संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायाधीशमा राणालाई सिफारिस गर्ने तयारी



हाम्रो इकोनोमि

 

संवैधानिक परिषदको बैठक आज बस्दैछ । नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विहान साढे ११ बजे परिषद्को बैठक बस्न लागेको हो ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो । बैठकले प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा थप छलफल गरेर नियुक्ति सिफारिस गर्नेछ ।

 

संवैधानिक परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन हुनु पर्नेछ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण गत १७ गते बसेको परिषद् बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।

 

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । संसदीय सुनुवाई समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो ।प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणालाई सिफारिस गर्ने तयारी गरेको विषेष स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
काठमाडौं उपत्यकाबाट सबै जिल्लावासीले नागरिकताको प्रतिलिपि पाउने

    अन्य जिल्लाका नेपाली नागरिकले पनि अब काठमाडौं उपत्यकाबाट नागरिकताको प्रतिलिपि लिन...

आनीको नियुक्तिप्रति कांग्रेसको पनि आपत्ति

    लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रमुख प्रतिपक्षी...

बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...