संवैधानिक परिषद् बैठक बस्दै, प्रधानन्यायाधीशमा राणालाई सिफारिस गर्ने तयारी



हाम्रो इकोनोमि

 

संवैधानिक परिषदको बैठक आज बस्दैछ । नयाँ प्रधानन्यायाधीश नियुक्तिको सिफारिस गर्न सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा विहान साढे ११ बजे परिषद्को बैठक बस्न लागेको हो ।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आगामी पुष १७ गतेबाट अनिवार्य अवकास पाउने भएकाले सो अगावै प्रधानन्यायाधीश नियुक्तिको प्रक्रिया पूरा गर्न परिषद्को बैठक बोलाइएको हो । बैठकले प्रधानन्यायधीशका लागि न्याय परिषद्ले पठाएको नाममा थप छलफल गरेर नियुक्ति सिफारिस गर्नेछ ।

 

संवैधानिक परिषद्ले सिफारिस गरेको नाम संसदीय सुनुवाई समितिबाट अनुमोदन हुनु पर्नेछ । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यस्तताका कारण गत १७ गते बसेको परिषद् बैठक निष्कर्षमा पुग्न सकेको थिएन ।

 

न्याय परिषद्ले प्रधानन्यायाधीशका लागि योग्यता पुगेका दुई जना न्यायाधीश दीपकराज जोशी र चोलेन्द्र शमशेर राणाको नाम संवैधानिक परिषदमा पठाइसकेको छ । संसदीय सुनुवाई समितिले जोशीलाई यसअघि नै प्रधानन्यायाधीशका लागि अस्वीकृत गरेको थियो ।प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणालाई सिफारिस गर्ने तयारी गरेको विषेष स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
बालेन सरकारका यी हुन् १५ जना मन्त्रीहरू

    बालेन नेतृत्वको सरकारका १५ जना मन्त्रीहरूको नाम फाइनल भएको छ ।...

बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त

    राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीमा रास्वपा संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)लाई...

चुनाव परिणाम अस्वभाविक र जादुमय : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै भएको निर्वाचनको परिणा अस्वभाविक,...

कांग्रेस, एमाले र नेकपा संसद्को एउटै बेञ्चमा

    गत २१ फागुनमा भएको निर्वाचनपछि पहिलोपटक प्रतिनिधिसभा बैठक बसेको छ ।...