लिएको छ। उसले ७६ स्थानमा अग्रता लिएको छ भने कंग्रेसले १८ स्थानमा अग्रता लिएको छ। भाजपा १ स्थानमा अगाडि छ।
उत्तरपूर्वी राज्य मिजोरममा यसअघि कंग्रेसले सरकार बनाएको थियो। ४० मध्ये उसले २९ सिट जितेको थियो। यसपालिको जारी मतगणनामा क्षेत्रीय दल मिजो नेशनल फ्रन्टले अग्रता लिएको छ भने कंग्रेस दोस्रोमा छ। फ्रन्टका उम्मेद्वार २६ स्थानमा अगाडि छन् भने कंग्रेसले ८ स्थानमा अग्रता लिएको छ।
एडिडास सहित ४२ फर्मविरुद्ध राजश्व चुहावटको मुद्दा, ५ अर्ब ७७ करोड रुपैयाँ बराबरको बिगो दावी
राजश्व अनुसन्धान विभागले राजस्व चुहावट गर्ने एडिडाससहितका ४२ फर्मविरुद्ध मुद्दा दर्ता गरेको छ।
विभागले राजश्व चुहावटसम्बन्धी गरेको अनुसन्धानमा ४२ वटा फर्महरु दोषी देखिएपछि उनीहरुविरुद्ध मुद्दा दर्ता गरेको हो।
विभागले साउन महिना यता राजस्व चुहावटका दोषी ४२ फर्मविरुद्ध ५ अर्ब ७७ करोड १७ लाख रुपैयाँ बिगो दावी गर्दै विभिन्न अदालतमा मुद्दा दायर गरेको हो।
विभागका महानिर्देशक दीर्घराज मैनालीले सञ्चारकर्मीसँग कुरा गर्दै ख्याती प्राप्त ब्राण्ड एडिडासले पनि राजश्व चुहवटा गरेको जानकारी दिए। उनका अनुसार एडिडासले सामान पैठारी गर्दा ७५ करोर रुपैयाँ बराबरको राजश्व छली गरेको हो।
राजस्व अनुसन्धान विभागले ४२ वटा फर्म र विभिन्न संघसंस्थाका ७७ व्यक्तिविरूद्ध समेत राजस्व चुहावटको अभियोग लगाएको छ।
विभागले बिगो र सजाय गरी ५ अर्ब ७७ करोड माग दावी गरेको छ। यीमध्ये ८ जना राजस्व प्रशासनका कर्मचारी संलग्न रहेको उल्लेख गरेको हो।
राजश्व अनुसन्धान विभागले साउनदेखि अनुसन्धान गरेको र यो रिर्पोट ४ महिनासम्मको रहेको जनाकारी गराएको हो।
विभागले दिएको जानाकारी अनुसार एडिडास कम्पनीको सामान पैठारी गर्ने मितेरी इन्टरनेशनल स्थायी लेखा नं ६०३०२५९६३ ले ७५ करोड ९६ लाख रुपैयाँ राजश्व छली गरेको हो।
एडिडासको सामानमा राजश्व छली गर्नमा संलग्न रहेका रञ्जन त्रिपाठीलाई ७ करोड रुपैयाँको विगो दावीसहित १५ करोडको जरिवाना ३ वर्षको कैद माग गरिएको छ। त्यस्तै सुमन श्रेष्ठलाई १५ करोड जरिवानासहित ३ वर्षको कैद, धिरज कुमार थापा र पवित्रकुमार खड्कालाई पनि सोही अनुसारको जरिवाना र कैद सजाय विभागले माग गरेको हो।
त्यस्तै धनबहादुर तामाङ र डम्बरबहादुर श्रेष्ठलाई ७ करोड जरिवानासहित साढे १ वर्ष कैद सजाय माग भएको छ भने सुभान इन्टरनेसनलाई १८ लाख बिगोसहित त्यसमा संलग्न भरतबहादुर अर्याल, सुशील पाण्डे, सावित्री श्रेष्ठ र कृष्णबहादुर श्रेष्ठलाई ३ वर्षको कैद सजाय माग भएको हो।
त्यस्तै छिरिङ ङटुप लामा र लोप्साङ तेन्गेले १० किलो सुन अबैध रुपमा आयत गरेकोमा ५४ करोड रुपैयाँको बिगो र तीन वर्ष कैद सजाय माग भएको छ। त्यस्तै अरुणकुमार दास र रोशन कुमार दासले विदेशी मुद्रको अवैध कारोबार गरी राजश्व छली गरेको आरोपमा २ अर्ब रुपैयाँको बिगो र ३ वर्षको कैद माग भएको छ।
त्यस्तै बहादुर तामाङले पनि ५ किलो सुन आयात गरी १२ करोड रुपैयाँ राजश्व छली गरेको भन्दै उनी विरुद्ध पनि बिगोसहित ३ वर्षको कैद माग भएको हो।